• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

वैदेशिक रोजगारीले निम्त्याएको निःसन्तान समस्या र समाधान

डा रेसिस श्रेष्ठ सोमबार, वैशाख २४, २०८१  ०७:१२
1140x725

विवाह गरेपछिको एक वर्षसम्म पनि परिवार नियोजनका साधन बिना शारीरिक सम्पर्क राख्दा पनि बच्चा नभएको अवस्थालाई निःसन्तानको समस्या भन्ने गरिन्छ।   तर ३५ वर्ष भन्दा माथिका महिलाले परिवार नियोजनको साधनको प्रयोग बिना नियमित शारीरिक सम्पर्क गर्दासमेत बच्चा नभएको अवस्थालाई पनि निःसन्तान भनिन्छ।  

निःसन्तानको कारण 
निःसन्तानको समस्या महिला या पुरुष जसको कारणले पनि हुने गर्छ। यद्यपि अझै पनि महिलाका कारण सन्तान नहुने भन्ने भ्रम कतिपयमा रहेको छ।  तर सन्तान नहुनुको दोष सधैं महिलालाई दिनु उचित होइन। सन्तान नहुनुमा महिला तथा पुरुष दुवैको बराबर दोष हुने गर्छ।  

पुरुषहरुमा शुक्रकिटको मात्रामा कमी हुँदा, शुक्रकिटमा कुनै प्रकारको समस्या देखिएमा  र पुरुषमा हुने अन्य प्रकारका शारीरिक समस्या तथा गडबडीका कारण पनि निःसन्तानको समस्या आउने गरेको छ। महिलाहरुमा पाठेघरको विकास राम्रोसँग नहुँदा, बनावट तथा मुखमा समस्या हुँदा, विभिन्न संक्रमणका कारण, नलीमा समस्या, मासु पलाएमा बच्चा दानीलाई असर पार्ने कारणले निःसन्तानको समस्या हुन सक्छ।  अण्डकोषमा आएको समस्याका कारण विकसित अण्डा नबन्दा पनि निःसन्तानको समस्या आउने गर्छ। त्यस्तै अण्डकोषमा स–साना पानीको फोका आउँदा त्यसले सही रुपमा काम गर्न नसक्ने हुन्छ, जसकारण पनि निःसन्तानको समस्या आउन सक्छ।  बच्चा बस्नका लागि हाम्रो शरीरमा भएका धेरै प्रकारका हर्माेनहरुले भूमिका खेल्नुपर्ने हुन्छ।

थाइरोइड, प्रोल्याक्टिन, एसएच, एमएच लगायतका हर्माेनको गडबडी हुँदा समेत बच्चा नबस्ने हुन सक्छ।  ढिलो विवाह तथा ढिलो सन्तान योजनाका कारण पनि पछिल्लो समय निःसन्तानको समस्या बढेको देखिन्छ।  पछिल्लो समय बढ्दो मानसिक तनावका कारण पनि महिला पुरुष दुवैमा निःसन्तानको समस्या बढ्दै गएको छ।  अध्ययन अनुसार वैदेशिक रोजगारीका लागि गएका तथा बढी तापक्रममा काम गर्ने पुरुषहरुमा शुक्रकिटको मात्रा घट्दै जानुले पुरुषमा निःसन्तानको समस्या बढ्दै गएको छ।  

अण्डसञ्चयको प्रचलन 
पछिल्लो समय करिअर फोकस हुँदा ढिलो विवाहको प्रचलन बढ्दो रुपमा रहेको छ।  आर्थिक रुपमा आत्मनिर्भर भएपछि मात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएको छ। महिलाहरुमा ३५ वर्ष भइसकेपछि डिम्बाशय अण्डहरु कम मात्रामा मात्रै निकाल्ने गर्छ।  अण्ड कम उत्पादन हुँदा बच्चा बस्ने सम्भावना कम हुँदै जान्छ। जसकारण निःसन्तानको समस्या देखिने गर्छ। त्यसैले करिअर फोकस हुँदा सन्तानबारे सोच्ने समय नहुनाले गर्दाे पछिल्लो समय अण्ड सञ्चय गर्ने प्रचलन पनि बढ्दै गएको छ।   

ढिलो बच्चा जन्माउँदा ‘स्मार्ट’ बच्चा जन्मिने सम्भावना कम हुने गर्छ। ढिलोगरी बच्चा जन्माउँदा विकलांग बच्चा जन्मिने खतरा समेत हुन्छ।   जसरी उमेर बढदै जाँदा महिलाहरुमा अण्डको गुणस्तरमा कमी आउने गर्छ, त्यसरी नै पुरुषहरुमा पनि कम गुणस्तरको शुक्रकिटको उत्पादन हुने सम्भावना बढ्दै जान्छ।  

