• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुनिल शर्मा गिरफ्तारी प्रकरण : अर्थमन्त्री महतबाट दिग्दार देउवा

64x64
ईश्वर बराल शुक्रबार, भदौ १, २०८०  २०:०१
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते बरामद गर्‍यो। सुरक्षा र भन्सार जाँचपास भएर सुन बाहिरिएपछि सरकारकै सेटिङले तस्करीमा मुख्य भूमिका खेलेको प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगायो। अहिले पनि एमाले त्यही आरोप लगाउँदै संसद् अवरुद्ध गर्दै आएको छ। एमालेको निशानामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महत परे। 

एमालेले गृहमन्त्री र अर्थमन्त्रीको मिलेमतोमा सुन तस्करी भएको आरोप समेत लगायो। सरकारका वरिष्ठ मन्त्रीहरुलाई गम्भीर आरोप लगाउने मामिलामा सत्ता पक्षकै सांसद सुनिल शर्मा पनि एमालेको लाइनमा उभिए। 

एमालेभन्दा एक कदम अघि बढ्दै शर्माले त गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा समेत माग गरे। तस्करीको मुख्य डिजाइनर यिनै २ मन्त्री रहेको ठोकुवा गर्दै शर्माले संसदमै अनसन बस्ने सम्मको चेतावनी समेत दिए। 

प्रतिपक्षीले सल्काएको आगोमा सांसद् शर्माले घ्यु थपेपछि गृह र अर्थमन्त्री उनीप्रति रुष्ट देखिए। त्यसपछि वर्षौंदेखि गुपचुप रहेको ‘नक्कली डाक्टर’को फाइल एकाएक अघि बढ्यो। गृहमन्त्री र अर्थमन्त्रीलाई निशाना बनाएका सांसद शर्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को निशानामा परे। साउन २५ गते आफ्नै निवासबाट सीआईबीले उनलाई नियन्त्रणमा लियो।

सुन प्रकरणबाट सुरु भएको आरोप–प्रत्यारोपको यो श्रृङ्खलाको साइड इफेक्ट भने अहिले देउवा–महत (कांग्रेस सभापति शेरबहादुर देउवा र प्रकाशशरण महत) मा देखिएको छ।

सांसद शर्मा पक्राउ प्रकरणको मियो महतमा गएर ठोक्किएपछि देउवा अहिले दिग्दार छन्। आफ्नै ‘कोटरीका खास्सा’ भनेर चिनिएका महतबाटै आफूलाई अप्ठ्यारो पार्ने काम भएको भन्दै देउवा महतप्रति रुस्ट बनेका हुन्।

सुनको ‘स’बारे पनि जानकारी नभएको प्रकरणमा जोड्दै संसद्‌मा तमासा देखाएको भन्दै चिढिएका कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले शर्माको बोलीमा ‘लगाम’ लगाउन चेतावनी दिँदै आएका थिए। नभन्दै त्यसको केही दिनमै सांसद शर्माको हातमा ‘हत्कडी’ लाग्यो। बोलीमा लगाम लगाइदिने चेतावनी दिनु र केही दिनमै पक्राउ पर्नुको साइनो महतसम्म पुगेको पाइएपछि देउवा उनीसँग अहिले चिढिएका छन्।

सांसद शर्मा पक्राउ पर्नुमा महतकै दबाब र गृहमन्त्रीको रुचि समेत जोडिएको खुलेको छ। महतको दबाबमा गृहमन्त्रीले ‘ग्रीन सिग्नल’ दिएपछि सीआईबीले शर्मालाई प्रकाउ परेको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘महतले शर्मालाई समात्न भन्दै गृहमन्त्रीलाई दबाबद दिए। त्यसबारे आफू पार्टी सभापति देउवालाई कन्भिन्स गराउने भनेपछि गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सीआईबीलाई बलियो प्रमाण भए समातेर अनुसन्धान गर्न निर्देशन दिएपछि शर्मा पक्राउ परेका हुन्,’ स्रोतले नेपाल लाइभसँग भन्यो।

शर्माको शैक्षिक प्रमाणपत्रमा आशंका गर्दै सीआइबीले सम्बन्धित विश्वविद्यालयलाई पहिल्यै पत्राचार गरेको थियो। उक्त विश्वविद्यालयले गत साउनमै शर्माको प्रमाणपत्र नक्कली भनेर ‘भेरिफाइ’ गरेको थियो। ‘नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा मात्रै शर्मालाई पक्राउ गर्नु थियो भने सीआइबीले गएको साउनमै पक्रिन सक्थ्यो,’ उच्च स्रोतले नेपाल लाइभसँग भन्यो,  ‘तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री शेरबहादुर देउवालाई सीआइबीले उक्त जानकारी गराएको थियो। पार्टीकै नेताको कुरा भएकाले नेपाल मेडिकल काउन्सिललाई समेत थाहा दिन नहुने भन्दै देउवाले त्योबेला गुपचुप राखेका थिए। उक्त कुरा महतलाई भने जानकारी थियो।’ शर्माले चिकित्सा अभ्यास नगर्ने भएकाले पक्राउ गर्न नपर्ने निष्कर्ष त्यतिबेला निकालिएको थियो।

