• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
शिवपुरीको डाँडामा अर्को बाँध निर्माण हुँदै, बागमतीमा जलप्रवाह बढ्ने
भीष्मराज ओझा / रासस मंगलबार, माघ २, २०८०  १२:५९
1140x725

काठमाडौं– काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ। उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्को नागमती बाँध निर्माणको प्रक्रिया सुरु गरिएको हो। 

वर्षायाममा खेर जाने पानी सङ्कलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले बाँध बनाउन लागिएको हो। उपत्यकाको मध्यभागबाट पूर्वतर्फ करिब २१ किलोमिटर दूरीमा निर्माण सम्पन्न भइसकेको धाप बाँध र अब बन्ने नागमती बाँधबीचको दूरी १.८ किलोमिटर हुनेछ। बागमती नदीको प्रमुख प्रशाखा नागमती नदीको मूलखर्कमा कुल २५ अर्ब रुपैयाँको लागतमा बन्ने नागमती बाँध आयोजनाअन्तर्गत पूर्वतयारीको काम सुरु भइसकेको छ। यो आयोजना एसियाली विकास बैङ्कको सहुलियत ऋणमा निर्माण हुनेछ। नागमती नदी सुन्दरीजलमा पुगेपछि बागमती नदीमा मिसिन्छ। 

आयोजनाअन्तर्गत पर्या–पर्यटनको विकास, पानीको व्यवस्थापन, संस्थागत संरचना विकास, बहुउद्देश्यीय बाँध र १.८६ मेगावाट क्षमताको जलविद्युत् निर्माणसमेत गरिने बागमती सुधार आयोजना, आयोजना कार्यान्वयन सिँचाइ एकाइका इञ्जिनियर निश्चल छत्कुलीले जानकारी दिए। बाँधको उचाइ ९४.५ मिटर, लम्बाइ ५५३ मिटर र चौडाइ २६० मिटरभन्दा बढी हुनेछ। तालको भण्डारण क्षमता ८.८ मिलियन मिटर क्यूब (एमसीएम) हुनेछ। अमिबाको आकारको यो बाँधस्थल समुद्री सतहदेखि १ हजार ९१० मिटर उचाइमा रहेको छ।

निकुञ्जको करिब ४८ हेक्टर क्षेत्रफलमा जलाशय रहने यो बाँध निर्माणका क्रममा ७ हजार रूख र ८५ हजार बुट्यान कटान गरिनेछ। इञ्जिनियर छत्कुलीले बाँध निर्माणका लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत अन्तिम चरणमा रहेको  बताए। 

‘सन् २०२५ जुलाईदेखि आयोजनाको मुख्य भौतिक काम बाँध निर्माण सुरु हुनेछ भने त्यसको १ वर्ष अघि नै रूख कटान र पहुँच सडक निर्माणको काम सुरु गरिनेछ। आयोजनाको निर्माण अवधि ८ वर्ष तोकिएको छ,’ इञ्जिनियर छत्कुलीले भने। यसको मुख्य उद्देश्य बागमतीमा प्रवाह गरिने पानीको बहाव ४५० लिटर प्रतिसेकेन्ड (सुक्खा ९ महिना), मेलम्ची खानेपानी पानी प्रशोधन केन्द्रमा ४५० लिटर प्रतिसेकेन्ड (३ महिना) र जलविद्युत् उत्पादन १.८६ मेगावाट रहेको छ। 

बाँध आयोजना निर्माणका लागि हालसम्म के के भए काम?
आयोजनाको पूर्वतयारीका लागि हालसम्म जापानी अन्तर्राष्ट्रिय सहयोग निकायबाट विभिन्न समयमा उपत्यकामा रहेका जलाधार क्षेत्रमा अध्ययन, बागमती कार्ययोजना सन् २००९–२०१४ बागमती नदीमा हिउँद याममा पानीको बहाव बढाउने र डेनिस हाइड्रो इन्स्टिच्युटमार्फत धाँप र नागमती बाँधको पूर्वसम्भाव्यता अध्ययन भएको थियो। त्यस्तै मुख्य तयारीअन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा बागमती सुधार आयोजनामार्फत २०१७ मा विस्तृत आयोजना प्रतिवेदन तयार भएको थियो। 

Nagmati_Dam_Shivpuri-1705389206.jpg
नागमती बाँधको नक्सा (डिजाइन)

