• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संगठित अपराधबारे सर्वोच्चको विस्तृत व्याख्या– अल्पकालीन समूह बनाएर कसुर गर्दैमा ठहर हुँदैन

64x64
नेपाल लाइभ बिहीबार, भदौ १४, २०८०  १९:४५
1140x725

काठमाडौं– फौजदारी अपराधको अनुसन्धानका लागि आरोपीहरुलाई सबैभन्दा बढी समय हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कसुरमध्ये एक हो संगठित अपराध। संगठित अपराध ऐन २०७० को दफा १४ मा आरोपीलाई पटक–पटक गरेर ६० दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ। 

लामो समयसम्म हिरासतमा राख्न मिल्ने भएकाले पनि अहिले धेरैजसो फौजदारी कसुरको अनुसन्धानमा संगठित अपराधको कसुरलाई पनि जोड्ने गरिन्छ। हाल चर्चामा रहेको सुन तस्करी प्रकरण र ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्‍यो, गरिरहेको छ। 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउन सरकारी लिखत तथा दस्तखत किर्ते भएको कसुरमा अनुसन्धान गर्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संगठित अपराधलाई पनि जोडेको थियो। संगठित रुपमा नै सरकारी लिखत तथा दस्तखतहरु किर्ते गरेर सरकारी जग्गा व्यक्तिको बनाइएको निष्कर्षसहित सीआईबीले सरकारी वकिललाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालय काठमाडौंले भने ललिता निवास प्रकरणमा संगठित अपराधको कसुरको अभियोगमा मागदाबी नगरी  किर्तेमा मात्रै मुद्दा दर्ता गर्‍यो। 

यो पनि पढ्नुहोस

ललिता निवास प्रकरण: किर्तेको कसुरमा मुद्दा दर्ता, संगठित अपराधमा मुद्दा नचल्ने

फौजदारी कानुनका जानकारहरु अपराध गम्भीर हुँदैमा त्यसलाई संगठित अपराध भन्न नमिल्ने बताउँछन्। अपराध घटाउन संगठित रुपमा संलग्नताको अवस्था देखिए मात्रै त्यसलाई संगठित अपराध भन्न सकिन्छ। संगठित अपराधको अनुसन्धान र अभियोजनका सन्दर्भमा फरक–फरक अभ्यास र मतहरु प्रकट भइरहेका बेला सर्वोच्च अदालतले एउटा नयाँ व्याख्या गरेको छ। 

अपहरण तथा शरीर बन्धकको कसुरसँगै संगठित अपराधको कसुर समेत जोडिएको एउटा मुद्दाको फैसलामा सर्वोच्च अदालतका न्यायाधीशहरु  ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले ‘केही व्यक्ति मिलेर एकपटक मात्र लाभ लिने गरी समूह बनाएर कसुर गर्दैमा  संगठित अपराध ठहर नहुने’  व्याख्या गरेको हो।   

केही व्यक्ति मिलेर अल्पकालीन वा एकपटक मात्र लाभ लिने प्रकृतिको समूहमा कुनै कसुर गरे भन्दैमा संगठित अपराध गरेको मानी त्यस्ता व्यक्तिलाई संगठित अपराधीको श्रेणीमा राख्नु न्यायोचित नहुने सर्वोच्चको ठहर छ। 

संगठित अपराध गरेको भन्नका लागि संगठित वा असंगठित  समूहको योजना विद्यमान छ वा छैन भन्ने हेरिनु पर्ने सर्वोच्चको ठहर छ। ‘अपराधमा योजना बनाइएको छ, छैन। संगठनको नेतृत्व छ, छैन। कुनै सरकारी कर्मचारी वा गोपनीयताको रक्षा गरिएको छ, छैन। खास प्रभावकारी व्यक्तिको संरक्षण छ, छैन हेरिनुपर्छ। अपराध गर्नको लागि बनाइएको समूहले आफ्नो लागिभन्दा समूहका लागि काम गरेको देखिन्छ भने त्यस्तो समूहबाट गरिएको अपराधलाई संगठित अपराध मान्नु पर्ने देखिन्छ,’ सर्वोच्चले फैसलाको पूर्णपाठमा भनेको छ। संगठित अपराध हुनका लागि अपराध गर्नकै लागि बनेको स्थायी संस्थागत संरचना देखिनुपर्ने सर्वोच्चको ठहर छ। 

