• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बालबालिकामा हुने एलर्जी कस्तो र कति प्रकारका छन्?

डा जगतजीवन घिमिरे शनिबार, फागुन ५, २०८०  १०:३०
1140x725

बालबालिकामा हुने एलर्जी कस्तो र कति प्रकारका छन्?
खानपान, रहनसहन तथा वातावरणमा आएको परिवर्तनका कारण बालबालिकामा एलर्जीको समस्या धेरै नै देखिएको छ। बालबालिकामा मुख्यतया पाँचथरीका एलर्जी धेरै हुन्छन्। एउटा बच्चा जन्मेपछि उसको जीवनमा आउन सक्ने एलर्जीको चरणहरुलाई 'एटोपिक मार्च' भनिन्छ। एटोपिक मार्च भनेको बालबालिकाको विभिन्न उमेरमा विभिन्नथरीका एलर्जी देखिनु हो। जस्तो, बच्चा जन्मिने बित्तिकै छालामा एलर्जी आउने समस्या देखिन्छ। नवजात शिशुमा कपालमा चाया एकदमै धेरै आउने, छालामा डाबर आउने, गाला रातो हुने, चिलाउने समस्या देखिन्छ। त्यो नै एटोपिक डर्माटाइटिस हो।

बालबालिकामा यो समस्या जन्मेको केही महिनाबाट केही वर्षसम्म चलिरहन सक्छ। त्यो बच्चामा हुने पहिलो समस्या भयो। बालबालिकामा हुने अर्को समस्या खानेकुराको एलर्जी हो।  हुन त हाम्रो समाजामा खानेकुराको एलर्जीबारे जानकारी खासै छैन। संक्रमणसँग नै लडिरहनुपर्ने भएर पनि होला बालबालिकालाई खानेकुराको एलर्जीबारे खासै चासो व्यक्त गरिँदैन।

बालबालिकलाई गाईको दूधको एलर्जी, बदामको एलर्जी पनि छ। अर्को एलर्जी दम अर्थात् आस्थमा वा ब्रोङ्केयल आस्थमा वा घ्यारघ्यार हुने समस्या जे भने पनि यो दमको समस्या हो। श्वासको नलीमा एलर्जीले गर्दा भएको असर हो। जसले गर्दा बालबालिकालाई बारम्बार खोकी लाग्ने, स्वाँस्वाँ हुने, दौडिँदा, खेल्दा पनि खोकी लागिराख्ने, स्वाँस्वाँ हुने, रुघा लाग्ने बित्तिकै छाती घ्यारघ्यार हुने समस्या दमको लक्षण हो।

अर्को चौथो नम्बरमा पर्ने एलर्जी भनेको नाकको एलर्जी हो। जसलाई हामी एलर्जिक राइनाइटिस भन्छौं। बालबालिकालाई एकदमै हाच्छिउँ आउने, बाहिर कतै जाँदा नाक बन्द हुने, घुर्ने, पातलो सिँगान बग्ने, यस्तो समस्या कहिले ठिक हुने कहिले फेरि देखिने गर्छ। यी चार प्रकारका एलर्जी बालबालिकामा कमन छन्। 

बालबालिकालाई विभिन्न उमेरमा विभिन्न खालको एलर्जीको समस्या देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यी एलर्जीहरु कुन उमेर समूहमा कसरी देखिन्छ?
यो एउटा मोडलमा हुन्छ। बालबालिकामा हुने एलर्जी सधैं रहँदैन। सामान्यतया नवजात शिशुमा छालाको एलर्जी हुन्छ। अलि ठूलो भएपछि दम अनि अलि ठूलो बालबालिकामा नाकको एलर्जी देखिन्छ।

नवजात शिशुमा आउने चाया तथा बिबिराको समस्या किन हुन्छ? यसको उपचार गराउनुपर्छ?
नवजात शिशुमा छाला चिलाउने, डाबर आउने समस्या एटोपिक डर्माटाइटिसको नै लक्षण हो। केही बच्चामा यो समस्या छाला सुख्खा भएर पनि हुन्छ। तर यो समस्याले एकदमै धेरै देखियो भने यसको समयमै उपचार पनि गर्नुपर्छ। साना बालबालिकाहरुमा सुरुमा छालामा एलर्जी देखियो त्यसको समयमै उपचार गर्योप भने अलि पछि दमको एलर्जी कम हुन सक्छ। नाकको एलर्जी कम हुन सक्छ। 

