• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

वैदेशिक रोजगारीले निम्त्याएको निःसन्तान समस्या र समाधान

डा रेसिस श्रेष्ठ सोमबार, वैशाख २४, २०८१  ०७:१२
1140x725

विवाह गरेपछिको एक वर्षसम्म पनि परिवार नियोजनका साधन बिना शारीरिक सम्पर्क राख्दा पनि बच्चा नभएको अवस्थालाई निःसन्तानको समस्या भन्ने गरिन्छ।   तर ३५ वर्ष भन्दा माथिका महिलाले परिवार नियोजनको साधनको प्रयोग बिना नियमित शारीरिक सम्पर्क गर्दासमेत बच्चा नभएको अवस्थालाई पनि निःसन्तान भनिन्छ।  

निःसन्तानको कारण 
निःसन्तानको समस्या महिला या पुरुष जसको कारणले पनि हुने गर्छ। यद्यपि अझै पनि महिलाका कारण सन्तान नहुने भन्ने भ्रम कतिपयमा रहेको छ।  तर सन्तान नहुनुको दोष सधैं महिलालाई दिनु उचित होइन। सन्तान नहुनुमा महिला तथा पुरुष दुवैको बराबर दोष हुने गर्छ।  

पुरुषहरुमा शुक्रकिटको मात्रामा कमी हुँदा, शुक्रकिटमा कुनै प्रकारको समस्या देखिएमा  र पुरुषमा हुने अन्य प्रकारका शारीरिक समस्या तथा गडबडीका कारण पनि निःसन्तानको समस्या आउने गरेको छ। महिलाहरुमा पाठेघरको विकास राम्रोसँग नहुँदा, बनावट तथा मुखमा समस्या हुँदा, विभिन्न संक्रमणका कारण, नलीमा समस्या, मासु पलाएमा बच्चा दानीलाई असर पार्ने कारणले निःसन्तानको समस्या हुन सक्छ।  अण्डकोषमा आएको समस्याका कारण विकसित अण्डा नबन्दा पनि निःसन्तानको समस्या आउने गर्छ। त्यस्तै अण्डकोषमा स–साना पानीको फोका आउँदा त्यसले सही रुपमा काम गर्न नसक्ने हुन्छ, जसकारण पनि निःसन्तानको समस्या आउन सक्छ।  बच्चा बस्नका लागि हाम्रो शरीरमा भएका धेरै प्रकारका हर्माेनहरुले भूमिका खेल्नुपर्ने हुन्छ।

थाइरोइड, प्रोल्याक्टिन, एसएच, एमएच लगायतका हर्माेनको गडबडी हुँदा समेत बच्चा नबस्ने हुन सक्छ।  ढिलो विवाह तथा ढिलो सन्तान योजनाका कारण पनि पछिल्लो समय निःसन्तानको समस्या बढेको देखिन्छ।  पछिल्लो समय बढ्दो मानसिक तनावका कारण पनि महिला पुरुष दुवैमा निःसन्तानको समस्या बढ्दै गएको छ।  अध्ययन अनुसार वैदेशिक रोजगारीका लागि गएका तथा बढी तापक्रममा काम गर्ने पुरुषहरुमा शुक्रकिटको मात्रा घट्दै जानुले पुरुषमा निःसन्तानको समस्या बढ्दै गएको छ।  

अण्डसञ्चयको प्रचलन 
पछिल्लो समय करिअर फोकस हुँदा ढिलो विवाहको प्रचलन बढ्दो रुपमा रहेको छ।  आर्थिक रुपमा आत्मनिर्भर भएपछि मात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएको छ। महिलाहरुमा ३५ वर्ष भइसकेपछि डिम्बाशय अण्डहरु कम मात्रामा मात्रै निकाल्ने गर्छ।  अण्ड कम उत्पादन हुँदा बच्चा बस्ने सम्भावना कम हुँदै जान्छ। जसकारण निःसन्तानको समस्या देखिने गर्छ। त्यसैले करिअर फोकस हुँदा सन्तानबारे सोच्ने समय नहुनाले गर्दाे पछिल्लो समय अण्ड सञ्चय गर्ने प्रचलन पनि बढ्दै गएको छ।   

ढिलो बच्चा जन्माउँदा ‘स्मार्ट’ बच्चा जन्मिने सम्भावना कम हुने गर्छ। ढिलोगरी बच्चा जन्माउँदा विकलांग बच्चा जन्मिने खतरा समेत हुन्छ।   जसरी उमेर बढदै जाँदा महिलाहरुमा अण्डको गुणस्तरमा कमी आउने गर्छ, त्यसरी नै पुरुषहरुमा पनि कम गुणस्तरको शुक्रकिटको उत्पादन हुने सम्भावना बढ्दै जान्छ।  

