• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन ६, २०८२ Wed, Feb 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विपन्न र ज्येष्ठ नागरिकको सहारा बनेको गोकर्णेश्वर नगर अस्पताल सुविधासम्पन्न बन्ने बाटोमा

64x64
नेपाल लाइभ शनिबार, साउन २७, २०८०  ०९:५६
1140x725

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्तखान घर भएकी कल्पना भण्डारी अहिले नियमित चेकजाँचका लागि गोकर्णेश्वरको नगर अस्पताल जाने गर्छिन्। सोमबार उनी तेस्रो पटक नगर अस्पतालको सेवा लिन पुगेकी थिइन्। 

काठमाडांैका ठूला सबै अस्पताल चहारिसकेकी उनलाई अहिले घर-आँगनको यो अस्पतालको सेवा मन परेको छ। घरबाट गाडीमा आधा घन्टा लगाएर पुग्न सकिने अनि दुई घन्टामा सबै चेकजाँच गरेर घर फर्कन सकिने भएकाले उनी तेस्रो पटक आफ्नो नियमित जाँचका लागि नगर अस्पताल पुगेकी थिइन्।

कुनै समय प्राथमिक स्वास्थ्य चौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो तीन वर्षमा यो नगर अस्पताल सम्पन्न अस्पतालहरुझैं सबै रोगको नियमित परीक्षण गर्न सफल भएकाले आफ्नो परिवार नै यहाँ आएर उपचार गराउन थालेको उनले बताइन्। 

‘ठूला अस्पताल जाँदा दिनभर लाग्छ। दिनभर समय खर्चेर गयो अनि शुल्क पनि महँगो, अनावश्यक परीक्षणको झन्झट पनि बेहोरियो,’ उनले भनिन्, ‘तर नगर अस्पताल स्तरीय र नियमित परीक्षण हुँदा धेरै सहज भएको छ। धेरै कुरामा राहत भएको छ।’ उनले नेपाल मेडिकल कलेज, मेडिकेयरदेखि ओम अस्पतालसम्म पुगेर उपचार गराइन् तर त्यो भन्दा अहिले नगर अस्पतालले दिएको सेवामा उनी सन्तुष्ट छिन्। 

यो नगर अस्पतालमा ओपीडी लगायत ल्याब रिपोर्ट समेत समयमै आउने भएकोले आफू ढुक्क भएको उनले सुनाइन्। कति शुल्क लाग्यो त भन्ने प्रश्नमा उनले भनिन्, ‘एक रुपैयाँ पनि तिरेको छैन।’ नगरपालिकाका वडावडामा जेष्ठ नागरिकदेखि सबै नागरिकको बीमा गरिएको र बीमाको कार्ड देखाएपछि परीक्षणदेखि औषधिसम्म निशुःल्क पाइने गरेको उनले बताइन्।

363869188_668111302012380_344909110883921215_n1691483260.jpg

गोपिनी घिमिरे औषधिको लाइन भेटिइन्। उनी गत बिहीबार गोकर्णेश्वर नगर अस्पतालमा जँचाउन आएकी थिइन्। ‘छोराले जँचाउन ल्याएको थियो। अस्ति केही रिपोर्ट आउन बाँकी थियो। आज सबै देखाएँ। डाक्टरले औषधि लेखिदिनु भएको छ। खरिद गर्न लाइनमा बसेको,’ उनले उत्साही हुँदै भनिन्, ‘मेडिकल कलेजभन्दा धेरै राम्रो छ। सेवा छिटो छ।। औषधि सस्तो छ। परीक्षणहरु गर्न पनि सस्तो र सजिलै पालो आउँछ।’ 

गोपिनीले विगतमा मेडिकल कलेज लगायतका अस्पतालमा जचाउँदै आएकी थिइन्। तर नगर अस्पतालको सेवा देखेर यता आउन थालेको उनी बताउँछिन्। ‘नगरपालिकाले चलाएको अस्पताल सबैले राम्रो छ भने अनि आएको। साँच्चै राम्रो सेवा र सुविधा पाएँ,’ उनले भनिन्, ‘यहाँका स्थानीयलाई त सबै निःशुल्क रहेछ। बीमा पनि गरेको रहेछ। हामी जस्ता वृद्धवृद्धालाई धेरै राम्रो सेवा र राहत दिएको पाएँ।’