अपराधमा ३ वा ३ जनाभन्दा बढी व्यक्तिहरुको संलग्नता हुनासाथ स्वतः संगठित अपराधको कसुर प्रमाणित हुन नसक्ने फैसलाको निष्कर्ष छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘संगठित अपराधको कसुर हुनका लागि आपराधिक समूहको आपराधिक, आर्थिक वा कुनै भौतिक लाभका लागि स्थापित स्थायी संरचनामा आबद्ध ३ वा ३ भन्दा बढी व्यक्तिहरुको समूहद्वारा आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भइ जानी जानी कुनै गम्भीर अपराध गरेको तथ्य ठोस प्रमाणबाट पुष्टि हुनु पर्दछ,’ सर्वोच्चको फैसलाको पूर्णपाठमा भनिएको छ। 

सर्वोच्चले फैसला सुनाएको मुद्दामा ३ जनाभन्दा बढी व्यक्ति अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्ने आधार देखाएर संगठित अपराधको अभियोग दाबी गरिएको थियो। तर उनीहरुले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर पीडितलाई अपहरण गरी शरीर बन्धक बनाइ फिरौती माग गरेको तथ्य पुष्टि हुने ठोस प्रमाण नदेखिएको सर्वोच्चले व्याख्या गरेको छ। 

संगठित अपराधको लागि आवश्यक ३ वा ३ जनाभन्दा बढी व्यक्तिहरुको आबद्धताका अतिरिक्त संस्थागत निरन्तरता, तहगत संगठनात्मक संरचना, आपराधिक क्रियाकलापको सिलसिलाबद्धता, गोप्य र सीमित सदस्यता, राष्ट्रिय अन्तर्राष्ट्रिय संगठनहरुसँगको समन्वय, सम्बन्ध र सञ्जाल जस्ता तत्वहरु रहेको हुनुपर्ने फैसलामा उल्लेख छ। 

आवत–जावतका कारण संगठित अपराधको रुप तथा स्वरुपहरु परिवर्तन भइरहेको भन्दै सर्वोच्चले लामो समयसम्म आर्थिक लाभलाई संगठित अपराधको कारण भनिए पनि अब राष्ट्रहरु बीचको द्विपक्षीय र बहुपक्षीय सम्बन्ध पनि जोडिएको दाबी गरेको छ। 

‘धर्म, संस्कृति आदिको प्रभावले पनि संगठित अपराधमा आर्थिक लाभ बाहेकका उद्देश्यहरु पनि निहित हुन पुगेको देखिन्छ। परम्परागत रुपमा संगठित अपराधलाई परिभाषित  भन्दा पनि अपराध घटाउनका लागि बनेका समूहको संगठनमा जोड दिने गरिन्थ्यो,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जसअनुसार संगठित अपराध हुनका लागि कम्तीमा पनि ३ जना व्यक्तिहरु हुनुपर्ने र व्यक्तिहरुबीच श्रमको विभाजन भएको हुनुपर्ने मानिन्थ्यो। परिवर्तित समयमा संगठित अपराधमा संगठनभन्दा पनि यसको कामकारबाहीको महत्त्व र आपराधिक समूहका सदस्यहरु अनुशासनको कडा घेरामा नभइ एउटा खुकुलो सम्बन्धमा रहन सक्ने र स्वपानगत तहभन्दा पनि आपराधिक कार्यको उद्देश्य महत्त्वपूर्ण हुने भनी परिवर्तन आएको पाइन्छ।’ 

