• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पूर्वप्रधानन्यायाधीश कल्याणको गीतकार अवतार : तर्कशास्त्रबाट टाढिएपछि भावनासँग सत्सँग

64x64
समर्पण श्री शनिबार, साउन २७, २०८०  १५:४०
1140x725

‘गीतबारे के कुरा गर्नु! इमान्दार भएर भन्दा म नवसिकारु हुँ,’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ हाम्रो प्रस्तावलाई पन्छाउन खोजिरहेका थिए। ललितपुरस्थित उनको निवासमा पुग्नासाथ हामीले भनेका थियौँ, ‘आज कानुन र न्यायका विषयमा हैन, गीत र कविताबारे कुरा गर्न आएका छौँ।’

कल्याण मुसुक्क हाँसें। पुस्तकालयबाट आफ्नो नयाँ गीतको एल्बम् ल्याएर हामीलाई थमाइँदिदै भने, ‘खासमा यो संगतको फल हो। रहरको होइन।’

‘जिन्दगीका तरेली’नामको एल्बम्मा ७ वटा गीत थिए। सूचीमा चल्तीका गायक गायिकाहरूको नाम थियो। केही साताअघिमात्र यो एल्बम् रिलिज भएको थियो। एल्बम् रिलिजको बेला कल्याणले भनेका थिए, ‘मैले लेखे कुरा गीत हुन्छ भनेर हिजोसम्म विश्वास थिएन।’

कल्याणले जीवनको चार दशकभन्दा बढी समय न्याय क्षेत्रमा बिताए। विसं २०७३मा प्रधानन्यायाधीशबाट अवकाश लिएपछि उनी दौडधूपको जीवनबाट पर छन्। आजकल उनलाई कसैले ‘श्रीमान्’ नभनिदिए हुन्थ्यो जस्तो लाग्छ। उनी प्रधानन्यायाधीशको ट्याग झुन्ड्याएर हिँड्न मन पराउँदैनन्। ‘जागिरे जीवनको ट्याग नजोडे हुन्थ्यो। सिधा कल्याण श्रेष्ठमात्र भने हुन्थ्यो,’ उनी भन्छन्।

गीत सार्वजनिक भएपछि भने शुभचिन्तकले प्रेरणा दिन्छन्, ‘तपाईंको जागिर त सकियो। भूपू भइसक्नु भयो। गीतकार त कहिले भूपू हुन्छ र? त्यो पद गए पनि यो पद परणोपरान्त जाँदैन।’ यो कुराले कल्याणलाई लेख्नका लागि सधैं हौस्याइरहन्छ।  

उनी अधिकांश समय लेखपढ र चिन्तनमा बिताउँछन्। कहिले जीवनको अर्थबारे खोतल्छन्, अनि गीत लेख्छन्। कहिले मानिसका स्मृतिपटलबारे केलाउँछन् र कविता लेख्छन्। केही समयअघि जीवनबारे लेखेको गीतको कम्पोज उनी हामीलाई सुनाउँदै थिए। एक अन्तरा यस्तो थियो–

जति अग्लो चढे पनि होचै हुन्छ जिन्दगी
जति तन्क्याए पनि छोटै हुन्छ जिन्दगी

गीतका कम्पोजरचाहिँ कल्याणलाई थाहा रहेनछ। सम्झने प्रयत्न गरे। ‘नाम बिर्सिएँ। अहिले चुडामणि देवकोटाजीले उहाँलाई लिएर आउँदै हुनुहुन्छ,’ कल्याण भन्दै थिए। गीत नसकिँदै गीतकार चुडामणि देवकोटा र संगीतकार महेश खड्का कल्याणको बैठक कक्षमा प्रवेश गरे। ‘श्रीमान्, यो गीतको कम्पोजर उहाँ नै हुनुहुन्छ,’ देवकोटाले महेशलाई चिनाउँदै भने।

