• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अपहरण उद्योग कसुरमा सर्वोच्च अदालतको पहिलो व्याख्या– कार्यको तयारी भएर मात्र हुँदैन, पूरा हुनुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०८०  ०८:००
1140x725

काठमाडौं– सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर सिद्धात कायम गरेको छ। मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग भन्ने राजु मगर रहेको मुद्दामा सर्वोच्च अदालतले विस्तृत व्याख्या गरेको हो।

न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले अपरहण उद्योगको बारेमा विस्तृत व्याख्या पहिलो पटक गरेको हो। हालैमात्र सार्वजनिक भएको पूर्णपाठमा अपहरण कसरी हुने र कस्तो सजाय हुने भन्नेबारेमा विस्तृत व्याख्या गरिएको छ।

‘कसुरदारको अपहरण गर्ने मनसाय भए तापनि पीडितलाई एक ठाउँबाट अर्को ठाउँ लैजाने कार्य पूर्ण भइसकेको छैन भने अपहरणको कसुरले पूर्णता पाएको अवस्था नहुने भए तापनि त्यस्तो कसुरलाई अपहरणको उद्योग गरेको भन्नसम्म मिल्ने देखिँदैन,’ सर्वोच्चले व्याख्या गरेको छ, ‘घटना भएको कार्य सुरुवात मात्र भएर हुँदैन, पूरा पनि भएको हुनुपर्छ।’ 

अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योगसम्बन्धी पहिलो नजिर भएका कारण यस फैसलाले उद्योगसम्बन्धी कसुरको विधिशास्त्र एवं नेपाली कानुनी क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने फौजदारी कानुनका जानकारहरुको टिप्पणी छ। 

साथै, सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजिर सिद्धान्तलाई नेपाल कानुन पत्रिकामा प्रकाशन गर्ने प्रचलन अनुरुप यस फैसलालाई पनि कात्तिक अंकमा प्रकाशन गरिनेछ। 

यस्तो थियो घटना 
२०६६ माघ १४ गते पीडित मिलन मग्राती सरसामान लिन को १ त ३९०० नम्बरको ट्र्याक्टरमा विराटनगरतर्फ जाँदै थिए। विराटनगरतर्फ जाँदै गर्दा बाटोमा पर्ने इटहरीस्थित गोर्खा डिपार्टमेन्ट अगाडि प्रतिवादी राजु मगर र सुमन लुइँटेलले पेस्तोल देखाउँदै उनलाई रोके। पेस्तोल देखाउँदै ‘हामीले भनेको ठाउँमा लैजाउ नत्र मारिदिन्छु’ भनेपछि पीडितले अभियुक्तहरुले भनेबमोजिमकै ठेगानामा पुर्‍याएका थिए।

बाटोमा खनार गाविस वडा नम्बर ३ मा पुग्दा भने प्रहरीले हस्तक्षेप गरेपछि पीडित मिलन मग्राती अपहरणमुक्त भएका थिए। तत्पश्चात् अभियुक्त राजु मगर र सुमन लुइँटेललाई अनुसन्धान गरी अपहरण र अन्य कसुरमा मुद्दा दायर भयो। उनीहरुविरुद्ध मुलुकी ऐन, २०२० को अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महल १, २ र ३ नम्बरको कसुरको सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर भयो। 

मुद्दाको सुनुवाइ गर्ने क्रममा सुनसरी जिल्ला अदालतले अभियुक्तहरुलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महल १, २ र ३ नम्बर र ५ नम्बर बमोजिम जनही ५ वर्षको कैद र ७५ हजार जरिवाना गर्ने फैसला सुनायो। त्यस्तै, मुलुकी ऐनको सोही महलको ७ नम्बर बमोजिम थप २ वर्ष थप कैद सजाय हुने फैसला पनि सुनायो।

nimb
nimb
Ncell 2
Ncell 2

उक्त फैसला स्वीकार नगरी अभियुक्तहरुले पुनरावेदन गरे। जिल्लाको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावेदन अदालत, विराटनगरमा मुद्दा दायर भएपछि तत्कालीन पुनरावेदन हाल उच्च अदालत विराटनगरले अपहरण तथा शरीर बन्धक लिने कसुरको उद्योग गरेको ठहर गरी थप २ वर्ष कैद सजाय गरेसम्मको जिल्ला अदालतको फैसला नमिलेको भनी आंशिक उल्टी गर्ने निर्णय सुनायो। उनीहरुलाई अभियोगमा सफाइ दिएन, थप कैद गर्ने निर्णय मात्र बदर गर्‍यो।  

