• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२ Mon, May 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कोशी प्रदेश सरकारलाई कामचलाउ बनाउन सर्वोच्चले लिएको दुई आधार भदौ १५ गते पूर्ण सुनुवाइ हुने 
64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०८०  १९:०४
1140x725

काठमाडौं- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर गरेको छ। यसअघि पनि सर्वोच्चको फैसलाबाट पद गुमाएर पुन: मुख्यमन्त्री भएका थापाले लिएको विश्वासको मतलाई मान्यता नदिएपछि उनको सरकार नैतिक संकटमा परेको छ।

भदौ ४ गते प्रदेश सभाको बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलका एक जना सदस्य इस्राइल मन्सुरीले सो सभा सञ्चालन गरेका थिए। उनलाई सभा सञ्चालन गर्न भन्दै दनुवारले प्रदेश सभा सचिवालयमार्फत् पत्राचार गरेकी थिइन्। मन्सुरीले मतदान सच्याउने समय समेत बितिसकेपछि मन्सुरीले अध्यक्ष मण्डलकै अर्की सदस्य गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गर्न भन्दै आफूले मतदानमा भाग लिएका थिए। यसरी प्रदेशसभामा बहुमतका लागि आवश्यक ४७ मत पुगेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत नपुगोस् भनी उपसभामुखलाई बिरामी बिदामा काठमाडौं पठाएको थियो भने चार जना जेष्ठ सदस्यहरूलाई अनुपस्थित हुन निवेदन दिन लगाएको थियो। यही विवादकै बीच सत्ता पक्षले जेष्ठ सदस्यको रुपमा सभा सञ्चालन गरिरहेका इस्राइल मन्सुरीले मत सच्चाउने समयमा अर्का व्यक्तिलाई सभामा राख्दै मत दिएका थिए ।

विवादास्पद रुपमा विश्वासको मत लिएपछि एमालेले विरोध गरेको थियो। तर सभामुखको भूमिकामा रहेका मन्सुरीले मत परिणाम सुनाउँदै विश्वासको मत पाएको घोषणा गरेका थिए। उक्त कार्यले संविधानको उल्लंघन भएको भन्दै एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।  

उक्त रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको एकल इजलासले अर्को पक्षलाई समेत नझिकाइ अन्तरिम आदेश जारी गर्न केही आधार लिएको छ। 

‘साउन ५ गते बसेको कोशी प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्यहरू इस्राइल मन्सुरी र गीता तिमलसिनाले पालो-पालो गरी सभाको अध्यक्षता गरेको देखियो,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सोही बैठकका सन्दर्भमा दुवै जनाले मुख्यमन्त्री उद्धव थापा उपरको विश्वासको मत दिएको र सो मत समेत गणना गरी थापाप्रति विश्वासको पक्षमा कुल ४७ मत र विपक्षमा ३० मत प्राप्त भएको भनी घोषणा गरिएको देखियो।’

नेपालको संविधानको धारा १८६ बमोजिम प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने सर्वोच्चको आदेशमा उल्लेख छ। 

‘विवादित मत दिइएको सन्दर्भमा मत बराबर भएको भन्ने देखिएन,’ सर्वोच्चको आदेशमा भनिएको छ ‘यस अवस्थामा कुल ९३ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभाका बहूमत सदस्य ४७ जनाको विश्वासको मत प्राप्त गरेको भनी अध्यक्षता गर्ने सदस्यले दिएको मत समेत गणना गरी थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८(२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो। ’ 

Ncell 2
Ncell 2

मुख्यमन्त्री थापाले संविधानसम्मत् रुपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएको सर्वोच्चको आदेशमा भनिएको छ। 

‘विश्वासको मत लिने प्रक्रिया संविधानसम्मत् नदेखिएकाले थापाको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपरको सुनुवाइ टुङ्गो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नू, नगराउनू’ सर्वोच्चको आदेशमा भनिएको छ। सर्वोच्चको यो आदेशपछि सरकारले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय गर्न नपाउने भएको छ। 

सर्वोच्चले विवादित विषयको छिटोछरितो रूपमा निरूपण गर्नु वाञ्छनीय देखिएकाले पूर्ण सुनुवाइका लागि  भदौ १५ गते शुक्रबार पेसी पनि इजलासबाटै तोकेको छ। सर्वोच्चले यो विवादलाई अग्राधिकार पनि दिएको छ। 

मुख्यमन्त्री थापाको विपक्षमा आदेश सुनाउन मुख्य रुपमा दुईवटा आधार सर्वोच्चले लिएको छ।

पहिलो- दुई जनाले पालो पालो गरी सभाध्यक्षको भूमिका निर्वाह गरेको। दोस्रो- बराबर भएको अवस्थामा मात्र सभामुखको भूमिकामा रहेको व्यक्तिले मत दिन पाउने भएकाले मन्सुरी वा तिमल्सिनाले दिएको मध्ये एकको मत गणना हुन सक्दैन। यी दुई आधारलाई लिएर न्यायाधीश खतिवडाले पहिलो सुनुवाइमै मुख्यमन्त्री थापाको सरकारलाई कामचलाउ बनाइदिएका छन्।  

अब उनले सर्वोच्चवाट अन्तिम फैसला नभएसम्म कुनै पनि महत्वका काम गर्न पाउने छैनन्।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य
गर्मी बढेसँगै सर्पको बिगबिगी
सम्बन्धित सामग्री
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ। केही समय यता थापा र लिङ्देन नजि... आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै स... आइतबार, वैशाख २८, २०८२
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य आइतबार, वैशाख २८, २०८२
गर्मी बढेसँगै सर्पको बिगबिगी आइतबार, वैशाख २८, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
युक्रेनलाई सिधा वार्ताको लागि रुसी राष्ट्रपति पुटिनको आह्वान आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्