• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संगठित अपराधबारे सर्वोच्चको विस्तृत व्याख्या– अल्पकालीन समूह बनाएर कसुर गर्दैमा ठहर हुँदैन

64x64
नेपाल लाइभ बिहीबार, भदौ १४, २०८०  १९:४५
1140x725

काठमाडौं– फौजदारी अपराधको अनुसन्धानका लागि आरोपीहरुलाई सबैभन्दा बढी समय हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कसुरमध्ये एक हो संगठित अपराध। संगठित अपराध ऐन २०७० को दफा १४ मा आरोपीलाई पटक–पटक गरेर ६० दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ। 

लामो समयसम्म हिरासतमा राख्न मिल्ने भएकाले पनि अहिले धेरैजसो फौजदारी कसुरको अनुसन्धानमा संगठित अपराधको कसुरलाई पनि जोड्ने गरिन्छ। हाल चर्चामा रहेको सुन तस्करी प्रकरण र ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्‍यो, गरिरहेको छ। 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउन सरकारी लिखत तथा दस्तखत किर्ते भएको कसुरमा अनुसन्धान गर्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संगठित अपराधलाई पनि जोडेको थियो। संगठित रुपमा नै सरकारी लिखत तथा दस्तखतहरु किर्ते गरेर सरकारी जग्गा व्यक्तिको बनाइएको निष्कर्षसहित सीआईबीले सरकारी वकिललाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालय काठमाडौंले भने ललिता निवास प्रकरणमा संगठित अपराधको कसुरको अभियोगमा मागदाबी नगरी  किर्तेमा मात्रै मुद्दा दर्ता गर्‍यो। 

यो पनि पढ्नुहोस

ललिता निवास प्रकरण: किर्तेको कसुरमा मुद्दा दर्ता, संगठित अपराधमा मुद्दा नचल्ने

फौजदारी कानुनका जानकारहरु अपराध गम्भीर हुँदैमा त्यसलाई संगठित अपराध भन्न नमिल्ने बताउँछन्। अपराध घटाउन संगठित रुपमा संलग्नताको अवस्था देखिए मात्रै त्यसलाई संगठित अपराध भन्न सकिन्छ। संगठित अपराधको अनुसन्धान र अभियोजनका सन्दर्भमा फरक–फरक अभ्यास र मतहरु प्रकट भइरहेका बेला सर्वोच्च अदालतले एउटा नयाँ व्याख्या गरेको छ। 

अपहरण तथा शरीर बन्धकको कसुरसँगै संगठित अपराधको कसुर समेत जोडिएको एउटा मुद्दाको फैसलामा सर्वोच्च अदालतका न्यायाधीशहरु  ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले ‘केही व्यक्ति मिलेर एकपटक मात्र लाभ लिने गरी समूह बनाएर कसुर गर्दैमा  संगठित अपराध ठहर नहुने’  व्याख्या गरेको हो।   

केही व्यक्ति मिलेर अल्पकालीन वा एकपटक मात्र लाभ लिने प्रकृतिको समूहमा कुनै कसुर गरे भन्दैमा संगठित अपराध गरेको मानी त्यस्ता व्यक्तिलाई संगठित अपराधीको श्रेणीमा राख्नु न्यायोचित नहुने सर्वोच्चको ठहर छ। 

संगठित अपराध गरेको भन्नका लागि संगठित वा असंगठित  समूहको योजना विद्यमान छ वा छैन भन्ने हेरिनु पर्ने सर्वोच्चको ठहर छ। ‘अपराधमा योजना बनाइएको छ, छैन। संगठनको नेतृत्व छ, छैन। कुनै सरकारी कर्मचारी वा गोपनीयताको रक्षा गरिएको छ, छैन। खास प्रभावकारी व्यक्तिको संरक्षण छ, छैन हेरिनुपर्छ। अपराध गर्नको लागि बनाइएको समूहले आफ्नो लागिभन्दा समूहका लागि काम गरेको देखिन्छ भने त्यस्तो समूहबाट गरिएको अपराधलाई संगठित अपराध मान्नु पर्ने देखिन्छ,’ सर्वोच्चले फैसलाको पूर्णपाठमा भनेको छ। संगठित अपराध हुनका लागि अपराध गर्नकै लागि बनेको स्थायी संस्थागत संरचना देखिनुपर्ने सर्वोच्चको ठहर छ। 

अपराधमा ३ वा ३ जनाभन्दा बढी व्यक्तिहरुको संलग्नता हुनासाथ स्वतः संगठित अपराधको कसुर प्रमाणित हुन नसक्ने फैसलाको निष्कर्ष छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘संगठित अपराधको कसुर हुनका लागि आपराधिक समूहको आपराधिक, आर्थिक वा कुनै भौतिक लाभका लागि स्थापित स्थायी संरचनामा आबद्ध ३ वा ३ भन्दा बढी व्यक्तिहरुको समूहद्वारा आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भइ जानी जानी कुनै गम्भीर अपराध गरेको तथ्य ठोस प्रमाणबाट पुष्टि हुनु पर्दछ,’ सर्वोच्चको फैसलाको पूर्णपाठमा भनिएको छ। 

सर्वोच्चले फैसला सुनाएको मुद्दामा ३ जनाभन्दा बढी व्यक्ति अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्ने आधार देखाएर संगठित अपराधको अभियोग दाबी गरिएको थियो। तर उनीहरुले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर पीडितलाई अपहरण गरी शरीर बन्धक बनाइ फिरौती माग गरेको तथ्य पुष्टि हुने ठोस प्रमाण नदेखिएको सर्वोच्चले व्याख्या गरेको छ। 

