• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकार! अवसरको सदुपयोग गरौं

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २२, २०७५  ०२:२०
1140x725

सन् १९४८ को अक्टोबर महिनातिर, आजभन्दा लगभग ७० वर्षअघि, जुन समय नेपालमा प्रजातन्त्र पुर्नस्थापना हुनुपर्छ भनी नेपाली कांग्रेसलगायतका प्रजातान्त्रिक शक्तिहरू लड्दै थिए। त्यतिबेला विपी कोइराला, गणेशमान सिंहलगायतका नेताको अगुवाईमा केही अवधारणा बाहिर ल्याइएको थियो। राजनीतिक वृत्तमा ‘महाराजधिराजको अधिनायकत्वमा उत्तरदायी शासन व्यवस्था स्थापना गर्ने’ भनिएको थियो। आर्थिक, सामाजिक क्षेत्रमा ‘नेपालमा भोका नाङ्गा र निरक्षर कोही नहुन्’ भनिएको थियो। तत्कालीन समयका नेताले देशमा सडक, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराको अभाव नहोस् भनी इच्छाएका थिए। मुख्य विचारलाई साधन र साध्यको रुपमा परिभाषित गरिएको थियो। 

७० वर्षअघि नेपालजस्तो गरिब देशमा ल्याइएका ती अवधारणा आजसम्म पनि विकसित देशले अंगालिरहेको छन्। खुसीकै विषयमा धेरै साहित्य नै जन्मिसकेकोे छ। मान्छेको जीवनको अन्तिम लक्ष्य खुसी हुनु नै हो। आर्थिक अवस्थाले माध्यमको कार्य गर्न सक्छ। तर, मानिसको अन्तिम बिन्दु चाँहि खुसी नै हो। भुटानले मार्केटिङ टुलका रुपमा ‘ह्याप्पिनेस टुल र ह्याप्पिनेस इण्डेक्स’जस्ता सूचकका आधारमा पनि मानिसको खुशी मापन गर्न थालिसकेको छ।

पछिल्लो समय संयुक्त राष्ट्रसंघमा पनि ‘ह्याप्पिनेस’को अवधारणा ल्याइएको छ। विश्वभर चर्चित रहेका प्राध्यापक रिचार्ड गेहार्ड तथा अन्य प्राध्यापकको सहयोगमा राष्ट्रसंघले वार्षिक खुशीपनाका सूचकसहितको प्रतिवेदन नै गर्ने गरेको छ। विश्वमा अहिले उठाइरहेका विषय ७० वर्षअघि नै विपी, गणेशमान लगायतका नेताले उठाएका थिए। 

त्यस बेला उठाएका अवधारणालाई कुन रूपमा परिभाषित गर्ने भन्ने हो। व्याख्यालाई कसरी समायानुकूल बनाउने भन्ने चुनौती छ। तत्कालीन समयका नेतामा बडो स्पष्ट धारणा थियो। उत्पादन बढाउनु पर्ने मान्यता त्यही समयमा उठेको थियो। वितरणका लागि इकोसिस्टममा महत्व दिइएको थियो। उत्पादन र वितरणलाई समन्वय गर्न ‘लिबरल डेमोक्रेटिक आर्किटेक्ट’ ल्याइएको थियो। ती अवधारणालाई २१औं शताब्दीमा हामीले पुनर्परिभाषित गर्दै लानुपर्छ। 

संयुक्त राष्ट्रसंघ मार्फत् विश्वका झण्डै २ सय मुलकले अनुशरण गरेको दिगो विकास लक्ष्यको ‘फ्रेमलाइन’ले आगामी १०÷१२ वर्षका लागि मार्गनिर्देशन गर्छ। नेपालमा ‘समृद्धि’ शब्दको अधिक प्रयोग गरिएको छ। अधिक प्रयोगसँगै महत्व भने कमजोर बन्दै गएको छ, गुम्दै गएको छ। दिगो आर्थिक वृद्धि, सामाजिक प्रगति र राजनीतिक स्वतन्त्रताजस्ता विषय सम्बोधन गर्ने गरी ‘समुन्नत नेपाल र सम्पन्न नेपाली’ अवधारणा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले प्रकाशमा ल्याएको छ। वातावरणको अवाञ्छित दोहन नगरिकन दिगो आर्थिक वृद्धि, सामाजिक प्रगतिका लागि लोककल्याणकारी राज्यको अवधारणा ल्याइएको छ। राजनीतिक स्वतन्त्रतालाई अघि बढाउनको लागि उदार लोकतान्त्रीक व्यवस्थाको परिकल्पना गरिएको छ। विगतलाई पनि न्याय गर्ने गरी २१औं शताब्दीको आधुनिक ‘भिजन’ छ, यसमा। 