अन्तिम तयारीअन्तर्गत खानेपानी मन्त्रालयबाट टनेल मर्मत र वर्षायाममा पानी उपलब्ध गराउन अनुरोध भएको, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी र खानेपानी मन्त्रालयबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

उक्त बाँध भूकम्पीय जोखिमबाट सुरक्षित हुने गरी ‘कङ्क्रिड फेस्ड रक फिल्ड ड्याम’ (सिएफआरडी) प्रविधिबाट निर्माण हुनेछ। बाँध निर्माणको प्रविधि नयाँ भएको, निकुञ्ज क्षेत्रमा रहेकाले रूख कटान र क्षतिपूर्ति प्रक्रिया, कूल बजेटअन्तर्गत नेपाल सरकारले बेहोर्नुपर्ने हिस्सा, कानुनी र संरचनालगायत विषय यस आयोजनामा चुनौती रहेको उनले बताए। 

बढ्दो सहरीकरण र भूउपयोगमा भएको परिवर्तनका कारण बागमती जलाधार क्षेत्र सुक्खा बन्दै गएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजनाका उपनिर्देशक उद्धव नेपालले प्रतिव्यक्ति पानीको उपलब्धता, पानीको गुणस्तरमा ह्रास भएको, मनसुनी जलवायुका कारण हिउँदमा भूसतहमा रहेको जलस्रोतको उपलब्धतामा कमी भएकाले यस बाँधको आवश्यकता परेको बताए। उनले भने, ‘भूमिगत जलस्रोतको पुनःभरणमा कमी, भूमिगत जलस्रोतको दोहनमा अत्यधिक चाप पर्न गएको, जलपथान्तरण गरी बागमती नदीमा पानीको बहाव बढाउने सम्भावना नभएको र हिउँदमा पानीको बहाव बढाउन वर्षायाममा खेर जाने पानी सङ्कलन गर्नु नै प्रमुख विकल्प रहेकाले यसको आवश्यकता परेको हो।’ 

यो बाँध निर्माणपछि बागमतीमा सुक्खायाममा पनि नियमित २ फिट उचाइसम्म पानी बग्ने भएकाले वातावरणीय पारिस्थितिकीय प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ। यसैगरी, बाँध निर्माणबाट उत्पादन हुने जलविद्युत्, आयोजनाअन्तर्गत बनाइने ‘ट्रेल रुट’ बन्ने भएकाले निकुञ्ज क्षेत्रमा रहेको करिब ६०० स्थानीय घरधुरीको आवातजावत र आर्थिक उपार्जनमा समेत योगदान पुग्ने उनले बताए। नेपालमा वर्षमा ४ महिनामात्र मनुसुनी वर्षा हुन्छ। यस अवधिमा पर्ने २२५ बिलियन घनमिटर पानी बगेर भारत जान्छ। त्यसमध्ये हाल १५ प्रतिशतमात्र प्रयोग हुने गरेको छ। तसर्थ नेपालमा बन्ने सबै बाँधको मुख्य उद्देश्य वर्षाकै पानी जम्मा गरेर प्रयोग गर्ने हो। 

धाप बाँध निर्माणपछि बागमतीको वातावरणीय सौन्दर्य प्रवर्द्धन  
नागार्जुन नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन निकुञ्जको मध्य क्षेत्रमा धाप बाँध निर्माण झन्डै १ वर्षअघि सम्पन्न भइ चालु भइसकेको छ। यो बाँध बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको हो। धाप बाँध निर्माणपछि काठमाडौं उपत्यकाबाट नजिकको यस स्थलमा बाह्य तथा आन्तरिक पर्यटकको आवागमनसमेत बढेको छ।

बाँधको निर्माणपछि बागमती नदीको जल व्यवस्थापनका साथै वर्षायाममा खेर जाने पानीलाई सङ्कलन गरी सुक्खायाममा प्रवाह गर्ने गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए। ‘यस बाँधबाट जलजन्य पर्यावरणको सुधारका साथै धार्मिक, सांस्कृतिक पर्यटनको विकास तथा भूमिगत जल पुनःभरणमा समेत योगदान पुगेको छ। यसको निर्माणपछि बागमतीको पवित्रता, सुन्दरता र स्वच्छतालाई बचाउन सहयोग पुगेको छ। हाल विभिन्न ९ चाडपर्वमा १४ दिन बागमती नदीमा उक्त बाँधबाट आवश्यकताअनुसार थप पानी छोड्न सुरु गरिएको छ,’ उनले भने। 

