• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

६ सय ऋण लिएकी थिइन् गालोले, ९ धुर जमिन हडपे महाजनले

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०८०  ०८:२०
1140x725

काठमाडौं– मंगलबार साँझ पर्नै लागेको थियो। आन्दोलित मिटरब्याज पीडितहरु काठमाडौंको सडकमा पैदलमार्च सक्याएर भृकुटी मण्डपको प्रदर्शनी हलतर्फ छिर्दै थिए। कसैका हातमा झण्डा थियो कसैको हातमा पम्प्लेट । कोही झोला बोकेर त्रिपालको छानो भएको छाप्रोभित्र पस्दै थिए। २५ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित  गत ११ गतेदेखि भृकुटिमण्डपस्थित प्रदर्शनी हलमा बस्दै आएका थिए।

तर, बुधबार मिटरब्याज पीडितलाई प्रदर्शनी हलबाट हटाउन प्रहरीले हलको पछाडी छाप्रो बनाइदिएको थियो। त्यही छाप्रोको छेवैमा उमेरले करिब ७० वर्ष नाघेकी गालो मण्डल (पीडित) लठ्ठीको साहारा लिएर उभिइरहेकी थिइन्। रुन्चे अनुहार लिएर उभिरहेकी मण्डलको चिसोलेभन्दा कमजोरीले हात गोडा थर्थरी कापिरहेका थिए।

galo-(3)-1709121252.jpg
सेतै फूलेको कपाल, छोपेको सारिको फेरो तान्दै ‘खुइया’ सुस्केरा हालिन् र बेरेर राखिएको कार्पेटमा थुचुक्कै परिन्। मिटरब्याज पीडितको मेची–महाकाली पैदल मार्चको हुलसँगै उनी पनि २५ दिन पैदल हिँडेर काठमाडौं आइपुगेकी हुन्। खुट्टामा सेतो पट्टी बाँधिएको थियो। मेची–महाकाली पैदल मार्चमा हिँड्दै आउँदा मकवानपुरको मनोहरीमा स्थानीयको आक्रमणमा परेकी थिइन्। त्यहिबेला उनको खुट्टामा गहिरो चोट लागेको थियो।

‘हामी हिँडिरहेका बेलामा एउटा स्कुटर आएर ठोक्कियो। हामी त हेरिरहेका थियौं। वरपरका मान्छे आएर शिसाका बोतलले हान्न थाले। मेरो खुट्टामा पनि लागेर रगताम्य भयो। चोट नै लागेछ त्यसपछि  अस्पताल लगेर उपचार गराएँ। हिँड्न मिल्ने भएकाले  अरूसँगै हिँडेर आएँ,’ उनी सुनाउँछिन्,‘महाजनले घरबारै हडपेको छ। न्याय माग्न जसरी पनि काठमाडौं आउनै पर्ने थियो।’

galo-(1)-1709121251.jpg
गालो सामान्य परिवारमा जन्मिएकी थिइन्। उनको विवाह पनि सामान्य परिवारमा नै भएको थियो। खान–लाउन बनिबुतो गरेर पुर्‍याउँथिन्। जमिनका नाममा ९ धुर थियो, त्यसैमा सानो घर पनि। तर खुसीले बितिरहेका थिए दिनहरु। त्यहीबेलामा उनका श्रीमान् बिरामी परे। १६ वर्षअघि खेतमा धान लगाउन उनले महाजनसँग ६ सय रुपैयाँ ऋण काढिन्। धान फलेपछि बिक्री गरेर दिन्छु भनेपछि महाजनले ऋण दिन तयार भए। धान फल्यो तर बिक्री गरेर साहुको ऋण तिर्न सकिनन्। बिरामी श्रीमान्‌को उपचार गराउन खर्च थपियो।