दिगो विकासको लक्ष्यमा १७ वटा सूचक, १ सय ६९ वटा ‘टार्गेट’ र करीव २ सय ३० भन्दा बढि सह–सूचकांकको खाका बनाइएको छ। त्यसमा नपरेका विषयहरू कमै छन्। 

विकासको क्रममा प्रारम्भिक चरणमा कुन महत्वपुर्ण हो, त्यसपछि कुनलाई महत्व दिनेजस्ता पनि हामी छलफल गर्न सकिन्छ । चामत्कारिक विकास गर्न सकियो भने सन् २०३०सम्ममा नेपाल पनि आजको श्रीलंकाको स्थानमा पुग्ने हो। आगामी १० देखि १२ वर्षसम्ममा  तीन हजारसम्मको प्रतिव्यक्ति आय गराउन सकियो भने ठूलो उपलब्धि मान्नुपर्छ। सँगसँगै गरिबी पनि घटाउन सकिन्छ। 

वि.सं. २०४८ पछि गरिबी घट्दै आएर १९÷२० प्रतिशतको हारहारीमा पुगेको छ। गरिबीका मापदण्डहरू पनि पुनर्मुल्यांकन हुँदै आएका छन्। सन् २०३० सम्ममा गरिबी शुन्यमै पुग्छ भन्दा अविश्वसनीय हुन्छ। तर, तीन प्रतिशतभन्दा चाँहि कम नै हुन्छ। भोकमरी अन्त्य नै हुन्छ। भोकमरी हटाउने प्रधानमन्त्रीका भाषण विश्वव्यापी संकल्प अनुसार आएका हुन्। नेपालले एक्लै भोकमरी निमूल गर्ने भन्ने होइन।

nimb
nimb
Ncell 2
Ncell 2

लोककल्याणकारी समाजवादी अवधारणा शिक्षा, स्वास्थ्य, आवास, यातायात र सामाजिक सुरक्षाका विषयमा राज्य र नीजि क्षेत्रबीच सहकार्य हुनुपर्छ। कतिपय क्षेत्रमा नीजि क्षेत्र अघि आउनुपर्छ, त्यसलाई राज्यले सहजीकरण गरिदिनुपर्छ। कुनै क्षेत्रमा सम–उन्नतिका लागि नीजि क्षेत्रले राज्यलाई नै अघि सार्नुपर्छ। स्वच्छ पर्यावरणलाई अति नै ध्यान दिनुपर्छ। पछिल्लो अवस्था हेरियो भने रत्नपार्कमा भन्दा लुम्बिनीमा वातावरण बिग्रेको छ। 

‘ब्ल्याक कार्बन’को प्रदूषण, नेपालमा भएको औद्योगिकीकरणले होइन कि भारतको उत्तर प्रदेशबाट आएको वायु प्रदूषणले सिर्जित समस्या हो। जलवायु परिवर्तनले ऊर्जा, कृषि र पर्यटनमा समस्या निम्त्याएको छ। सर्वांगीण विकासका लागि जलवायुको प्रभावलाई पनि ध्यान दिनुपर्छ। 

लोकतान्त्रिक संस्कृति, मौलिक हकको प्रत्याभूति, राजनीतिक स्वतन्त्रताजस्ता विषयलाई सम्पन्नताको आयामका रूपमा अघि बढाउनुपर्छ। पछिल्लो समय खड्केको राष्ट्रिय चेतनाको अभिवृद्धि गर्न जागृत भएको आशावादी नेपाली समाज निर्माण गर्नुपर्नेछ।