त्यसैगरी, बाँध निर्माणपछि हालसम्म मेलम्ची खानेपानी आयोजनामा पानी कम भएका बेला विभिन्न समयमा गरी ३० करोड लिटर पानी सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा सोधभर्ना गर्ने गरी पठाई सकिएको आयोजना प्रमुख कण्ठले बताए। सन् २०१५ अक्टोबर ९ मा सम्झौता भइ सन् २०२२ अक्टोबर १५ मा निर्माण सम्पन्न भएको यो बाँध करिब ५२ करोड लागतमा निर्माण भएको हो। नागमती नदीको मुहानमा निर्माण गरिएको यस बाँधमा ३ ठाउँमा सहायक (स्याडल ड्याम) र एक मुख्य ड्याम निर्माण गरिएको छ।  

चौबिस मिटर अग्लो बाँध निर्माण गरी वर्षातको पानी सङ्कलन गरेर सुक्खा समयमा चाडपर्व र आवश्यकताअनुसार बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको भण्डारण क्षमता १४ लाख २६ हजार घन मिटर पानी रहेको छ। यो बाँधको जलाशय कूल क्षेत्रफल १५ हेक्टरमा फैलिएको छ।  बाँध निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासका साथै वन्यजन्तु, जैविक विविधता तथा पर्यावरण जोगाउनसमेत मद्दत पुगेको छ। बाँध निर्माण अघि सो क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट वार्षिक १ करोड ८० लाख राजस्व सङ्कलन हुने गरेकामा बाँध निर्माणपछि करिब ५ करोड राजस्व सङ्कलन भएको निकुञ्ज कार्यालयले जनाएको छ। 

बाँधको महत्व र विश्वमा बाँधको अवस्था
‘इन्टरनेसनल कमिसन अन लार्ज ड्याम’ (आइकोल्ड) संस्थाले विश्वभर १५ मिटरभन्दा अग्ला आकारका ठूला बाँधको दर्ता गर्ने गरेको छ। उक्त मापदण्डअन्तर्गत नेपालमा हालसम्म कुलेखानी, फेवा, धाप, अन्य जलविद्युत्‌का बाँध गरी कूल ६ बाँध रहेका छन्। पछिल्लो तथ्याङ्कअनुसार विश्वमा भने ५८ हजार ७१३ बाँध छन् जसमध्ये चीनमा २३ हजार ८४१, संयुक्त राज्य अमेरिकामा ९ हजार ३६३, भारतमा ४ हजार ७०७ (थप ८०० निर्माणाधीन) र अन्य विभिन्न देशमा रहेका छन्। 

विश्वका ठूला एउटै नदीमा रहेका सबैभन्दा धेरै बाँधमध्ये चीनको यात्से नदीमा १ हजार, अमेरिकाको मिसिसीपी नदीमा १ हजार, भारतको गोदावरी नदीमा ३५० बाँध रहेका छन्। बाँधलाई विश्वकै ‘गेम चेन्जर प्रोजेक्ट’ मानिन्छ। चीनको थ्री गज्रेज, अमेरिकाको होभर र भारतको बक्रा बाँध यसका उदाहरण हुन्। विश्वमा ३० प्रतिशत खाद्यान्न उत्पादन बाँधको सिँचाइमा निर्भर छ। बाँधको उपयोग बाढी नियन्त्रण, सिँचाइ, जलविद्युत्, माछापालन, खानेपानी र अन्य काममा प्रयोग गरिन्छ। 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एक हजार ७४ किलो गाँजासहित चार पक्राउ
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने
झोलुङ्गे पुलले छोटियो यात्रा
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
एक हजार ७४ किलो गाँजासहित चार पक्राउ मंगलबार, असार १७, २०८२
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने मंगलबार, असार १७, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा मंगलबार, असार १७, २०८२
नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ : सचेतक शाही मंगलबार, असार १७, २०८२
निजामती विधेयकमा कर्मचारीलाई देखाएर सांसदहरू उम्कन मिल्दैन : सुमना श्रेष्ठ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्