निःसन्तानको उपचार 
निःसन्तानको उपचारका लागि आउने दम्पतीहरुको सुरुवातमा  यसको कारण पत्ता लगाइन्छ। जसका लागि हर्माेनको परीक्षण, भिडियो परीक्षण लगायतका परीक्षण आवश्यक पर्छ। महिलाहरुको पाठेघरको नली तथा भित्ताको अवस्था, पाठेघरको बनावट, डिम्बाशयले अण्डाको परीक्षण गर्ने गरिन्छ।   एमएच हर्माेनको परीक्षण पश्चात् डिम्बाशयले उत्पादन गरिरहेको अण्डा गुणस्तरीय भए नभएको परीक्षण गरिन्छ।  यदि महिलाहरुमा ३५ वर्ष भन्दा कम उमेरमै एमएच हर्माेनको मात्रा कम छ भने त्यस्तो अवस्थामा प्राकृतिक रुपमा गर्भाधारण हुने सम्भावना  न्यून हुन्छ। यस्तो अवस्थामा महिलाहरुलाई कृत्रिम गर्भाधारणको आवश्यकता पर्छ।  

यदि महिलाको उमेर ४० वर्ष पुगिसकेको अवस्थामा आइभिएफ गर्नुपर्ने सम्भावना बढी रहन्छ।  सामान्यतया रगतको परीक्षण पश्चात् महिलामा रहेको एमएच लेभलको परीक्षण गर्ने गरिन्छ।  
कुनैपनि महिलाको अण्डाशयले गरेको कामलाई मुल्यांकन गर्नका लागि महिनावारी भएको ४ दिनभित्र एमएच तथा एस्ट्रोजेन हर्माेनको परीक्षण गर्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एमएच लेभल कम हुनुका कारण
एमएच मानव शरीरमा हुने एक प्रकारको हर्माेन हो, जसले शरीरमा अण्डा उत्पादनको क्षमताबारे जानकारी गराउँछ।

प्रत्येक एमएच हर्माेनको मात्रा १० देखि ११ प्रतिशतले कम हुँदै जाने गर्छ। यसलाई बढाउनका लागि कुनै पनि प्रकारको उपचार गर्न सकिदैन। ३५ वर्ष भइसकेपछि यसको मात्रामा कमी हुँदै जान्छ। यसको घट्ने क्रमलाई रोक्न नसकेपनि कम भने गर्न सकिन्छ।  यसका लागि मोटोपना हटाउने, स्वस्थ जीवनशैली अपनाउने, अस्वस्थकर खानेकुराको सेवन कम गर्ने गरेमा एमएचको मात्रालाई घट्नमा कम गर्न सकिन्छ।   अण्डाकोषको कुनै शल्यक्रिया भएको अवस्थामा एमएच हर्माेनको मात्रा कम हुँदै जान्छ। एमएचको मात्रा कम हुँदा विकलांग बच्चा जन्मने सम्भावना बढी हुन्छ।   यदि ३५ वर्ष भन्दा कम उमेरका महिलाहरुमा एमएच हर्माेनको मात्रा १ भन्दा कम छ भने प्राकृतिक रुपमा गर्भ रहने सम्भावना एकदमै कम हुने गर्छ। त्यस्तै ४० वर्ष पुगिसकेका महिलाहरुले सन्तानको चाहना गरेमा कृत्रिम गर्भाधारण गर्नुपर्ने हुन्छ।  
 

निःसन्तानको समस्याबाट कसरी जोगिने ?
छिटो वा ढिलो विवाहका कारण मात्रै निःसन्तानको समस्या आउने होइन। उपयुक्त उमेरमा नै विवाह भएका तर पाठेघर सम्बन्धी समस्या हुनेहरुमा पनि निःसन्तानको समस्या आएको देखिन्छ। धुम्रपान तथा मद्यपान गर्ने बानी हुँदा निःसन्तानको समस्या हुने गर्छ जसकारण यस्तो बानी त्याग्नुपर्ने हुन्छ।  

विवाह भएको एक वर्षसम्म पनि परिवार नियोजनका कुनै पनि साधनहरुका प्रयोग नगरेको अवस्थामा समेत बच्चा नभएको अवस्थालाई निःसन्तानको समस्या भनेर मान्न सकिन्छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो अवस्थामा महिला वा पुरुष दुवैलाई उपचारको आवश्यकता पर्न सक्छ। यस्तो अवस्थामा महिलाहरुलाई  पाठेघरको अवस्था, प्रजनन् अंगहरुको परीक्षणको आवश्यकता पर्न सक्छ। त्यस्तै पुरुषहरुले पनि वीर्य परीक्षण गर्नु आवश्यक हुन्छ।  

चाँडै थाहा भएको अवस्थामा यसको उपचार सजिलै सम्भव छ। निःसन्तानको समस्या भएका जो कोहीलाई टेस्टट्युब बेबीको आवश्यकता भने पर्देन।  सुरुवाती अवस्थामा नलीमा समस्या,अण्डा नबन्ने, शुक्रकिटको गुणस्तर कम भएको अवस्था जस्ता समस्याहरुको पहिचान गरी उपचार प्रक्रिया थालनी गरिन्छ।  

(लेखक ह्याम्स अस्पतालकी आइभिएफ विशेषज्ञ हुन्)

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्