पुनरावेदन अदालत, विराटनगरको फैसलामा चित्त नबुझेपछि सरकारी पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्‍यो। उक्त पुनरावेदनमा फैसला सुनाउँदै सर्वोच्चले अपहरण उद्योगको बारेमा विस्तृत व्याख्या गरेको हो। यो नजिरसँगै अब अपहरण उद्योगका बारेमा अदालतले यही हेरेर निर्णय गर्न सक्नेछ। 

सर्वोच्चको व्याख्या  
दुई न्यायाधीश माथेमा र फुयाँलको इजलासले प्रहरीले तत्काल हस्तक्षेप गरी अपहरण तथा शरीर बन्धक लिने कार्य सम्पन्न हुन नदिएको कारण अपहरण तथा शरीर बन्धक लिने अपराध पूर्ण नभइसकेको हुनाले उद्योगसम्मको कसुर गरेको ठहर हुने इजलासको निष्कर्ष निकालेको छ। 

अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योगबारे उल्लेख गरिएको यो पहिलो व्याख्या भएको हुनाले फैसलामा यस कसुरको बारेमा विस्तृत व्याख्या समेत गरिएको छ। अपहरण तथा शरीर बन्धक लिने कसुरको उद्योग सम्बन्धी सैद्धान्तिक विश्लेषण गर्ने क्रममा सर्वोच्चले अन्य कसुरको उद्योगका सम्बन्धमा सर्वोच्च अदालतले प्रतिपादन गरेका नजिर एवं तुलनात्मक क्षेत्राधिकारमा रहेका मूल्य मान्यता समेतको विवेचना गरेको छ।  

‘अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग हुनमा अभियुक्तको त्यस्तो कार्य गर्ने मनसाय यथेष्ठ रूपमा प्रमाणित हुनुपर्छ। अपहरण गर्ने कार्यको तयारी पूरा भएको हुनुपर्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘अपहरण तथा शरीर बन्धक लिन त्यस्तो तयारी प्रदर्शन भइ पीडितलाई नियन्त्रण वा कब्जामा लिने प्रयत्न भएको वा नियन्त्रण वा कब्जामा लिइ उक्त कार्य पूरा गर्ने क्रममा कसैको हस्तक्षेप भएको वा अभियुक्त त्यस्तो कार्य गर्न ‘डेन्जरस प्रोक्सिमिटी टु द इन्ड अर सोर्स’को नजिक पुगी असफल भएको हुनुपर्छ।’ 

उद्योगसम्बन्धी अपराधमा अपराधी र आपराधिक कार्य दुवै दुरुत्साहन गर्ने अपराध कानुनको उद्देश्य हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ। 

‘उद्योगसम्बन्धी अपराधमा सजायको उद्देश्य अपराधीलाई मात्र दुरूत्साहन गर्ने नभई खतरनाकपूर्वक गरिने आपराधिक कार्यलाई पनि दुरूत्साहन गर्नु भएकाले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ५ नम्बरको ‘कसुर गरी नसकेको’ र मुलुकी अपराध संहिता, २०७४ को दफा ३४(१) को ‘कसुर गर्ने’ मनसायसहित पीडितलाई नियन्त्रण वा कब्जामा लिएको देखिएन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘एक्सटर्नस फ्याक्टरको रूपमा तत्कालै प्रहरीले हस्तक्षेप गरी पीडितलाई छुटाइ अपहरणको कार्य पूर्ण हुन नसकेको अवस्थामा कसुरदारहरू डेन्जरस प्रोक्सिमिटी टु द इन्ड अर सक्सेसको अवस्थामा मात्र पुगेको, तर कसुर गरी नसकेको अवस्था मान्नु पर्ने देखिन्छ।’

सर्वोच्चले उक्त विवादमा पुनरावेदन अदालत, विराटनगरको फैसला सदर  पनि गरेको छ। सर्वोच्चको पूर्णपाठमा सरकार पक्षको पुनरावेदन जिकिर नपुग्ने ठहर गरेको छ। 

कसुरदार राजु मगर र सुमन लुइँटेलले जनही ५ वर्ष कैद र  ७५,००० जरिवाना सजाय हुने गरी सुनसरी जिल्ला अदालतको फैसला आंशिक उल्टी भइ पुनरावेदन अदालतको सदर भएको छ। जिल्लाले थप २ वर्ष सजाय हुने भनेकोमा सर्वोच्चले त्यसलाई अस्वीकार गरेको छ। त्यस्तै उक्त घटनासँग जोडिएकी गोमादेवी लिम्बुलाई सर्वोच्चले पनि सफाइ दिएको छ। 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्