काठमाडौं- बडादशैंको अवसर पारेर डिस होम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो। उक्त अफर घटस्थापनाको शुभ अवसर पारेर डिस होम फाइबर नेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो। अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने थिए।
जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने थिए।
उक्त अफरको ग्राहकहरुबाट अत्यधिक प्रतिक्रिया आएको हुनाले कम्पनीले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिस होम फाइबरनेटको "फेस्टिभ १२ महिने प्याकेज" अफरलाई छठ पर्वको दिनसम्म अर्थात मङ्सिर 0३ गते सम्मका लागि थप गरेको जनाएको छ।
थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिस होम फाइबर नेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।