• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

शिवपुरीको डाँडामा अर्को बाँध निर्माण हुँदै, बागमतीमा जलप्रवाह बढ्ने

भीष्मराज ओझा / रासस मंगलबार, माघ २, २०८०  १२:५९
1140x725

काठमाडौं– काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ। उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्को नागमती बाँध निर्माणको प्रक्रिया सुरु गरिएको हो। 

वर्षायाममा खेर जाने पानी सङ्कलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले बाँध बनाउन लागिएको हो। उपत्यकाको मध्यभागबाट पूर्वतर्फ करिब २१ किलोमिटर दूरीमा निर्माण सम्पन्न भइसकेको धाप बाँध र अब बन्ने नागमती बाँधबीचको दूरी १.८ किलोमिटर हुनेछ। बागमती नदीको प्रमुख प्रशाखा नागमती नदीको मूलखर्कमा कुल २५ अर्ब रुपैयाँको लागतमा बन्ने नागमती बाँध आयोजनाअन्तर्गत पूर्वतयारीको काम सुरु भइसकेको छ। यो आयोजना एसियाली विकास बैङ्कको सहुलियत ऋणमा निर्माण हुनेछ। नागमती नदी सुन्दरीजलमा पुगेपछि बागमती नदीमा मिसिन्छ। 

आयोजनाअन्तर्गत पर्या–पर्यटनको विकास, पानीको व्यवस्थापन, संस्थागत संरचना विकास, बहुउद्देश्यीय बाँध र १.८६ मेगावाट क्षमताको जलविद्युत् निर्माणसमेत गरिने बागमती सुधार आयोजना, आयोजना कार्यान्वयन सिँचाइ एकाइका इञ्जिनियर निश्चल छत्कुलीले जानकारी दिए। बाँधको उचाइ ९४.५ मिटर, लम्बाइ ५५३ मिटर र चौडाइ २६० मिटरभन्दा बढी हुनेछ। तालको भण्डारण क्षमता ८.८ मिलियन मिटर क्यूब (एमसीएम) हुनेछ। अमिबाको आकारको यो बाँधस्थल समुद्री सतहदेखि १ हजार ९१० मिटर उचाइमा रहेको छ।

निकुञ्जको करिब ४८ हेक्टर क्षेत्रफलमा जलाशय रहने यो बाँध निर्माणका क्रममा ७ हजार रूख र ८५ हजार बुट्यान कटान गरिनेछ। इञ्जिनियर छत्कुलीले बाँध निर्माणका लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत अन्तिम चरणमा रहेको  बताए। 

‘सन् २०२५ जुलाईदेखि आयोजनाको मुख्य भौतिक काम बाँध निर्माण सुरु हुनेछ भने त्यसको १ वर्ष अघि नै रूख कटान र पहुँच सडक निर्माणको काम सुरु गरिनेछ। आयोजनाको निर्माण अवधि ८ वर्ष तोकिएको छ,’ इञ्जिनियर छत्कुलीले भने। यसको मुख्य उद्देश्य बागमतीमा प्रवाह गरिने पानीको बहाव ४५० लिटर प्रतिसेकेन्ड (सुक्खा ९ महिना), मेलम्ची खानेपानी पानी प्रशोधन केन्द्रमा ४५० लिटर प्रतिसेकेन्ड (३ महिना) र जलविद्युत् उत्पादन १.८६ मेगावाट रहेको छ। 

बाँध आयोजना निर्माणका लागि हालसम्म के के भए काम?
आयोजनाको पूर्वतयारीका लागि हालसम्म जापानी अन्तर्राष्ट्रिय सहयोग निकायबाट विभिन्न समयमा उपत्यकामा रहेका जलाधार क्षेत्रमा अध्ययन, बागमती कार्ययोजना सन् २००९–२०१४ बागमती नदीमा हिउँद याममा पानीको बहाव बढाउने र डेनिस हाइड्रो इन्स्टिच्युटमार्फत धाँप र नागमती बाँधको पूर्वसम्भाव्यता अध्ययन भएको थियो। त्यस्तै मुख्य तयारीअन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा बागमती सुधार आयोजनामार्फत २०१७ मा विस्तृत आयोजना प्रतिवेदन तयार भएको थियो। 

Nagmati_Dam_Shivpuri-1705389206.jpg
नागमती बाँधको नक्सा (डिजाइन)

