• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
अपहरण उद्योग कसुरमा सर्वोच्च अदालतको पहिलो व्याख्या– कार्यको तयारी भएर मात्र हुँदैन, पूरा हुनुपर्छ
64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०८०  ०८:००
1140x725

काठमाडौं– सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर सिद्धात कायम गरेको छ। मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग भन्ने राजु मगर रहेको मुद्दामा सर्वोच्च अदालतले विस्तृत व्याख्या गरेको हो।

न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले अपरहण उद्योगको बारेमा विस्तृत व्याख्या पहिलो पटक गरेको हो। हालैमात्र सार्वजनिक भएको पूर्णपाठमा अपहरण कसरी हुने र कस्तो सजाय हुने भन्नेबारेमा विस्तृत व्याख्या गरिएको छ।

‘कसुरदारको अपहरण गर्ने मनसाय भए तापनि पीडितलाई एक ठाउँबाट अर्को ठाउँ लैजाने कार्य पूर्ण भइसकेको छैन भने अपहरणको कसुरले पूर्णता पाएको अवस्था नहुने भए तापनि त्यस्तो कसुरलाई अपहरणको उद्योग गरेको भन्नसम्म मिल्ने देखिँदैन,’ सर्वोच्चले व्याख्या गरेको छ, ‘घटना भएको कार्य सुरुवात मात्र भएर हुँदैन, पूरा पनि भएको हुनुपर्छ।’ 

अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योगसम्बन्धी पहिलो नजिर भएका कारण यस फैसलाले उद्योगसम्बन्धी कसुरको विधिशास्त्र एवं नेपाली कानुनी क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने फौजदारी कानुनका जानकारहरुको टिप्पणी छ। 

साथै, सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजिर सिद्धान्तलाई नेपाल कानुन पत्रिकामा प्रकाशन गर्ने प्रचलन अनुरुप यस फैसलालाई पनि कात्तिक अंकमा प्रकाशन गरिनेछ। 

यस्तो थियो घटना 
२०६६ माघ १४ गते पीडित मिलन मग्राती सरसामान लिन को १ त ३९०० नम्बरको ट्र्याक्टरमा विराटनगरतर्फ जाँदै थिए। विराटनगरतर्फ जाँदै गर्दा बाटोमा पर्ने इटहरीस्थित गोर्खा डिपार्टमेन्ट अगाडि प्रतिवादी राजु मगर र सुमन लुइँटेलले पेस्तोल देखाउँदै उनलाई रोके। पेस्तोल देखाउँदै ‘हामीले भनेको ठाउँमा लैजाउ नत्र मारिदिन्छु’ भनेपछि पीडितले अभियुक्तहरुले भनेबमोजिमकै ठेगानामा पुर्‍याएका थिए।

बाटोमा खनार गाविस वडा नम्बर ३ मा पुग्दा भने प्रहरीले हस्तक्षेप गरेपछि पीडित मिलन मग्राती अपहरणमुक्त भएका थिए। तत्पश्चात् अभियुक्त राजु मगर र सुमन लुइँटेललाई अनुसन्धान गरी अपहरण र अन्य कसुरमा मुद्दा दायर भयो। उनीहरुविरुद्ध मुलुकी ऐन, २०२० को अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महल १, २ र ३ नम्बरको कसुरको सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर भयो। 

मुद्दाको सुनुवाइ गर्ने क्रममा सुनसरी जिल्ला अदालतले अभियुक्तहरुलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महल १, २ र ३ नम्बर र ५ नम्बर बमोजिम जनही ५ वर्षको कैद र ७५ हजार जरिवाना गर्ने फैसला सुनायो। त्यस्तै, मुलुकी ऐनको सोही महलको ७ नम्बर बमोजिम थप २ वर्ष थप कैद सजाय हुने फैसला पनि सुनायो।

Ncell 2
Ncell 2

उक्त फैसला स्वीकार नगरी अभियुक्तहरुले पुनरावेदन गरे। जिल्लाको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावेदन अदालत, विराटनगरमा मुद्दा दायर भएपछि तत्कालीन पुनरावेदन हाल उच्च अदालत विराटनगरले अपहरण तथा शरीर बन्धक लिने कसुरको उद्योग गरेको ठहर गरी थप २ वर्ष कैद सजाय गरेसम्मको जिल्ला अदालतको फैसला नमिलेको भनी आंशिक उल्टी गर्ने निर्णय सुनायो। उनीहरुलाई अभियोगमा सफाइ दिएन, थप कैद गर्ने निर्णय मात्र बदर गर्‍यो।  

पुनरावेदन अदालत, विराटनगरको फैसलामा चित्त नबुझेपछि सरकारी पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्‍यो। उक्त पुनरावेदनमा फैसला सुनाउँदै सर्वोच्चले अपहरण उद्योगको बारेमा विस्तृत व्याख्या गरेको हो। यो नजिरसँगै अब अपहरण उद्योगका बारेमा अदालतले यही हेरेर निर्णय गर्न सक्नेछ। 