Ncell 2
Ncell 2

नगरकोट नजिक हलेदो भन्ने ठाउँमा घर भई हाल कागेश्वर मनहराको थली नजिकै बस्दै आएकी उनी बिरामी पर्दा उपचारका लागि भने गोकर्णेश्वर नगरपालिकाले चलाएको अस्पतालमा जाने गर्छिन्। अस्पतालमा यहाँकै स्थानीयबासीझैं सेवा पाएकोमा धेरै खुसी लागेको उनी बताउँछिन्।

गोकर्णेश्वर नगरपालिका सुन्दरजलीस्थित नयाँपाटीकी चित्रकुमारी दंगाल पनि नियमित रुपमा परीक्षणका लागि नगर अस्पताल पुग्ने गर्छिन्। उमेरले ७० को दशकमा टेकेकी उनलाई उक्त अस्पताल जान पैसा बोक्नु नपर्ने भएकाले पनि सहज भएको छ। ‘गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ। उक्त बीमाको कार्ड बोकेर नगर अस्पताल आयो। सबैै परीक्षण निःशुल्क हुन्छ,’ उनले भनिन्, ‘दुई दिनअघि सबै परीक्षण गराएर औषधि लिएर गएको थिएँ। तर घुँडा दुख्ने समस्यो बढ्यो अनि आएको हुँ।’ 

364252483_2890488534427381_2534319126213781442_n1691483260.jpg

अस्पतालको सेवा कस्तो लाग्यो त भन्ने प्रश्नमा उनले सबै सेवा एकदमै राम्रो र छिट्टै पालो आउने गरेको उनले बताइन्। सबै निःशुल्क उपचार हुने भएकाले कसैको भर पर्नपर्ने वा पैसा छैन, कसरी उपचार गर्नु भनेर बस्नुपर्ने अवस्था नभएको उनले बताइन्। 

‘एकदमै राम्रो छ। नगरपालिकाले बीमा गरेर धेरै राम्रो काम गरेको छ। हामी जस्ता जेष्ठ नागरिकलाई त झन् धेरै सेवा र राहत दिएको छ,’ उनले भनिन्, ‘कसैको भर पर्नु परेको छैन। पैसा छैन भनेर घरमा रोग पालेर बस्नु परेको छैन।’ 

उपचारका लागि नगर अस्पताल पुगेका भण्डारी, घिमिरे र दंगाल प्रतिनिधिमुलक भनाइले सरकारी अस्पतालप्रति भरोसा घट्दै गएको अवस्थामा काठमाडौंको गोकर्णेश्वर नगर अस्पतालले भने सेवाग्राहीको मन जित्दै गएको प्रष्ट हुन्छ।

‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइलाई चिर्दै गोकर्णेश्वर नगरपालिकाद्वारा सञ्चालित यो अस्पतालले भौतिक पूर्वाधार सम्पन्न नभए तापनि उपचारमा विज्ञ चिकित्सकको टोलीसहित छिटो, छरितो रुपमा सेवा प्रदान गरी सेवाग्राहीको मन जित्न सफल भएको छ। नगरपालिका र सञ्चालक समितिको अग्रसरता र प्राविधिकहरुको सहयोगमा सेवाग्राहीलाई उच्चस्तरको सेवा प्रदान गर्न अस्पताल सक्षम भएको हो।

१५ शय्याको अस्पतालमा दिनहुँ करिब ४ सयभन्दा बढी सेवाग्राही आउने गरेको  नगर अस्पतालका प्रशासन प्रमुख टीकाराम खड्काले बताए। प्रविधिमैत्री, अत्याधुनिक र गुणस्तरीय मेसिन, विशेषज्ञ सेवा, २४ घण्टे आकस्मिक सेवा र एम्बुलेन्स सेवा, रेडियोलोजी, एक्सरे, जनरल फिजिसिन, आँखा सेवा केन्द्र, थोरै शुल्कमा अधिकतम सुविधा अनि छिटो र छरितो सेवाले गर्दा सेवाग्राहीलाई सरल रुपमा उपचार गर्न सफल भएको सूचना अधिकारी खड्काले जानकारी दिए। अन्य अस्पतालले सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकेको स्वास्थ्य बीमाका सेवाग्राहीलाई समेत नगरपालिका र अस्पताल व्यवस्थापनको सहयोगमा स्वास्थ्य बीमा सेवालाई पनि चुस्त बनाएको छ।