आपराधिक कार्यको उद्देश्य आर्थिक लाभ बाहेकका प्रसिद्धि हासिल गर्ने, समाजलाई आतंकित गर्ने, सामूहिक बदला लिने जस्ता पनि हुन सक्ने देखिएको सर्वोच्चको पूर्णपाठमा उल्लेख छ। 

सर्वोच्चले फैसला सुनाएको मुद्दाको घटना नेपालमा व्यवसाय गर्ने भारतीय मूलका व्यक्तिका छोराको अपहरणसँग सम्बन्धित छ। भारतीय नागरिक रामबाबु गुप्ताका २३ वर्षीया छोरा रितेशकुमार गुप्ताको २०७१ भदौमा अपहरण भएको थियो। 

अपहरणकारीले रितेशकुमार आफ्नो कब्जामा रहेको भन्दै ५० लाख फिरौती मागेका थिए। अपहरणकारीले फिरौती माग्दै फोन गरेपछि रामबाबुले प्रहरीमा जाहेरी दिए। 

प्रहरीले खोजी गर्दा रामबाबुका छोरा रितेशकुमार पर्सा जिल्लाको वागवानाको जंगलमा फेला परेका थिए। उक्त घटनामा संलग्न रहेको भन्दै जयचन्द्र साह कानु, अरविन्द मण्डल, अजयकुमार राय, सुरेन्द्र ठाकुर, रामबाबु महतो, वुधन चमार, भोजा थारु, शिवशंकर थारु, दिपेन्द्र थारु, मुकेशकुमार महतो र प्रमोद भन्ने नन्दु साहविरुद्ध अपहरण तथा शरीर बन्धक र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो। 

पर्सा जिल्ला अदालतले ६ असार २०७३ मा फैसला सुनाउँदै प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको थियो। जिल्ला अदालतले उनीहरुलाई अपहरण तथा शरीर बन्धकमा जनही ७ देखि ८ वर्षसम्म कैद तथा थप २ वर्ष कैद सजायको फैसला सुनाएको थियो। 

दोषी ठहर भएकाहरुले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावलोकन निवेदन दिए। उच्च अदालतले पनि उनीहरुलाई दोषी ठहर गर्‍यो। त्यसपछि उनीहरु सर्वोच्च पुगेका थिए। 

सर्वोच्चले भने उनीहरुको हकमा संगठित अपराधको कसुर प्रमाणित नहुने फैसला सुनायो। मिसिलमा संलग्न प्रमाण तथा कागजबाट उनीहरुले पीडित रितेशकुमारलाई अपहरण तथा शरीर बन्धक लिने कसुर गरेको देखिए पनि संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुर गरेको पुष्टि नहुने सर्वोच्चले ठहर गर्‍यो। 

सर्वोच्चले प्रतिवादीमध्ये दिपेन्द्र ठाकुरले सफाइ पाउने फैसला गर्‍यो। सीताराम गिरी, मुकेशकुमार महतो, सुरेन्द्र ठाकुर, भोजा थारु, बुधनराम चमारको हकमा अपहरण तथा शरीर बन्धकको कसुरमा ७ वर्ष कैद र जनही ५० हजार जरिवाना र थप २ वर्ष कैद सदर हुने फैसला सर्वोच्चले सुनायो। 

यस्तै, जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई अपहरण तथा शरीर बन्धकमा दोषी ठहर गर्दै जनही ८ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानासँगै थप २ वर्ष कैदको फैसला सुनायो। अन्यको हकमा पनि सर्वोच्चले उच्च अदालतको फैसला मिलेकै देखिएकाले सदर हुने फैसला सुनायो।

सर्वोच्चको फैसलाको पूर्णपाठ:

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी समितिले शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गर्दै त्यसका लागि स्पष्ट आधार र सब... आइतबार, जेठ ३, २०८३
आज सातै प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र प... आइतबार, जेठ ३, २०८३
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला उनका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोज्दै जाँदा भिरबाट धेरै तल कपडा देखेपछि तीन घण्टा लगाएर तल झरेको थियो।... शनिबार, जेठ २, २०८३
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्