Ncell 2
Ncell 2
nimb
nimb

महेश फाइनल कम्पोज लिएर कल्याणकहाँ आएका थिए। उनले संवादका क्रममा भने, ‘मैले अहिलेसम्म २ हजार गीतमा संगीत भरेँ हुँला। तर मलाई यो गीत विशेष लागेको छ।’ महेशले आफूकहाँ आएका ४० वटा गीतका सूचीबाट कल्याणको गीत छानेको कुरा पनि सुनाए। 

सुरुमै कविता र गीतमा आफूलाई ‘नवसिखुवा’ दाबी गरेका कल्याणले हामीलाई आफ्ना कविताहरू सुनाए। गीतका स्थायी र अन्तराहरू सुनाए। सुनेपछि लाग्यो, ‘न्यायको तराजु जोख्ने कल्याणले कवितामा आफ्नो वजन कहिल्यै पत्तो पाएनन् कि!’

पूर्वप्रधानन्यायाधीशको बेन्चमा यतिबेला गीत र कविताको बहस छेडिएको थियो। उनले लेखेर पनि भूमिगत बनाएका गीत र कविताका सम्झना गरिएको थियो। 

०००

कल्याणसँग लामो संगतपछि एकदिन चुडामणि र संगीतकार शक्ति बल्लभलाई लाग्यो, ‘असलमा उनी एक कवि पो हुन्।’ त्यसपछि उनीहरूले लगातार कल्याणलाई आग्रह गरिरहे, ‘तपाईंको गीत पाऊँ न।’

लेखेर छाडिएका गीतहरू कुनै कुनामा छुटिसकेका थिए। चुडामणिले भने, ‘खोजेर भेटिएन भने नयाँ लेख्नुस्।’ तर कल्याणलाई लाग्थ्यो, ‘मैले लेखेको पनि गीत बन्छ र?’

नलेखी धरै पाएनन्। मोबाइलको नोटप्याडमा उनी गीत लेख्न तम्सिए। लेखेका गीत शक्तिले कम्पोज गरेर सुनाएपछि दंग परे।

गीत कसरी पूर्ण हुन्छ, कल्याणलाई थाहा थिएन।  ‘गायक छुट्टै हुने रहेछन्। एरेन्ज गर्नुपर्दो रहेछ। स्टुडियोमा गएर रेकर्ड गर्नुपर्दो रहेछ। कति जना मान्छेको मेहेनत पर्दो रहेछ। यो त राम्रै शास्त्र रहेछ भन्ने जानेँ,’ उनी हाँस्दै सुनाउँछन्।

चुडामणि र शक्तिसँगको ‘सत्संग’ले डोहोर्याएपछि उनले गीतकारको यात्रा तय गरे। ७ वटा पुगेपछि एल्बम्को तयारी भयो। कल्याणले पहिलो पटक लाइभ म्युजिक पनि आफ्नै गीतको सुने। त्योचाहिँ सुमित खड्काको आवाजमा रेकर्ड भएको राष्ट्रिय गान थियो।

त्यसयता उनी निरन्तर गीत र कवितामा आफूलाई तिखारिरहेका छन्। हालसालै कान्तिपुर दैनिकको ‘कोसेली’मा कल्याणको ‘अभाव यौटा शत्रुको’ शीर्षकको कविता प्रकाशित भएको थियो। हामीले सुन्ने इच्छा देखाएपछि उनी आफ्नो कविता पढ्न तम्सिए–

मलाई पछुतो एउटै कुराको छ,
मसँगको मान्छे शत्रु भन्नलायक पनि भएन
शत्रुता मलाई म जत्तिकै लाग्छ,
जसलाई मन नपरएर पनि इन्कार गर्न नसकियोस् 

उनी कविता त अदालतका जागिरे हुँदा पनि लेख्थे। त्यतिबेला न कविता सुनाउने मान्छे हुन्थे, न सुन्ने। उनकै भाषामा भन्दा अधिकांश समय ‘पेट पाल्ने विद्या’मा गयो। अहिले लाग्छ, ‘यदि सुन्ने मान्छे भइदिएको भए लेखिरहन पनि मन लाग्थ्यो होला।’