364412109_411815714635707_959667965117935866_n1691483260.jpg

नेपाल मेडिकल शिक्षण अस्पताल जस्ता ठूला अस्पतालको उपस्थितिका बाबजुद पनि अस्पतालमा मुटु रोग, स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, हाडजोर्नी लगायत विशेषज्ञ सेवा भएको र सेवा शुल्कसमेत न्यून भएकाले अन्य अस्पतालको तुलनामा यो अस्पताल सबैको रोजाइ बन्ने गरेको स्थानीय सेवाग्राहीले बताउँछन्।

खासगरी निम्न आय भएका बिरामीका लागि भने यो अस्पतालले धेरै सेवा दिएको गोकर्णेश्वर नगरपालिका बडा नम्बर ४ का बडाध्यक्ष जयराम महतले बताए। 

महतले गोकर्णेश्वर गाउँ र शहर दुवै मिसिएको क्षेत्र भएको र अधिकांश गाउँलेहरुले उपचार नपाएर दुःख पाएकाले नगर अस्पताललाई स्तरीय बनाइएको उनले बताए। नगरपालिकाले पहल लिएर बीमाको रकम नआएसम्म भुक्तानी दिने अनि चिकित्सकदेखि अन्यलाई दरबन्दीमा राखी तलब खुनाउनुका साथै आफैं सक्रिय अनुगमन पनि गर्न थालेपछि यो अस्पतालले स्तरीय सेवा दिन थालेको  उनको दाबी छ। 

नगर अस्पतालले उपलब्ध गराएका सबै किसिमका सेवाबाट आफू सन्तुष्ट भएको स्थानीय सेवाग्राही जीना पौडेलले बताइन्। ‘सेवा राम्रो छ, प्राविधिक जनशक्ति अलि कम भएको जस्तो लाग्छ। सरकारी अस्तापालमा यत्तिको सेवालाई राम्रो भन्नुपर्छ,’ उनले भनिन्। 

त्यस्तै अस्पतालले आँखा सेवा पनि सुरु गरेको छ। नेपाल दृष्टि विशेषज्ञ संघ र गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा यो सेवा प्रारम्भ भएको सूचना अधिकारी खड्काले बताए। 

राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अन्तर्गत आधारभूत स्वास्थ्य सेवामा आँखा सेवालाई संलग्न गर्ने मुल मर्मलाई कार्यान्वयन गरेको वडाध्यक्ष तथा नगर अस्पताल सञ्चालक समितिका अध्यक्ष महतले बताए। उनले निम्न आय भएका व्यक्ति बिरामी भएको खण्डमा अन्य अस्पताल जाँदा धेरै पैसा खर्च हुने बताउँदै गोकर्णेश्वर नगर अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए। 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले अस्पताललाई भौतिक पूर्वाधार सम्पन्न बनाई उच्चस्तरको सेवा प्रदान गर्न नगरपालिकाले पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रविधिमैत्री, सेवालाई चुस्त बनाउँदै लैजाने बताए। 

364186707_299367975926475_7855429323557354825_n1691483260.jpg

नगरप्रमुख रिसालले अस्पतालको लागि २५ करोडको लागतमा सुविधा सम्पन्न भवन शिल्यान्यास पनि भएको बताए। यसको लागि संघ सरकारले १८ कारोड ५० लाख विनियोजन गरिसकेको र नपुग रकम नगरपालिकाले बेहोर्ने गरी निर्माणको प्रक्रिया पनि अघि बढेको उनले बताए। 

