• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विपन्न र ज्येष्ठ नागरिकको सहारा बनेको गोकर्णेश्वर नगर अस्पताल सुविधासम्पन्न बन्ने बाटोमा

64x64
नेपाल लाइभ शनिबार, साउन २७, २०८०  ०९:५६
1140x725

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्तखान घर भएकी कल्पना भण्डारी अहिले नियमित चेकजाँचका लागि गोकर्णेश्वरको नगर अस्पताल जाने गर्छिन्। सोमबार उनी तेस्रो पटक नगर अस्पतालको सेवा लिन पुगेकी थिइन्। 

काठमाडांैका ठूला सबै अस्पताल चहारिसकेकी उनलाई अहिले घर-आँगनको यो अस्पतालको सेवा मन परेको छ। घरबाट गाडीमा आधा घन्टा लगाएर पुग्न सकिने अनि दुई घन्टामा सबै चेकजाँच गरेर घर फर्कन सकिने भएकाले उनी तेस्रो पटक आफ्नो नियमित जाँचका लागि नगर अस्पताल पुगेकी थिइन्।

कुनै समय प्राथमिक स्वास्थ्य चौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो तीन वर्षमा यो नगर अस्पताल सम्पन्न अस्पतालहरुझैं सबै रोगको नियमित परीक्षण गर्न सफल भएकाले आफ्नो परिवार नै यहाँ आएर उपचार गराउन थालेको उनले बताइन्। 

‘ठूला अस्पताल जाँदा दिनभर लाग्छ। दिनभर समय खर्चेर गयो अनि शुल्क पनि महँगो, अनावश्यक परीक्षणको झन्झट पनि बेहोरियो,’ उनले भनिन्, ‘तर नगर अस्पताल स्तरीय र नियमित परीक्षण हुँदा धेरै सहज भएको छ। धेरै कुरामा राहत भएको छ।’ उनले नेपाल मेडिकल कलेज, मेडिकेयरदेखि ओम अस्पतालसम्म पुगेर उपचार गराइन् तर त्यो भन्दा अहिले नगर अस्पतालले दिएको सेवामा उनी सन्तुष्ट छिन्। 

यो नगर अस्पतालमा ओपीडी लगायत ल्याब रिपोर्ट समेत समयमै आउने भएकोले आफू ढुक्क भएको उनले सुनाइन्। कति शुल्क लाग्यो त भन्ने प्रश्नमा उनले भनिन्, ‘एक रुपैयाँ पनि तिरेको छैन।’ नगरपालिकाका वडावडामा जेष्ठ नागरिकदेखि सबै नागरिकको बीमा गरिएको र बीमाको कार्ड देखाएपछि परीक्षणदेखि औषधिसम्म निशुःल्क पाइने गरेको उनले बताइन्।

363869188_668111302012380_344909110883921215_n1691483260.jpg

गोपिनी घिमिरे औषधिको लाइन भेटिइन्। उनी गत बिहीबार गोकर्णेश्वर नगर अस्पतालमा जँचाउन आएकी थिइन्। ‘छोराले जँचाउन ल्याएको थियो। अस्ति केही रिपोर्ट आउन बाँकी थियो। आज सबै देखाएँ। डाक्टरले औषधि लेखिदिनु भएको छ। खरिद गर्न लाइनमा बसेको,’ उनले उत्साही हुँदै भनिन्, ‘मेडिकल कलेजभन्दा धेरै राम्रो छ। सेवा छिटो छ।। औषधि सस्तो छ। परीक्षणहरु गर्न पनि सस्तो र सजिलै पालो आउँछ।’ 

गोपिनीले विगतमा मेडिकल कलेज लगायतका अस्पतालमा जचाउँदै आएकी थिइन्। तर नगर अस्पतालको सेवा देखेर यता आउन थालेको उनी बताउँछिन्। ‘नगरपालिकाले चलाएको अस्पताल सबैले राम्रो छ भने अनि आएको। साँच्चै राम्रो सेवा र सुविधा पाएँ,’ उनले भनिन्, ‘यहाँका स्थानीयलाई त सबै निःशुल्क रहेछ। बीमा पनि गरेको रहेछ। हामी जस्ता वृद्धवृद्धालाई धेरै राम्रो सेवा र राहत दिएको पाएँ।’