लगत्तै कल्याणले नयाँ कविता ‘विस्मृतितिर विमुख’ पनि पाठ गरे–

मलाई मानिसहरूको स्मृतिपटलबाट मुक्ति चाहिएको छ
म आफ्नो मृत्युको अमरत्वलाई 
तिम्रो यादको बन्दक हुन दिन चाहन्न

०००

कल्याणले स्कुले जीवन बागलुङको विद्या मन्दिरमा बिताए। त्यतिबेला स्कुलमा हरेक शुक्रबार साहित्य, संगीत गोष्ठी तथा वादविवादका कार्यक्रम आयोजना हुन्थे। उनी हरेक साता कार्यक्रमहरूमा सहभागी हुन्थे। एकपटक कविता लेखेर अञ्चलस्तरीय पुरस्कार समेत जितेका छन् कल्याणले।

त्यतिबेला स्कुलमा पढेका लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, गोपालप्रसाद रिमाल र लेखनाथ पौड्यालका कतिपय कविता अझै पनि कन्ठस्थै सुनाउन सक्छन् कल्याण।

स्कुलमा भएका यिनै संगीत, कविता र वक्तृत्वका कार्यक्रमले उनको आत्मविश्वासलाई मजबुत बनाएको थियो।

प्रधानन्यायाधीशमा नियुक्त हुँदा आफूले पढेको स्कुलले कल्याणलाई अभिनन्दन कार्यक्रमको आयोजना गरेको थियो। त्यतिबेला उनले स्कुलले आफ्नो जीवनमा लगाएको अमूल्य गुण सम्झिएका थिए।

विसं २०२४ सालअघिकै कुरा हो। उनी कक्षा ७ मा पढ्थे। स्कुलमा त्यतिबेला गणित र विज्ञान पढाउने शिक्षक थिएनन्। शिक्षकको माग राख्दै स्कुलको सञ्चालन समितिका सदस्य अञ्चलाधीशलाई भेट्न जाँदै थिए। सञ्चालक समितिको अध्यक्ष अञ्चलाधीश नै हुन्थे।

अध्यक्षलाई भेट्न सदस्यहरूसँग उनी पनि विद्यार्थी प्रतिनिधि भएर गए। उनी नांगो खुट्टाले धुलोमा टेक्दै कपडाको बल खेल्दै थिए। कपडा पनि मैलो र च्यातिएको थियो। उनलाई खेल्दाखेल्दैको ठाउँबाट बोलाएर लगिएको थियो।

उसो त अञ्चलाधीशको कोठामा पुग्नु भनेको बाघको अगाडि गएजस्तो हुन्थ्यो। जो कोहीले आँट नगर्ने ठाउँमा उनी पुग्दा अञ्चलाधीशले ठूला आँखा बनाउँदै भने, ‘ऊ को हो?’

उनलाई विद्यार्थी प्रतिनिधि भनेर सदस्यहरूले चिनाए। त्यसपछि समूहको तर्फबाट निर्धक्क स्वरमा कल्याणले अञ्चलाधीशका सामू कुरा राखे, ‘७ दिनभित्र शिक्षक ल्याउने ल्याउने भए ल्याउनू। नल्याउने भए आन्दोलन हुन्छ।’

धुस्रेफुस्रे ‘फुच्चे’को कडा आवाज सुनेर अञ्चलाधीश दंग परे। पछि आक्रोशित भएर थुन्ने धम्की समेत दिए।

‘त्यतिबेला स्कुलमा भएका गोष्ठीमा आत्मविश्वास बढेको थियो। नडराउने बनेको थिएँ,’ उनी सम्झन्छन्।

उनले अभिनन्दन कार्यक्रममा ती दिनको स्मरण गर्दै भनेका थिए, ‘यो स्कुलको वातावरणले मलाई अब्बल दर्जाको शिक्षा दियो भन्दिनँ। तर जुन स्तरको आत्मविश्वास दियो, त्यसले म हाडवर्ड, अक्सफोर्ड वा क्याम्ब्रिज नपढेकोमा कहिल्यै मिस गर्नुपरेन। बरु मैले यो स्कुलमा नपढेको भए म यो स्तरमा हुने थिइनँ।’