निःसन्तानको उपचार 
निःसन्तानको उपचारका लागि आउने दम्पतीहरुको सुरुवातमा  यसको कारण पत्ता लगाइन्छ। जसका लागि हर्माेनको परीक्षण, भिडियो परीक्षण लगायतका परीक्षण आवश्यक पर्छ। महिलाहरुको पाठेघरको नली तथा भित्ताको अवस्था, पाठेघरको बनावट, डिम्बाशयले अण्डाको परीक्षण गर्ने गरिन्छ।   एमएच हर्माेनको परीक्षण पश्चात् डिम्बाशयले उत्पादन गरिरहेको अण्डा गुणस्तरीय भए नभएको परीक्षण गरिन्छ।  यदि महिलाहरुमा ३५ वर्ष भन्दा कम उमेरमै एमएच हर्माेनको मात्रा कम छ भने त्यस्तो अवस्थामा प्राकृतिक रुपमा गर्भाधारण हुने सम्भावना  न्यून हुन्छ। यस्तो अवस्थामा महिलाहरुलाई कृत्रिम गर्भाधारणको आवश्यकता पर्छ।  

यदि महिलाको उमेर ४० वर्ष पुगिसकेको अवस्थामा आइभिएफ गर्नुपर्ने सम्भावना बढी रहन्छ।  सामान्यतया रगतको परीक्षण पश्चात् महिलामा रहेको एमएच लेभलको परीक्षण गर्ने गरिन्छ।  
कुनैपनि महिलाको अण्डाशयले गरेको कामलाई मुल्यांकन गर्नका लागि महिनावारी भएको ४ दिनभित्र एमएच तथा एस्ट्रोजेन हर्माेनको परीक्षण गर्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एमएच लेभल कम हुनुका कारण
एमएच मानव शरीरमा हुने एक प्रकारको हर्माेन हो, जसले शरीरमा अण्डा उत्पादनको क्षमताबारे जानकारी गराउँछ।

प्रत्येक एमएच हर्माेनको मात्रा १० देखि ११ प्रतिशतले कम हुँदै जाने गर्छ। यसलाई बढाउनका लागि कुनै पनि प्रकारको उपचार गर्न सकिदैन। ३५ वर्ष भइसकेपछि यसको मात्रामा कमी हुँदै जान्छ। यसको घट्ने क्रमलाई रोक्न नसकेपनि कम भने गर्न सकिन्छ।  यसका लागि मोटोपना हटाउने, स्वस्थ जीवनशैली अपनाउने, अस्वस्थकर खानेकुराको सेवन कम गर्ने गरेमा एमएचको मात्रालाई घट्नमा कम गर्न सकिन्छ।   अण्डाकोषको कुनै शल्यक्रिया भएको अवस्थामा एमएच हर्माेनको मात्रा कम हुँदै जान्छ। एमएचको मात्रा कम हुँदा विकलांग बच्चा जन्मने सम्भावना बढी हुन्छ।   यदि ३५ वर्ष भन्दा कम उमेरका महिलाहरुमा एमएच हर्माेनको मात्रा १ भन्दा कम छ भने प्राकृतिक रुपमा गर्भ रहने सम्भावना एकदमै कम हुने गर्छ। त्यस्तै ४० वर्ष पुगिसकेका महिलाहरुले सन्तानको चाहना गरेमा कृत्रिम गर्भाधारण गर्नुपर्ने हुन्छ।  
 

निःसन्तानको समस्याबाट कसरी जोगिने ?
छिटो वा ढिलो विवाहका कारण मात्रै निःसन्तानको समस्या आउने होइन। उपयुक्त उमेरमा नै विवाह भएका तर पाठेघर सम्बन्धी समस्या हुनेहरुमा पनि निःसन्तानको समस्या आएको देखिन्छ। धुम्रपान तथा मद्यपान गर्ने बानी हुँदा निःसन्तानको समस्या हुने गर्छ जसकारण यस्तो बानी त्याग्नुपर्ने हुन्छ।  

विवाह भएको एक वर्षसम्म पनि परिवार नियोजनका कुनै पनि साधनहरुका प्रयोग नगरेको अवस्थामा समेत बच्चा नभएको अवस्थालाई निःसन्तानको समस्या भनेर मान्न सकिन्छ।  

Xtrem

Xtrem

यस्तो अवस्थामा महिला वा पुरुष दुवैलाई उपचारको आवश्यकता पर्न सक्छ। यस्तो अवस्थामा महिलाहरुलाई  पाठेघरको अवस्था, प्रजनन् अंगहरुको परीक्षणको आवश्यकता पर्न सक्छ। त्यस्तै पुरुषहरुले पनि वीर्य परीक्षण गर्नु आवश्यक हुन्छ।  

चाँडै थाहा भएको अवस्थामा यसको उपचार सजिलै सम्भव छ। निःसन्तानको समस्या भएका जो कोहीलाई टेस्टट्युब बेबीको आवश्यकता भने पर्देन।  सुरुवाती अवस्थामा नलीमा समस्या,अण्डा नबन्ने, शुक्रकिटको गुणस्तर कम भएको अवस्था जस्ता समस्याहरुको पहिचान गरी उपचार प्रक्रिया थालनी गरिन्छ।  

(लेखक ह्याम्स अस्पतालकी आइभिएफ विशेषज्ञ हुन्)

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्