अन्तिम तयारीअन्तर्गत खानेपानी मन्त्रालयबाट टनेल मर्मत र वर्षायाममा पानी उपलब्ध गराउन अनुरोध भएको, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी र खानेपानी मन्त्रालयबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

उक्त बाँध भूकम्पीय जोखिमबाट सुरक्षित हुने गरी ‘कङ्क्रिड फेस्ड रक फिल्ड ड्याम’ (सिएफआरडी) प्रविधिबाट निर्माण हुनेछ। बाँध निर्माणको प्रविधि नयाँ भएको, निकुञ्ज क्षेत्रमा रहेकाले रूख कटान र क्षतिपूर्ति प्रक्रिया, कूल बजेटअन्तर्गत नेपाल सरकारले बेहोर्नुपर्ने हिस्सा, कानुनी र संरचनालगायत विषय यस आयोजनामा चुनौती रहेको उनले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

बढ्दो सहरीकरण र भूउपयोगमा भएको परिवर्तनका कारण बागमती जलाधार क्षेत्र सुक्खा बन्दै गएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजनाका उपनिर्देशक उद्धव नेपालले प्रतिव्यक्ति पानीको उपलब्धता, पानीको गुणस्तरमा ह्रास भएको, मनसुनी जलवायुका कारण हिउँदमा भूसतहमा रहेको जलस्रोतको उपलब्धतामा कमी भएकाले यस बाँधको आवश्यकता परेको बताए। उनले भने, ‘भूमिगत जलस्रोतको पुनःभरणमा कमी, भूमिगत जलस्रोतको दोहनमा अत्यधिक चाप पर्न गएको, जलपथान्तरण गरी बागमती नदीमा पानीको बहाव बढाउने सम्भावना नभएको र हिउँदमा पानीको बहाव बढाउन वर्षायाममा खेर जाने पानी सङ्कलन गर्नु नै प्रमुख विकल्प रहेकाले यसको आवश्यकता परेको हो।’ 

यो बाँध निर्माणपछि बागमतीमा सुक्खायाममा पनि नियमित २ फिट उचाइसम्म पानी बग्ने भएकाले वातावरणीय पारिस्थितिकीय प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ। यसैगरी, बाँध निर्माणबाट उत्पादन हुने जलविद्युत्, आयोजनाअन्तर्गत बनाइने ‘ट्रेल रुट’ बन्ने भएकाले निकुञ्ज क्षेत्रमा रहेको करिब ६०० स्थानीय घरधुरीको आवातजावत र आर्थिक उपार्जनमा समेत योगदान पुग्ने उनले बताए। नेपालमा वर्षमा ४ महिनामात्र मनुसुनी वर्षा हुन्छ। यस अवधिमा पर्ने २२५ बिलियन घनमिटर पानी बगेर भारत जान्छ। त्यसमध्ये हाल १५ प्रतिशतमात्र प्रयोग हुने गरेको छ। तसर्थ नेपालमा बन्ने सबै बाँधको मुख्य उद्देश्य वर्षाकै पानी जम्मा गरेर प्रयोग गर्ने हो। 

धाप बाँध निर्माणपछि बागमतीको वातावरणीय सौन्दर्य प्रवर्द्धन  
नागार्जुन नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन निकुञ्जको मध्य क्षेत्रमा धाप बाँध निर्माण झन्डै १ वर्षअघि सम्पन्न भइ चालु भइसकेको छ। यो बाँध बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको हो। धाप बाँध निर्माणपछि काठमाडौं उपत्यकाबाट नजिकको यस स्थलमा बाह्य तथा आन्तरिक पर्यटकको आवागमनसमेत बढेको छ।

बाँधको निर्माणपछि बागमती नदीको जल व्यवस्थापनका साथै वर्षायाममा खेर जाने पानीलाई सङ्कलन गरी सुक्खायाममा प्रवाह गर्ने गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए। ‘यस बाँधबाट जलजन्य पर्यावरणको सुधारका साथै धार्मिक, सांस्कृतिक पर्यटनको विकास तथा भूमिगत जल पुनःभरणमा समेत योगदान पुगेको छ। यसको निर्माणपछि बागमतीको पवित्रता, सुन्दरता र स्वच्छतालाई बचाउन सहयोग पुगेको छ। हाल विभिन्न ९ चाडपर्वमा १४ दिन बागमती नदीमा उक्त बाँधबाट आवश्यकताअनुसार थप पानी छोड्न सुरु गरिएको छ,’ उनले भने। 