संगठित अपराधको लागि आवश्यक ३ वा ३ जनाभन्दा बढी व्यक्तिहरुको आबद्धताका अतिरिक्त संस्थागत निरन्तरता, तहगत संगठनात्मक संरचना, आपराधिक क्रियाकलापको सिलसिलाबद्धता, गोप्य र सीमित सदस्यता, राष्ट्रिय अन्तर्राष्ट्रिय संगठनहरुसँगको समन्वय, सम्बन्ध र सञ्जाल जस्ता तत्वहरु रहेको हुनुपर्ने फैसलामा उल्लेख छ। 

आवत–जावतका कारण संगठित अपराधको रुप तथा स्वरुपहरु परिवर्तन भइरहेको भन्दै सर्वोच्चले लामो समयसम्म आर्थिक लाभलाई संगठित अपराधको कारण भनिए पनि अब राष्ट्रहरु बीचको द्विपक्षीय र बहुपक्षीय सम्बन्ध पनि जोडिएको दाबी गरेको छ। 

Xtrem

Xtrem

‘धर्म, संस्कृति आदिको प्रभावले पनि संगठित अपराधमा आर्थिक लाभ बाहेकका उद्देश्यहरु पनि निहित हुन पुगेको देखिन्छ। परम्परागत रुपमा संगठित अपराधलाई परिभाषित  भन्दा पनि अपराध घटाउनका लागि बनेका समूहको संगठनमा जोड दिने गरिन्थ्यो,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जसअनुसार संगठित अपराध हुनका लागि कम्तीमा पनि ३ जना व्यक्तिहरु हुनुपर्ने र व्यक्तिहरुबीच श्रमको विभाजन भएको हुनुपर्ने मानिन्थ्यो। परिवर्तित समयमा संगठित अपराधमा संगठनभन्दा पनि यसको कामकारबाहीको महत्त्व र आपराधिक समूहका सदस्यहरु अनुशासनको कडा घेरामा नभइ एउटा खुकुलो सम्बन्धमा रहन सक्ने र स्वपानगत तहभन्दा पनि आपराधिक कार्यको उद्देश्य महत्त्वपूर्ण हुने भनी परिवर्तन आएको पाइन्छ।’ 

आपराधिक कार्यको उद्देश्य आर्थिक लाभ बाहेकका प्रसिद्धि हासिल गर्ने, समाजलाई आतंकित गर्ने, सामूहिक बदला लिने जस्ता पनि हुन सक्ने देखिएको सर्वोच्चको पूर्णपाठमा उल्लेख छ। 

सर्वोच्चले फैसला सुनाएको मुद्दाको घटना नेपालमा व्यवसाय गर्ने भारतीय मूलका व्यक्तिका छोराको अपहरणसँग सम्बन्धित छ। भारतीय नागरिक रामबाबु गुप्ताका २३ वर्षीया छोरा रितेशकुमार गुप्ताको २०७१ भदौमा अपहरण भएको थियो। 

अपहरणकारीले रितेशकुमार आफ्नो कब्जामा रहेको भन्दै ५० लाख फिरौती मागेका थिए। अपहरणकारीले फिरौती माग्दै फोन गरेपछि रामबाबुले प्रहरीमा जाहेरी दिए। 

प्रहरीले खोजी गर्दा रामबाबुका छोरा रितेशकुमार पर्सा जिल्लाको वागवानाको जंगलमा फेला परेका थिए। उक्त घटनामा संलग्न रहेको भन्दै जयचन्द्र साह कानु, अरविन्द मण्डल, अजयकुमार राय, सुरेन्द्र ठाकुर, रामबाबु महतो, वुधन चमार, भोजा थारु, शिवशंकर थारु, दिपेन्द्र थारु, मुकेशकुमार महतो र प्रमोद भन्ने नन्दु साहविरुद्ध अपहरण तथा शरीर बन्धक र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो। 

पर्सा जिल्ला अदालतले ६ असार २०७३ मा फैसला सुनाउँदै प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको थियो। जिल्ला अदालतले उनीहरुलाई अपहरण तथा शरीर बन्धकमा जनही ७ देखि ८ वर्षसम्म कैद तथा थप २ वर्ष कैद सजायको फैसला सुनाएको थियो। 

दोषी ठहर भएकाहरुले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावलोकन निवेदन दिए। उच्च अदालतले पनि उनीहरुलाई दोषी ठहर गर्‍यो। त्यसपछि उनीहरु सर्वोच्च पुगेका थिए। 

सर्वोच्चले भने उनीहरुको हकमा संगठित अपराधको कसुर प्रमाणित नहुने फैसला सुनायो। मिसिलमा संलग्न प्रमाण तथा कागजबाट उनीहरुले पीडित रितेशकुमारलाई अपहरण तथा शरीर बन्धक लिने कसुर गरेको देखिए पनि संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुर गरेको पुष्टि नहुने सर्वोच्चले ठहर गर्‍यो। 

सर्वोच्चले प्रतिवादीमध्ये दिपेन्द्र ठाकुरले सफाइ पाउने फैसला गर्‍यो। सीताराम गिरी, मुकेशकुमार महतो, सुरेन्द्र ठाकुर, भोजा थारु, बुधनराम चमारको हकमा अपहरण तथा शरीर बन्धकको कसुरमा ७ वर्ष कैद र जनही ५० हजार जरिवाना र थप २ वर्ष कैद सदर हुने फैसला सर्वोच्चले सुनायो। 

यस्तै, जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई अपहरण तथा शरीर बन्धकमा दोषी ठहर गर्दै जनही ८ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानासँगै थप २ वर्ष कैदको फैसला सुनायो। अन्यको हकमा पनि सर्वोच्चले उच्च अदालतको फैसला मिलेकै देखिएकाले सदर हुने फैसला सुनायो।

सर्वोच्चको फैसलाको पूर्णपाठ:

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्