उनले भने, ‘अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले १८ करोड ५० लाख विनियोजन गरेको र बाँकी नपुग रकम नगरपालिकाले बेहोर्छ। अस्पतालको लागि २० रोपनीभन्दा बढी क्षेत्रफलको जग्गा बन कार्यालय, नगरपालिका र अन्य संघ–संस्थाको सहयोगमा प्राप्त भएको छ। भवन निर्माण गर्न डीपीआर भई ठेक्का लागिसकेको छ।’ 

नगर प्रमुख रिसालले आफू निर्वाचित हुँदा पहिलो वाचा नै नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। उक्त प्रतिवद्धता अनुसार नै हरेक वर्ष नगरले प्राथमिकता दिएर बजेटदेखि अस्पतालको अनुगमनसम्म गर्दा अहिलेको नतिजा निस्केको उनले बताए। 

‘सबै वाचा त पूरा गर्न सकेको छैन होला। तर नगर अस्पताललाई उच्च गुणस्तरीय अस्पताल बनाउने बाटोमा पाइला चाल्ने कामको सुरुवात गराउन सफल भएको छु,’ मेयर रिसालले भने, ‘साँघुरो ठाउँमा सेवा दिइरहेको अस्पताललाई अहिले नयाँ भवन निर्माण सम्पन्न हुने अवस्थामा छ। नयाँ आधुनिक प्रविधिका परीक्षणमा मेसिनहरु खरिद गरेर आधुनिक ल्याब सञ्चालनमा ल्याइएको छ। सय बेडको सुविधासम्पन्न अस्पतालका लागि जग्गा सुनिश्चित भई ठेक्का समेत लागेको छ।’ 

गोकर्णेश्वर नगरपालिकामा १५ शय्याको नगर अस्पतालसहित ११ वटा स्वास्थ्य केन्द्र रहेका छन्। ४ वटा स्वास्थ्य चौकी, ५ वटा शहरी स्वास्थ्य केन्द्र, एउटा नागरिक आरोग्य केन्द्र लगायतले सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको मेयर रिसालले बताए।

गोकर्णेश्वर नगरपालिकामा करिब १ लाख ५० हजार जनसंख्या रहेकामा २० प्रतिशत मानिसले स्वास्थ्य बीमा गरी सेवा लिएका छन्। ‘स्वास्थ्य बीमा गर्नेहरुको आर्कषण ह्वात्तै बढेको छ।

‘नगरभित्र रहेका अन्य अस्पतालहरु नेपाल मेडिकल कलेज, अर्थोपेडिक अस्पताल र शंकरापुर अस्पतालसँग पनि सम्झौता गरेर नगरबासीका लागि ७५ प्रतिशसम्म छुट दिन सक्ने व्यवस्था गरेका छौं,’ मेयर रिसालले भने, ‘मेरो पहिलो अजेण्डा नै नगरका नागरिकको निःशुल्क उपचार हो। यो अभियान अबको दुई वर्षमा लगभग पूरा हुने दिशामा अघि बढेको छ।’ 

364185024_178528601890663_3972994248585213928_n1691483260.jpg

नगर अस्पताल १६ महिनामा निर्माण सम्पन्न हुने र स्वास्थ्य बीमा, सम्पूर्ण उपचारदेखि काठमाडौंका कुनै पनि स्थानमा आईसीयू अभाव भए गोकर्णेश्वरको नगर अस्पतालले सेवा दिने रिसालको लक्ष्य छ। अनिवार्य स्वास्थ्य बीमामार्फत सबै नागरिकको उपचार गराएपछि पैसा नभएर उपचार गर्न नपाएका कारण कुनै पनि नगरबासीले ज्यान गुमाउन नपर्ने उनको भनाइ छ। 

सफल स्वास्थ्य बीमाको मोडल बनाउँदै मेयर रिसाल 
अहिले देशभर स्वास्थ्य बीमाको मोडल असफल र विवादास्पद हुँदै गएको छ। तर गोकर्णेश्वर नगरपालिकाले भने यसलाई सफल मोडलको रुपमा तीव्र गतिमा विस्तार गरिरहेको छ। ‘देशभर स्वास्थ्य बीमा असफल हुँदै गएकोले हामीले त्यसमा केही नयाँ विकल्पहरु अपनाएका छौं। जसले यसलाई सफल बनाउँछ,’ उनले भने, ‘स्वास्थ्य बीमाको भुक्तानी हरेक तीन÷तीन महिनामा आउने भएकाले त्यसको ब्याकअपका लागि नगरबाट भुक्तानी दिने गरेका छौं। उनीहरुले बीमाको पैसा आएपछि नगरलाई फिर्ता गर्ने गर्छन्।’

