• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१२ वर्षदेखि सर्वोच्च अदालतमा घुमिरहेको २० करोडको भ्रष्टाचार मुद्दा 

64x64
नेपाल लाइभ बुधबार, मंसिर १३, २०८०  १३:४०
1140x725

काठमाडौं- सोमबार (मंसिर ११ गते) सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको पूर्ण इजलासमा भ्रष्टाचारका केही मुद्दाहरु पेसीमा चढेका थिए। उनीहरुको पूर्णसँगै एकल इजलासको पेसी पनि रहेको थियो। एकल इजलासले मुद्दाको सुनुवाइ गरेपछि पूर्ण इजलास बस्नै सकेन। 

यसरी पूर्ण इजलासमा तोकिएका सबै मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भयो। यसरी स्थगित हुनेमध्ये एउटा मुद्दा थियो, कुनै समय नेपालमा चर्चित रहेको सिल्भर फाइबर टेक्सटाइलको २० करोडको भ्रष्टाचार मुद्दा। तत्कालीन समयमा नवलपरासी जिल्लाको गैंडाकोटमा रहेका यो कम्पनीमा ऋण प्रवाह गर्दा नागरिक लगानी कोषको रकम दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

अख्तियारले २०६६ जेठ ७ गते विशेष अदालतमा ९ जना विरुद्ध भ्रष्टाचार  मुद्दा दर्ता गरेको थियो। यो विवाद २०६८ सालमा सर्वोच्च अदालत आइपुगेको थियो। १२ वर्षअघि सर्वोच्च आएको यो मुद्दा हालसम्म पनि पेसी चढ्ने अनि पालो नआउने हुँदै आएको छ। मंसिर ११ गते पहिलो नम्बरमै पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भयो। 

सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये यो सबैभन्दा पुरानो मुद्दामध्येको एक हो। 

यसअघि कात्तिक १३ गतेको पेसी न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो। उक्त दिन  मुद्दा भने ‘हेर्न नमिल्ने’मा पर्दै सरेको थियो।  

यो मुद्दाको सुरुवात भएको १४ वर्ष भएको छ भने सर्वोच्चमा दर्ता भएको १२ वर्ष भएको छ। अख्तियारले सुरुमा विशेष अदालतमा दायर गर्‍यो। विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुगेको थियो। सरकारले २०६८ साल असोज ३० गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेको थियो। सर्वोच्चले दिनेशनाथ चालिसेसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पुनरावेदन दर्ता गरेको थियो। 

यो मुद्दा मुद्दामा रमाइलो पक्ष के छ भने, कुनै समय प्रतिवादीका कानुन व्यवसायी पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की थिए। कार्कीले मुख्य कानुन व्यवसायीको रुपमा बहस थालेको यो मुद्दा उनी प्रधानन्यायाधीश भएर अवकाश भइसक्दा समेत सुनुवाइ भएर फैसला हुने पालो कुरेर बसेको छ। यो मुद्दामा २०७९ साउन २४ गते मिसिल कागज झिकाउने आदेश गरेपछि सुनुवाइ सुरु भएको थियो। 

सर्वोच्चमा यो भन्दा पुरानो भ्रष्टाचारको मुद्दा पनि विचाराधीन छ। लाउडा प्रकरणको मुद्दा रायमाझी हुँदै एकपछि अर्को इजलासमा सरेर फेसला हुन बाँकी नै छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पूर्वमन्त्री गोविन्द जोशीलगायत विरुद्ध अख्तियारले दायर गरेको केही पुराना भ्रष्टाचारका मुद्दामा फैसला हुन बाँकी छन्। यो मुद्दा पनि ती पुरान मुद्दामध्येको एक हो।  

यो मुद्दालाई १५ पटकसम्म कानुन व्यवसायीले नै स्थगित गराएका छन्। सामान्यता तीन पटकसम्म स्थगित गराउने अभ्यास छ।  यो धेरै पटक ‘हेर्न नमिल्ने र हेर्न नभ्याइने’मा हुँदै आएको छ। 

के थियो सिल्भर फाइबर भ्रष्टाचार?
गैंडाकोटमा रहेको उक्त टेक्सटायलका लागि ऋण लिने प्रक्रियामा नागरिक लगानी कोषको रकम दुरुपयोग भएको भनी अख्तियारमा उजुरी परेपछि विवाद सुरु भयो। यो विवादमा आयोगले २०६६ साल वैशाख ३० गते सिल्भर फाइबर टेक्सटायल मिल्स प्रालिको गैंडाकोटका सञ्चालकसहित ९ जनामाथि अनुसन्धान गर्दै भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

अख्तियारले सञ्चालकहरु ठाकुरप्रसाद थापा, जीवन विष्ट, किशोर बास्कोटा, दिनेशनाथ चालिसे, तत्कालीन नेपाल बंगलादेश बैंकका प्रबन्ध निर्देशक भट्टराई, सहायक प्रबन्धक शर्मा, बैंक अधिकृत पाण्डे, त्यसैगरी राजेशराज कर्णिकार लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले कर्मचारी सञ्चयकोषबाट रकम लिँदा बदनियत देखिएको भन्दै १९ करोड ६८ लाख १३ हजार चार सय १५ रूपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो। 

तत्कालीन नेपाल बंगलादेश बैंकको अगुवाइमा कर्मचारी सञ्चयकोषबाट उद्योगका लागि ऋण लिइएको  थियो। 

सिल्भर फाइबर टेक्सटायल मिल्स प्रालिले उत्पादन गरेका वस्तु विदेश निर्यात हुने गरेको झुटो प्रतिवेदन बनाई ऋण लिइएको र यसबाट नागरिक लगानी कोषको रकम दुरुपयोग गरिएको दाबी अख्तियारले गरेको थियो।  

अख्तियारले उद्योग सञ्चालक, झुटा कागजात बनाउन सघाउने लेखा परीक्षक, कर्मचारी लगायत ९ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो। 

उनीहरुले ऋण लिने समयमा उद्योग नाफामा रहेको देखाएको अनि सरकारलाई कर बुझाउँदा उद्योग नोक्सानमा रहेको देखाएको भन्दै अख्तियारले अनुसन्धान थालेको थियो। 

कोषबाट ऋण लिए लगत्तै उद्योग नै बन्द भएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यो विवादमा  विशेष अदालतले सिल्भर फाइबर टेक्सटायल मिलका सञ्चालक ठाकुरप्रताप थापालाई  दोषी ठहर गर्दै ६ महिना कैदको फैसला सुनाएको थियो।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, न्यायाधीशहरू केदारप्रसाद चालिसे र ओमप्रकाश मिश्रको इजालसले सञ्चालक थापालाई दोषी ठहर गरेको थियो। 

मिलका आर्थिक सल्लाहकार किशोर बास्कोटालाई पनि ६ महिनाको कैद सजाय सुनाएको थियो। परियोजनाको मूल्यांकन गर्ने दिनेशनाथ चालिसे र तत्कालीन नेपाल बंगलादेश बैंकका कर्मचारीले कसुर गरेको नदेखिएको भन्दै अदालतले सफाइ दिएको थियो। सफाइ दिने निर्णय विरुद्ध सरकारले सर्वोच्च गुहारेको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन
सम्बन्धित सामग्री
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुन... बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन सरकारको नीति तथा कार्यक्रमको छलफलको प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नआएपछि बुधबार बैठकमा अवरोध भएको हो । बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्