त्यसैगरी, बाँध निर्माणपछि हालसम्म मेलम्ची खानेपानी आयोजनामा पानी कम भएका बेला विभिन्न समयमा गरी ३० करोड लिटर पानी सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा सोधभर्ना गर्ने गरी पठाई सकिएको आयोजना प्रमुख कण्ठले बताए। सन् २०१५ अक्टोबर ९ मा सम्झौता भइ सन् २०२२ अक्टोबर १५ मा निर्माण सम्पन्न भएको यो बाँध करिब ५२ करोड लागतमा निर्माण भएको हो। नागमती नदीको मुहानमा निर्माण गरिएको यस बाँधमा ३ ठाउँमा सहायक (स्याडल ड्याम) र एक मुख्य ड्याम निर्माण गरिएको छ।  

चौबिस मिटर अग्लो बाँध निर्माण गरी वर्षातको पानी सङ्कलन गरेर सुक्खा समयमा चाडपर्व र आवश्यकताअनुसार बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको भण्डारण क्षमता १४ लाख २६ हजार घन मिटर पानी रहेको छ। यो बाँधको जलाशय कूल क्षेत्रफल १५ हेक्टरमा फैलिएको छ।  बाँध निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासका साथै वन्यजन्तु, जैविक विविधता तथा पर्यावरण जोगाउनसमेत मद्दत पुगेको छ। बाँध निर्माण अघि सो क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट वार्षिक १ करोड ८० लाख राजस्व सङ्कलन हुने गरेकामा बाँध निर्माणपछि करिब ५ करोड राजस्व सङ्कलन भएको निकुञ्ज कार्यालयले जनाएको छ। 

बाँधको महत्व र विश्वमा बाँधको अवस्था
‘इन्टरनेसनल कमिसन अन लार्ज ड्याम’ (आइकोल्ड) संस्थाले विश्वभर १५ मिटरभन्दा अग्ला आकारका ठूला बाँधको दर्ता गर्ने गरेको छ। उक्त मापदण्डअन्तर्गत नेपालमा हालसम्म कुलेखानी, फेवा, धाप, अन्य जलविद्युत्‌का बाँध गरी कूल ६ बाँध रहेका छन्। पछिल्लो तथ्याङ्कअनुसार विश्वमा भने ५८ हजार ७१३ बाँध छन् जसमध्ये चीनमा २३ हजार ८४१, संयुक्त राज्य अमेरिकामा ९ हजार ३६३, भारतमा ४ हजार ७०७ (थप ८०० निर्माणाधीन) र अन्य विभिन्न देशमा रहेका छन्। 

विश्वका ठूला एउटै नदीमा रहेका सबैभन्दा धेरै बाँधमध्ये चीनको यात्से नदीमा १ हजार, अमेरिकाको मिसिसीपी नदीमा १ हजार, भारतको गोदावरी नदीमा ३५० बाँध रहेका छन्। बाँधलाई विश्वकै ‘गेम चेन्जर प्रोजेक्ट’ मानिन्छ। चीनको थ्री गज्रेज, अमेरिकाको होभर र भारतको बक्रा बाँध यसका उदाहरण हुन्। विश्वमा ३० प्रतिशत खाद्यान्न उत्पादन बाँधको सिँचाइमा निर्भर छ। बाँधको उपयोग बाढी नियन्त्रण, सिँचाइ, जलविद्युत्, माछापालन, खानेपानी र अन्य काममा प्रयोग गरिन्छ। 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
सम्बन्धित सामग्री
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! कुनैबेला जंगलमा बन्दुक बोकेर हिँड्ने सुकमाकी पूर्व माओवादी महिलाले अब हिंसात्मक आन्दोलन छाडेर सामाजिक जीवन अपनाएका छन् । रायपुरमा पा... शनिबार, साउन ३०, २०८३
‘फरक सन्दर्भ, साझा आकांक्षा’मा युवाका मुद्दा र राजनीतिक नेतृत्वबारे बहस एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सांसद क्षीतिज थेबेले नेपालमा आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा देखि... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्