सर्वोच्चको व्याख्या  
दुई न्यायाधीश माथेमा र फुयाँलको इजलासले प्रहरीले तत्काल हस्तक्षेप गरी अपहरण तथा शरीर बन्धक लिने कार्य सम्पन्न हुन नदिएको कारण अपहरण तथा शरीर बन्धक लिने अपराध पूर्ण नभइसकेको हुनाले उद्योगसम्मको कसुर गरेको ठहर हुने इजलासको निष्कर्ष निकालेको छ। 

अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योगबारे उल्लेख गरिएको यो पहिलो व्याख्या भएको हुनाले फैसलामा यस कसुरको बारेमा विस्तृत व्याख्या समेत गरिएको छ। अपहरण तथा शरीर बन्धक लिने कसुरको उद्योग सम्बन्धी सैद्धान्तिक विश्लेषण गर्ने क्रममा सर्वोच्चले अन्य कसुरको उद्योगका सम्बन्धमा सर्वोच्च अदालतले प्रतिपादन गरेका नजिर एवं तुलनात्मक क्षेत्राधिकारमा रहेका मूल्य मान्यता समेतको विवेचना गरेको छ।  

shivam cement

shivam cement

‘अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग हुनमा अभियुक्तको त्यस्तो कार्य गर्ने मनसाय यथेष्ठ रूपमा प्रमाणित हुनुपर्छ। अपहरण गर्ने कार्यको तयारी पूरा भएको हुनुपर्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘अपहरण तथा शरीर बन्धक लिन त्यस्तो तयारी प्रदर्शन भइ पीडितलाई नियन्त्रण वा कब्जामा लिने प्रयत्न भएको वा नियन्त्रण वा कब्जामा लिइ उक्त कार्य पूरा गर्ने क्रममा कसैको हस्तक्षेप भएको वा अभियुक्त त्यस्तो कार्य गर्न ‘डेन्जरस प्रोक्सिमिटी टु द इन्ड अर सोर्स’को नजिक पुगी असफल भएको हुनुपर्छ।’ 

उद्योगसम्बन्धी अपराधमा अपराधी र आपराधिक कार्य दुवै दुरुत्साहन गर्ने अपराध कानुनको उद्देश्य हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ। 

‘उद्योगसम्बन्धी अपराधमा सजायको उद्देश्य अपराधीलाई मात्र दुरूत्साहन गर्ने नभई खतरनाकपूर्वक गरिने आपराधिक कार्यलाई पनि दुरूत्साहन गर्नु भएकाले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ५ नम्बरको ‘कसुर गरी नसकेको’ र मुलुकी अपराध संहिता, २०७४ को दफा ३४(१) को ‘कसुर गर्ने’ मनसायसहित पीडितलाई नियन्त्रण वा कब्जामा लिएको देखिएन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘एक्सटर्नस फ्याक्टरको रूपमा तत्कालै प्रहरीले हस्तक्षेप गरी पीडितलाई छुटाइ अपहरणको कार्य पूर्ण हुन नसकेको अवस्थामा कसुरदारहरू डेन्जरस प्रोक्सिमिटी टु द इन्ड अर सक्सेसको अवस्थामा मात्र पुगेको, तर कसुर गरी नसकेको अवस्था मान्नु पर्ने देखिन्छ।’

सर्वोच्चले उक्त विवादमा पुनरावेदन अदालत, विराटनगरको फैसला सदर  पनि गरेको छ। सर्वोच्चको पूर्णपाठमा सरकार पक्षको पुनरावेदन जिकिर नपुग्ने ठहर गरेको छ। 

कसुरदार राजु मगर र सुमन लुइँटेलले जनही ५ वर्ष कैद र  ७५,००० जरिवाना सजाय हुने गरी सुनसरी जिल्ला अदालतको फैसला आंशिक उल्टी भइ पुनरावेदन अदालतको सदर भएको छ। जिल्लाले थप २ वर्ष सजाय हुने भनेकोमा सर्वोच्चले त्यसलाई अस्वीकार गरेको छ। त्यस्तै उक्त घटनासँग जोडिएकी गोमादेवी लिम्बुलाई सर्वोच्चले पनि सफाइ दिएको छ। 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
अमेरिकाका लियो चौधौँ २६७औँ पोप निर्वाचित
भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेटेर भने: आतंकवादीविरुद्धको समर्थनका लागी धन्यवाद
सम्बन्धित सामग्री
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ। अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीक... शुक्रबार, वैशाख २६, २०८२
पाँच शताब्दी पुरानो गुम्बाकाे जीर्णोद्धार गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मत सम्भार गरिएको छ । बिहीबार, वैशाख २५, २०८२
निःशुल्क आँखा शिविरबाट सात सय जना लाभान्वित मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालका अनुसार  शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित ७४ जनाको मोतियाविन्दु... बिहीबार, वैशाख २५, २०८२
ताजा समाचारसबै
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
अमेरिकाका लियो चौधौँ २६७औँ पोप निर्वाचित शुक्रबार, वैशाख २६, २०८२
भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेटेर भने: आतंकवादीविरुद्धको समर्थनका लागी धन्यवाद शुक्रबार, वैशाख २६, २०८२
सुशासन कस्तो हुन्छ २०८४ पछि देखाउँछौं :रास्वपा शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्