बालबालिकामा देखिने एलर्जीमध्ये सबैभन्दा धेरै कुन एलर्जीको समस्या बढी छ?
बालबालिकामा एटोपिक डर्माटाइटिसपछिको अर्को ठूलो समस्या भनेको दमको समस्या हो। म दम सम्बन्धी धेरै बालबालिका हेर्छु। दमको समस्या विभिन्न आर्थिक अवस्थाको परिवारका दमका बालबालिका अभिभावकको साथमा उपचारका लागि आउनुहुन्छ। अभिभावकले उपचार गर्दै गएपछि त बुझ्नुहुन्छ। त्यसैले अभिभावकले दमको बारेमा बुझ्नुपर्छ। बच्चालाई बारम्बार खोकी लाग्ने, स्वाँस्वाँ हुने लक्षण देखिएपछि निमोनिया भन्ने बुझाइ छ तर यस्तो समस्यामा धेरैजसो दमको समस्या भएको पाइन्छ। अहिले बच्चामा देखिने एलर्जिक समस्यामा दमकै समस्या धेरै छ। 

Xtrem
Xtrem

अभिभावकहरु बालबालिकामा हुने दमको समस्यामा किन उपचार गराउन मान्दैनन्?
एलर्जीको उपचार पहिला पहिचान गर्नुपर्छ। एलर्जीको विषयमा विशेषज्ञता राख्ने हामी चिकित्सकहरुले एलर्जीको डाइग्नोसिस गर्छौं। आस्थमाको कुरा गर्नुपर्दा बालबालिकाहरु लक्षण लिएर आउनुहुन्छ। बच्चाको उमेर समूह अनुसार हामीले अहिले ३ वर्षभन्दा माथिका बालबालिकाको फुकेर गरिने आस्थमाको पहिचान गर्न सक्छौं। अन्य परीक्षणहरु गरेर पहिचान गर्ने र उपचार गर्छौं।

दमको उपचार अभिभावकहरुले अलि असहज मान्नुहुन्छ। किनकि, यो इन्हेलर विधिबाट औषधि लिनुपर्छ। तर यसको साइड इफेक्ट पर्छ, बानी पर्छ भनेर आमाबुबालाई चिन्ता लाग्ने रहेछ। तर बालबालिकामा दमको समस्या छ भने इन्हेलर विधिबाट नै उपचार गर्नुपर्छ। इन्हेलर विधिबाट उपचार गरिएन भने बालबालिका बिरामी भइरहने, अस्पताल धाइरहनुपर्ने समस्या बढ्छ। त्यसैले यो समस्याबाट बच्न दमको उपचार नियमित गराउनुपर्छ। 

दम भएका बालबालिकाहरुको उपचार राम्रोसँग भइरहेको हुँदैन। यसमा हामी सबैको भूमिका छ। बाबुआमा र सिस्टमको पनि यसमा भूमिका छ। हामीले के बुझ्नुपर्छ भने, बालबालिकामा बारम्बार स्वाँस्वाँ हुने, खोकी लाग्ने, घ्यारघ्यार हुने समस्या देखिन्छ भने त्यो दमको समस्या हो। दमको समस्यामा इन्हेलर विधिबाट उपचार नगरी समस्या ठिक हँदैन। बानी पर्छ कि भनेर चिन्ता राख्नु उचित छैन। बालबालिकाको भोलिको भविष्य आज अभिभावकको सोचाइ र उपचारमा भर पर्छ। इन्हेलर विधिबाट दमको उपचार गर्दा बच्चालाई बानी पर्ने होइन, ऊ ठूलो हुँदासम्म दम निकै कन्ट्रोलमा आँउछ। निको पनि हुन सक्छ।

-(डा जगतजीवन घिमिरे बाल श्वासप्रश्वास रोग विशेषज्ञ हुन्)

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्