• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आयात–निर्यात घट्दा भन्सारमा हुने राजस्व संकलन पनि घट्यो

64x64
कल्पना घिमिरे बुधबार, चैत ७, २०८०  ०९:४७
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष (२०८०/०८१) को फागुन मसान्तसम्म (८ महिना) ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।

गतवर्षको सोही अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। जसअनुसार गत वर्षको तुलनामा २.७८ प्रतिशतले वैदेशिक व्यापारमा गिरावट आएको छ।

चालू वर्षको फागुन मसान्तसम्ममा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। जसअनुसार देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड बराबर रहेको कार्यालयले जनाएको छ।

गतवर्षको यसै अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। गत वर्ष देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।

गत वर्षको तुलनामा आयात २.६६ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ३.९९ प्रतिशतले गिरावट आएको छ। यस्तै आयात गर्दा संकलन हुने राजस्व संकलनमा पनि गिरावट आएको छ। चालू वर्षको फागुन मसान्तसम्ममा २ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ। 

गतवर्षको सोहि अवधिमा ३ खर्ब ३३ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।

घट्यो पेट्रोल आयात 
सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ। पेट्रोलियम पदार्थ २ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको आयात भएको छ। गत वर्षको सोही अवधिमा २ खर्ब १७ अर्ब ३० करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको थियो। जसअनुसार गतवर्षको तुलनामा यसवर्ष २ अर्ब २ करोड बराबरले आयातमा गिरावट आएको छ।

यस्तै १ खर्ब रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ। ६६ अर्ब रुपैयाँको बोइलर मेसिन तथा पार्टस्, ६७ अर्ब ६९ करोड रुपैयाँको इलेक्ट्रिकल मेसिन,४८ अर्ब १० करोड रुपैयाँको सवारी साधनका पार्टपुर्जा, ३८ अर्ब ७० करोड रुपैयाँको प्लाष्टिक जन्य वस्तु, २७ अर्ब ४१ करोड बराबरको फार्मासिटिकल सामग्री आयात भएको छ।

Ncell 2
Ncell 2

३४ अर्ब १७ करोड रुपैयाँ बराबरको पाम तेल तथा प्रशोधित तेल आयात भएको छ। ३२ अर्ब २९ करोड रुपैयाँ बराबरको मोती आयात भएको छ।
 
३५ अर्ब ९५ करोड रुपैयाँ बराबरको फलफूल र तरकारी आयात भएको छ। जसमध्ये २१ अर्ब २० करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ भने १४ अर्ब ७४ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ। 

फलाम तथा फलामजन्य वस्तु १० गुणा बढी निर्यात
११ अर्ब ६३ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ। गत वर्ष १ अर्ब ४६ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो। त्यसैले गत वर्षको तुलनामा १० गुणले फलामजन्य वस्तुको निर्यात बढेको छ।

यस्तै ५ अर्ब ६३ करोड रुपैयाँको पाम तथा प्रशोधित तेल निर्यात भएको छ। ९ अर्ब रुपैयाँ बराबरको तयारी गरिएको तथा नगरीएको कपडा निर्यात भएको छ भने ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको फलफूल तथा तरकारकीका विरुवा निर्यात भएको छ।

गतवर्षको तुलनामा चियाकफी निर्यात बढेको छ। चालू वर्षको ९ अर्ब  ३ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको छ। गत वर्षमा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको थियो।

७ अर्ब ५५ करोड रुपैयाँको कार्पेट, ७ अर्ब ३८ करोड रुपैयाँको स्टेबल फाइबर निर्यात भएको छ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्