सरकारका ६ महिनाको मूल्यांकन गर्दैगर्दा आशातीत छलाङ मार्न सरकारले सकेन। लोकतान्त्रिक प्रणालीको सुदृढीकरण महत्वपूर्ण विषय हो। लोकतन्त्रका दुई आयाम हुन्छन्। पहिलो कुरा आवधिक निर्वाचनको कर्मकाण्डी प्रक्रिया हो भने अर्को, संवैधानिक उदारवादका मुख्य मान्यता। 

कहिलेकाँही प्रजातान्त्रिक शक्तिहरूमा पनि के भ्रम रहन्छ भने चुनाव गर्नासाथ लोकतान्त्रिक भइन्छ। त्यसो हुँदै गर्दा पनि संवैधानिक व्यवस्थाका कतिपय कुराहरू ओझेलमा परिरहेका हुन्छन्। 

कम्बोडियाको कर्मकाण्डी चुनावले कुन रूपमा लोकतन्त्र धरापमा पारेको छ, बुझ्न सकिन्छ। ८२ प्रतिशत मत खसेको छ। १ सय २५ सिटमा सबै सिट हुन सेनको कम्बोडियन पिपुल्स पार्टीले जितेको छ। शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न भएको छ। तर, छ महिना अघिको अवस्था हेर्दा विपक्षी दल ‘कम्बोडियन नेसनल रेस्क्यू पार्टी’ लाई भंग गरिएको थियो। निर्वाचन भएको र प्राप्त मतलाई हेर्दा शतप्रतिशत प्रजातान्त्रिक प्रक्रिया भयो। तर, सहिष्णुता, विपक्षी दल प्रति गरिएको व्यवहार हेरियो भने लोकतान्त्रिक अभ्यास छँदै छैन। कानुनी नियम, शक्ति पृथकीकरणको सिद्धान्त ,मौलिक हकको प्रत्याभूति त्यहाँको निर्वाचनमा देखिँदैन। 

झण्डै १ सय ५० वर्षअघि बेलायतमा भएको निर्वाचनमा जम्मा सात प्रतिशत जनताले मात्र मत खसाल्न पाउने व्यवस्था थियो। महिलालाई मतदान गर्ने अधिकार थिएन। धेरै वर्गलाई वञ्चित गरिएको थियो। कर्मकाण्डी चुनावको हिसाबले अलोकतान्त्रिक व्यवस्थामा पनि शक्ति पृथकीकरण, कानुनी राज्य र सम्पत्तिको अधिकारमा बेलायतले उन्नत अभ्यास गर्न थालिसकेको थियो। संवैधानिक उदारवाद र आवधिक निर्वाचन फरक–फरक धारणाबाट आएका हुन्। पश्चिमा अभ्यास हेर्दा सँगसँगै आएजस्तो देखिन्छ। यसका चुनैतीहरु क्रमशः आइरहेका छन्।

कम्बोडिया, भेनेजुयला, रसिया, फिलीपिन्स, पोल्याण्ड, हंगेरीमा संवैधानिक उदारवाद र आवधिक निर्वाचनका चुनौती देखिएका छन्। नेपालमा पनि कहिलेकाँही लोकतान्त्रिक अभ्यासका दुई मापदण्ड छुट्टिन खोजेजस्तो पनि देखिन्छ। चुनावी प्रक्रियाबाट शानदार मत प्राप्त सरकार छ। लोकतान्त्रिक मूल्य मान्यतालाई कतिपय सन्दर्भमा छोडेको देखिन्छ। 

जुद्ध शमशेरको समयपछि वर्तमान सरकारलाई सुवर्ण अवसर आएको  छ। ठूला विचार, नीतिगत प्रस्थान, क्रमभंगता भने देखिएको छैन। २०१५ र २०४८ सालमा कांग्रेसको सरकारले गरेका केही आर्थिक सुधारका काम वर्तमान सरकारले पनि गर्नसक्ने अवस्था छ। डिर्पाचरका कुराहरू अहिले देखिएन। अवसर आउँदा नयाँ तरिकाले जान सक्नैपर्छ। 


(गणेशमान सिंह अध्ययन प्रतिष्ठानको १६औं साधारण सभालाई अर्थविद् डा स्वर्णिम वाग्लेले गरेको सम्बोधनको सम्पादित अंश)


 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५  ०२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
कुन कुन राजमार्ग अवरुद्ध छन्?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्