काठमाडौं– निश्चल बस्नेत तथा स्वस्तिमा खड्काको अन्स्क्रिन रोमान्स 'बेहुली फ्रम मेघौली' प्याकअप भएको छ। सिनेमा ३४ दिनमा प्याकअप भएको जानकारी निर्माणपक्षले दिएको छ। सिनेमाको सम्पूर्ण छायांकन मेघौली गाउँमा गरिएको हो।
साजन काफ्ले र आकाश बरालको संयूक्त निर्देशन रहेको सिनेमाकी निर्मात्री स्वस्तिमा हुन्। उनलाई निर्माणमा श्रीमान् तथा निर्देशक निश्चल बस्नेतले सघाएका छन्। सिनेमामा निश्चल र स्वस्तिमाका अलावा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको पनि सिनेमामा अभिनय रहनेछ।
ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा आकाश र साजनकै संयूक्त लेखन रहेको छ। यसअघि आकाशले निश्चल निर्देशित सिनेमा ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए। शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेको यो सिनेमामा आगामी वर्ष दशैमा रिलिज हुनेछ।
यो सिनेमा प्रदर्शनपछि निश्चलले एक्सन सिनेमा निर्माण गर्नेछन्। त्यस्तै निश्चल २०८३ सालमा ‘दिमाग खराब’को सिक्वेल बनाउने योजनामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।