‘६ सय रुपैयाँ ऋण लिइएको २ वर्ष नाघेको थियो। महाजनलाई बुझाउन गएको १२ हजार रुपैयाँ मागे। मैले ६ सय लगेको १२ हजार रुपैयाँ बुझाउने कुरा आउँदैन। बुझाउँदिन भने मैले लगेको ६ सय हो ६ सय रुपैयाँ दिँदा साहुले लिएनन्,’ उनी सम्झिन्छिन्।

galo-(2)-1709121251.jpg
 

त्यसपछि साहुले उनलाई धम्की दिन थाले। ऋण नतिरेसम्म घरसहितको ९ धुर जमिन नक्कली तमसुक बनाई जबर्जस्ती औंठा छाप गर्न लगाएर हडपेको उनी सुनाउँछिन्। उनको जमिन साहुले आफ्नो नाममा बनाएपछि उनीहरुलाई घरबाट पनि निकाले।

nimb
nimb
Ncell 2
Ncell 2

‘श्रीमान्‌ले दुःखले इटाको गारो भएको घर बनाएका थिए। छानो खपडाले छाएको थियो। त्यति राम्रो घर हडप्यो। अहिले माटोको छाप्रोमा बसेर दुःख कटाइरहेकी छु,’ उनले भनिन्, ‘जनकपुरमा भएको सामान्य जमिन प्रति धुर २ लाखले बिक्री हुन्छ। मूल सडक र बजार नजिकमा भए प्रतिधुर ७ लाख रुपैयाँसम्म पर्छ। मेरो जग्गाको मूल्य अहिले २७ लाख रुपैयाँमा पर्छ।’

galo-(5)-1709121251.jpg
साहुले घरसहितको जमिन हडपेपछि उनी माइतीमा बस्दै आएकी छन्। उनका श्रीमान् बितिसके, एक छोरा वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि साउदीमा छन्। ‘छोरा बुहारीले गाली गर्दै भन्छन्–ऋण लिएर साहुले जग्गा हडप्यो। उ बेला ऋण नलिएको भए आज आफ्नै घर र जग्गा हुन्थ्यो। मैले पनि ऋण लिन जानिनँ। तर ऋण नलिएको भए कसरी बाँच्ने ?’ उनी सुनाउँछिन्।

अहिले ऋण लिइएको साहुको निधन भइसकेको छ। उनको जमिन साहुका छोराले भोगचलन गर्दै आइरहेका छन्। आफूले ऋण लिएको बेलामा कुनै कागजपत्र नलिएकाले अनुचित लेनदेन जाँचबुझ आयोगमा दर्ता गर्न नपाएको उनी सुनाउँछिन्। ६ सय रुपैयाँ लगेको भरमा साहुले आफ्नो जमिन हडपेर अन्याय गरेको तर अझै न्याय नपाएको उनले बताइन्।

galo-(4)-1709121251.jpg
 

सबैजना न्यायका लागि काठमाडौं आएपछि आफू पनि केही राहत मिल्ला कि भनेर आएको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
राहदानी वितरण सेवा पुनः सञ्चालन, तयार राहदानी लिन विभागको आग्रह
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने
सम्बन्धित सामग्री
राहदानी वितरण सेवा पुनः सञ्चालन, तयार राहदानी लिन विभागको आग्रह विभागले २०८३ असार २२ गते (१३ जुलाई २०२६) देखि हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरणको प्रक्रिया सुरु गरेको थ... बुधबार, असार २४, २०८३
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग बिहान साढे ८ बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन् । बुधबार, असार २४, २०८३
कैलालीमा हिरासतबाट थुनुवा फरार, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट सोमवार राति भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।फरार थुनुवाको ख... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित बुधबार, असार २४, २०८३
राहदानी वितरण सेवा पुनः सञ्चालन, तयार राहदानी लिन विभागको आग्रह बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न ! बुधबार, असार २४, २०८३
सुनचाँदीको मूल्य घट्यो बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
यूएईकाे शारजाहबाट कराँची जाँदै गरेको पाकिस्तानी कार्गो विमान बेपत्ता बुधबार, असार २४, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्