संस्थापन इतर समूहमा रहेका शर्माले देउवाका विश्वास पात्र महतको योग्यतामाथि निरन्तर प्रश्न गर्दै आएका थिए। सांसद शर्माले साउन १० को प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रालय मातहतको विभागहरुले सुन उम्किन दिएको भन्दै महत सो पदमा बस्न नमिल्ने बताएका थिए।

महत अर्थमन्त्री भएयताका श्रृङ्खलाबद्ध निर्णय र गतिविधिहरु भएको बताउँदै शर्माले सुन प्रकरणमा महतको भूमिका रहेको दाबी गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘चैत १७ गते अर्थमन्त्रीले शपथ खानुभयो। त्यसपछि घटना कस्तो देखिन्छ भने वैशाख २० गते अर्थसचिव परिवर्तन भयो। जेठको १७ गते भन्सार प्रमुखलाई परिवर्तन गरियो। अहिले हेर्दै गर्दा अस्ति ५ गते क्विन्टेलका क्विन्टेल सुन छिर्दै गरेको देख्यौँ,’ शर्माले उक्त कुरा बताउँदै अर्थमन्त्री पदमा बस्ने नैतिकता नरहेको उल्लेख गरेका थिए।

सांसद शर्माको भनाइको खण्डन महतले सोही दिन पार्टी कार्यालय सानेपाबाट गरेका थिए। आफूमाथि गरिएको प्रहारको प्रतिकार गर्दै महतले शर्माको व्यवहारलाई ‘अराजकता’ भनेका थिए। 

‘त्यो अराजकता, अनुशासनहीनताको चरम हो,’ महतले भनेका थिए। शर्माले आफ्नो अस्पतालले पाउनुपर्ने बिमाको पैसा निकासा गर्न पहल गर्न भनेको र आफूले इन्कार गर्दा मनपरी बोलको आरोप महतले लगाएका थिए।

‘उहाँको हस्पिटल छ। हामीले बिमाको पैसा छिटो पाउनुपर्छ भन्ने उहाँको कुरा थियो। उहाँको के भनाइ थियो भने मैले भनेँ भने तुरुन्तै हुन्छ भन्ने थियो। त्यो नहुने बित्तिकै उहाँ भड्केर जथाभावी प्रस्तुत हुनुभयो,’ महतको आरोप थियो।

महतले शर्मालाई अनुशासनको कारबाही हुने चेतावनी दिएका थिए। ‘यस्तो प्रवृत्तिलाई पार्टीले हेर्नुपर्छ। मैले नेतृत्व तहमा यि कुराहरु राखेको छु। भएको नभएको तथानाम कुराहरु गर्नपाइन्छ?,’ आक्रोशपूर्ण भावमा महतले भनेका थिए।

साउन १० मै अनुशासनको कारबाही हुनुपर्ने र त्यसका लागि पार्टी नेतृत्वलाई जानकारी गराएको दाबी गरेका महतले सत्ताको शक्ति लाएर शर्मालाई ‘गिरफ्तार’ गराएको भनेर कांग्रेस भित्र पनि चर्चा हुन्छ। जब शर्मा महतप्रति व्यक्तिगत तहमा उत्रिएर टिप्पणी गर्न थाले त्यसपछि महतले पनि उनलाई ‘देखाइदिने’ नीति लिएको नेताहरु बताउँछन्।

महतसँग दिग्दार देउवा
शेरबहादुर देउवाको छत्रछायाँमा रहेका महत सधैं लाभ पाउने नेता हुन्। २०५८ मा  प्रधानमन्त्री हुँदा देउवाले महतलाई राजनीतिक सल्लाहकार बनाएका थिए। देउवाले  २०६१ आफू प्रधानमन्त्री हुँदा महतलाई  परराष्ट्र राज्यमन्त्री बनाएका थिए। पहिलो संविधान सभाको निर्वाचनमा महत समानुपातिक तर्फबाट सांसद थिए। २०७० मंसिरमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि उनी समानुपातिक सांसद नै बने। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७३ मा महत परराष्ट्रमन्त्री भएका थिए। त्यसअघि २०६६ मा माधव नेपालको नेृत्तवमा रहेको सरकारमा उनी उर्जामन्त्री भएका थिए।

संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा महत काठमाडौं क्षेत्र नंबर ५ बाट उम्मेदवार थिए। तर उनी नेकपा एमालेबाट तत्कालीन वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलसँग फराकिलो मतले पराजित भए। २०७८ मंसिरमा भएको कांग्रेसको १४औं महाधिवेशनमा उनी महामन्त्री पदका प्रत्यासी थिए। तर उनी पराजित भए। उनलाई देउवाले केही दिनमै केन्द्रीय सदस्यमा नियुक्त गरेर त्यसको थप अर्को महिनामा पार्टी प्रवक्ताको जिम्मेवारी दिए। र गत मंसिरमा भएको निर्वाचनमा उनी समानुपातिक सूचीको  १ नम्बरमा बसेर सांसद बने।

पछिल्लो करिब अढाई दशकदेखि निरन्तर देउवाको छाया बनेका महत उनलाई जस्तोसुकै कुरामा पनि विश्वास दिलाउने आशामा थिए। तर शर्मा गिरफ्तारी प्रकरणमा भने उनी चुकेको महतनिकट नेताहरु नै बताउँछन्। यता, महतको उचाइको ग्राफ बुझेका शर्माले सुन पकरणपछि झन् उत्तेजक भाषामा टिप्पणी गर्ने गरेका थिए।

शर्माले एक अन्तर्वातामा महतको योग्यतामाथि गम्भिर प्रश्न उठाएका थिए। ‘अहिलेको अर्थमन्त्रीलाई नेपाली कांग्रेसको क्याडरले बहिस्कार गरेको हो। उहाँ महामन्त्रीमा पराजित हुनुभएको थियो। राजनीतिमा फेलर मान्छे हो। जनताले कहीँ चुनाव जिताएका छैनन्। शक्तिको वरिपरी घुमेर, चाकडी गरेर बस्नु भएको छ। चुनाव लडेर जित्न नसक्ने मान्छे अर्थमन्त्री बनाइएको छ,’ शर्माले टिप्पणी गरेका थिए।

सत्ताको ‘डाडुपुन्यु’ बोकेका र पार्टी नेतृत्वको ‘अति’ विश्वासीला महतले शर्मा गिरफ्तारीको प्रकरणमा भने सभापति देउवालाई आश्वस्त पार्न सकेनन्। परिस्थिति कतिसम्म बिग्रिएको दिखियो भने सोही विषयलाई लिएर गृहमन्त्री श्रेष्ठले देउवालाई यो विषयमा कमजोरी भएको र त्यसकाबापत सीआईबीको नेतृत्व परिवर्तन गर्ने भनेर वचन दिनुपरेको थियो। 

‘गृहमन्त्रीले सभापति देउवालाई शर्मा प्रकरणमा केही हतारो भएको र त्यसमा संग्लन अधिकृतहरुलाई सरुवा गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ गृहको उच्च स्रोतले जनाएको छ।

मलाई कांग्रेसले थुनायोः शर्मा
‘आज एउटा कांग्रेसले अर्को कांग्रेसलाई थुनाउने दिन आएको छ,’ शर्माको आरोप छ।  कांग्रेसका को–को नेताले बालुवाटारमा बसेर योजना बनाए भन्नेबारे आफूलाई सूचना रहेको, तर त्यो भने आफ्नो आत्मकिथामा लेख्ने बताउँछन् शर्मा।

उनले महतको नाम नलिए पनि आफ्नो प्रकाउमा उनैको हात रहेको भाव प्रकट गरे। 

गृहमन्त्रीलाई कांग्रेसकै नेताको दबाबमा पारेर आफू समातिएको उनको दाबी छ। उनी भन्छन्, ‘नेकपा माओवादीको शीर्ष नेताहरुको छलफलमा गृहमन्त्रीले सुनिल शर्मालाई पकड्नु गलत भएको भन्नुभएको र कांग्रेसका नेताहरुका कुरा सुनेर गिरफ्तार गर्यौँ भन्नुभएको सूचना मसँग छ।’

‘शंका गर्ने ठाउँ छ’
यो प्रकरणमा महतको भूमिकालाई लिएर शंका गर्ने ठाउँ रहेको बताउँछन् कांग्रेस निकट एक बृद्धिजीवि।

‘विपरीत ध्रुवका यी दुई पात्रले एक अर्कालाई स्वीकार्ने कुरै छैन। शेखरको मलजल पाएका शर्मा र देउवाको मलजल पाएका महतले एक अर्कालाई खुइल्याउनेमा कुनै कसर बाँकी राख्दैनन्। पछिल्लो प्रकरणमा भने महतले आफू सत्तामा रहेको शक्ति र देउवाको विश्वासालाई दुरुपायोग गरेका छन्,’ ती बुद्धिजीवि भन्छन्, ‘यसले पक्कै देउवा दिग्दार होलान्।’
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै मुख्यमन्त्री मंगलबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालसहितका पदाधिकारीबीच भएको छलफलमा सौर्... बिहीबार, कात्तिक ५, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्