कल्याण ०३४ सालबाट न्यायिक सेवामा प्रवेश गरे। न्यायिक सेवामा लाग्नुमा पनि विद्यालयमा त्यतिबेला पढेका साहित्यका कतै न कतै प्रभाव पाउँछन् उनी। जुन उनका स्मृतिबाट आफूले पढेका कविता कहिल्यै गएल भएनन्। 

नेपाली साहित्यमा उनलाई बालकृष्ण समको बौद्धिक पक्ष सधैं मन परिरह्यो। लक्ष्मी प्रसाद देवकोटाको कोमलीयता मन परिरह्यो। भूपीका सरल र व्यंग्य जडित कविताले सधैं आकर्षित गराइरहे। वाशु शशिका भिन्न शैलीले तानिरहे। वाशु शशि सम्झना साथ उनी कविता ‘पुग्छु भनेर गएको ठाउँ’ सम्झन्छन्।

उनी नयाँ पुस्ताका कविहरूलाई पनि पढ्छन्, सुन्छन्। तर आजकलका कवितामा नाराहरू बढी भेट्छन् कल्याण। ‘शास्वत कुरा कम नाराबाजी बढी हुन्छन् कवितामा। सर्वकालिकता छैन। यहाँ लेखेको कविता अमेरिकामा पनि पढिनुपर्छ। अनुभूतिको सार्मभौमिकता हुनुपर्छ। अहिलेका कविता लोकरिझ्याइँमा बढी गएका हुन् कि,’ उनको ठम्याइ छ। 

गीत पनि उनलाई नारायण गोपालका समयकै मनपर्छन्। आजकलका गीतमा भने उनी ‘गेयात्मकता’ कम पाउँछन्। 

०००

कल्याणको करिब चार दशक ऐन र मुद्दा पढ्दैमा बित्यो। एउटा लयमा बगिरहेको जागिरे जीवनमा अचानक पूर्णविराम लाग्यो।

त्यो ०७३ साल, अवकाशको दिन थियो। ‘बज्दाबज्दैको संगीत झ्यााप्प रोकिँदा के हुन्छ? भरिएको गाग्रीलाई रित्याइदिएपछि के हुन्छ। सन्नाटा, रिक्तता। मलाई अवकाशपछिको दिन त्यस्तै भयो ’ उनी सम्झन्छन्। 

त्यो दिन साँझसम्म त उनी व्यस्त थिए। जब बिहान भयो, न गर्नुपर्ने काम छन्। न नगर्नुपर्ने काम। उनलाई केही समय त उदासी र दिक्दारीले छोयो।

एक समय त लाग्यो,  ‘जागिर नै किन खाएँ। यदि नखाएको भए यो शुन्यताको अनुभव हुन्न थियो कि!’

त्यो रिक्तता विस्तारै बाध्यतामा परिणत भयो। त्यसपछि त विभिन्न कार्यक्रहरूबाट निम्तो आउन थाल्यो। जीवनले नयाँ लय समात्यो। ‘पहिले न्याय क्षेत्रबारे मात्र बोल्नुपर्थ्यो। त्यसपछि धेरै विषयमा बोल्नुपर्यो। अनुशासन छरियो,’ उनी सुनाउँछन्।

एक वर्षयता भने कविता र गीतसँग सम्बन्ध गहिरिँदै गएको छ कल्याणको। नयाँ गीत लेख्दाको खुसी, त्यसलाई कम्पोज गर्दाको खुसी। अनि रेकर्ड गर्दाको खुसी। र सँगै आफूले लेखेको कविता पाठ गर्दाको खुसी।

उनले कविता ‘विस्मृतितिर विमुख’मा मानिसहरूको स्मृतिपटलबाट आफूलाई मुक्ति चाहिएको सुनाएका छन्। तर असल सर्जक स्मृतिपटलबाट भागेर टाढा जानै सक्दैन। त्यसैले कवि/गीतकार कल्याण जति ‘विस्मृतितिर विमुख’ हुन खोज्छन्, स्मृतिहरूले उनलाई उति नै पछ्याइरहन्छन्।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्