यसले गर्दा नगर अस्पताललाई अहिले कुनै आर्थिक संकट नपरेको उनले बताए। नगर अस्पतालले स्वास्थ्य बीमाको करिब १ करोड पैसा पाउन बाँकी छ तर अस्पताललाई सञ्चालनमा कुनै तनाव नभएको उनले दाबी गरे। 

‘चिकित्सकदेखि कर्मचारीको तलब नगरले खुवाउँछ। नगरले पनि उपचारका आर्थिक सहयोग गर्छ, अनि बीमाको भुक्तानीका लागि नगरले सहयोग गर्छ,’ मेयर रिसालले भने, ‘यसले गर्दा बीमाको मोडल सफल हुन्छ अनि नागरिकले कुनै पनि अवस्थामा बीमाबाट उपचार पाउन वञ्चित हुँदैनन्।’  

त्यस्तै नगरले अहिले मोबाइल क्लिनिक पनि सञ्चालन ल्याउने तयारी गरेको छ। यसले घरमै पुगेर सबै सेवा दिनेछ। जसले गर्दा अस्पतालसम्म आउन नसक्नेहरुलाई घरमा सेवा हुने मेयर रिसालको दाबी छ। यो वर्षको बजेटमा पहिलो प्राथमिकता नै स्वास्थ्यलाई नगरले दिएको छ। कोभिडको अवस्था देखेर आफूलाई नगर अस्पताल स्तरीय बनाउनुपर्छ भन्ने लागेपछि यसलाई महत्व दिएर बजेट छुट्याएको उनले बताए। 

बिहान ७ बजेदेखि ओपीडी सुरु 
नगर अस्पतालले स्थानीयलाई सहज रुपमा सेवा दिन बिहान ७ बजेदेखि नै ओपीडी सेवा सञ्चालनमा ल्याएको छ। बिहानैदेखि सेवा सुरु हुन थालेपछि स्थानीयको आर्कषण बढेको छ। 

बिहानै पालो आउने अनि अन्य काममा जान भ्याउने भएकाले नगर अस्पतालको सेवा धेरै राम्रो र सकारात्मक भएको तारेभीरदेखि उपचारका लागि आएकी कविता तामाङले बताइन्। नगरपालिको विकट क्षेत्र मानिने उक्त क्षेत्रबाट आएकी उनी बिहानै उपचार सुरु हुँदा समयमै घर फर्कने समय पनि पाएको र उपचार र चेकजाँचका लागि सहज भएकाले निकै खुसी छन्। अन्य अस्पतालमा १० बजे खुल्ने अनि दिनभरि लाइन चेकजाँच गर्दा समय धेरै खर्च भएको तर नगर अस्पतालमा २ घन्टामै सबै परीक्षण गर्न सफल भएको उनले बताइन्।  

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी
कांग्रेस केन्द्रीय समिति बैठकले गर्‍यो प्रतिज्ञापत्र अनुमोदन
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी बुधबार, फागुन ६, २०८२
कांग्रेस केन्द्रीय समिति बैठकले गर्‍यो प्रतिज्ञापत्र अनुमोदन बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
दाङ-२ मा प्रलोपा उम्मेदवार अधिकारीले गरे नेकपा उम्मेदवार आचार्यलाई समर्थन बुधबार, फागुन ६, २०८२
सुनचाँदीको मूल्य घट्यो बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेन–जी आन्दोलनप्रति ओलीको टिप्पणी:  एमाले सिध्याउन आगो लगाए मंगलबार, फागुन ५, २०८२
एमाले छाडेका जितेन्द्र देव काँग्रेसमा फर्किए मंगलबार, फागुन ५, २०८२
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ मंगलबार, फागुन ५, २०८२
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी बुधबार, फागुन ६, २०८२
टी-२० विश्वकप : स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्