Ncell 2
Ncell 2
nimb
nimb

नगरकोट नजिक हलेदो भन्ने ठाउँमा घर भई हाल कागेश्वर मनहराको थली नजिकै बस्दै आएकी उनी बिरामी पर्दा उपचारका लागि भने गोकर्णेश्वर नगरपालिकाले चलाएको अस्पतालमा जाने गर्छिन्। अस्पतालमा यहाँकै स्थानीयबासीझैं सेवा पाएकोमा धेरै खुसी लागेको उनी बताउँछिन्।

गोकर्णेश्वर नगरपालिका सुन्दरजलीस्थित नयाँपाटीकी चित्रकुमारी दंगाल पनि नियमित रुपमा परीक्षणका लागि नगर अस्पताल पुग्ने गर्छिन्। उमेरले ७० को दशकमा टेकेकी उनलाई उक्त अस्पताल जान पैसा बोक्नु नपर्ने भएकाले पनि सहज भएको छ। ‘गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ। उक्त बीमाको कार्ड बोकेर नगर अस्पताल आयो। सबैै परीक्षण निःशुल्क हुन्छ,’ उनले भनिन्, ‘दुई दिनअघि सबै परीक्षण गराएर औषधि लिएर गएको थिएँ। तर घुँडा दुख्ने समस्यो बढ्यो अनि आएको हुँ।’ 

364252483_2890488534427381_2534319126213781442_n1691483260.jpg

अस्पतालको सेवा कस्तो लाग्यो त भन्ने प्रश्नमा उनले सबै सेवा एकदमै राम्रो र छिट्टै पालो आउने गरेको उनले बताइन्। सबै निःशुल्क उपचार हुने भएकाले कसैको भर पर्नपर्ने वा पैसा छैन, कसरी उपचार गर्नु भनेर बस्नुपर्ने अवस्था नभएको उनले बताइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘एकदमै राम्रो छ। नगरपालिकाले बीमा गरेर धेरै राम्रो काम गरेको छ। हामी जस्ता जेष्ठ नागरिकलाई त झन् धेरै सेवा र राहत दिएको छ,’ उनले भनिन्, ‘कसैको भर पर्नु परेको छैन। पैसा छैन भनेर घरमा रोग पालेर बस्नु परेको छैन।’ 

उपचारका लागि नगर अस्पताल पुगेका भण्डारी, घिमिरे र दंगाल प्रतिनिधिमुलक भनाइले सरकारी अस्पतालप्रति भरोसा घट्दै गएको अवस्थामा काठमाडौंको गोकर्णेश्वर नगर अस्पतालले भने सेवाग्राहीको मन जित्दै गएको प्रष्ट हुन्छ।

‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइलाई चिर्दै गोकर्णेश्वर नगरपालिकाद्वारा सञ्चालित यो अस्पतालले भौतिक पूर्वाधार सम्पन्न नभए तापनि उपचारमा विज्ञ चिकित्सकको टोलीसहित छिटो, छरितो रुपमा सेवा प्रदान गरी सेवाग्राहीको मन जित्न सफल भएको छ। नगरपालिका र सञ्चालक समितिको अग्रसरता र प्राविधिकहरुको सहयोगमा सेवाग्राहीलाई उच्चस्तरको सेवा प्रदान गर्न अस्पताल सक्षम भएको हो।

१५ शय्याको अस्पतालमा दिनहुँ करिब ४ सयभन्दा बढी सेवाग्राही आउने गरेको  नगर अस्पतालका प्रशासन प्रमुख टीकाराम खड्काले बताए। प्रविधिमैत्री, अत्याधुनिक र गुणस्तरीय मेसिन, विशेषज्ञ सेवा, २४ घण्टे आकस्मिक सेवा र एम्बुलेन्स सेवा, रेडियोलोजी, एक्सरे, जनरल फिजिसिन, आँखा सेवा केन्द्र, थोरै शुल्कमा अधिकतम सुविधा अनि छिटो र छरितो सेवाले गर्दा सेवाग्राहीलाई सरल रुपमा उपचार गर्न सफल भएको सूचना अधिकारी खड्काले जानकारी दिए। अन्य अस्पतालले सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकेको स्वास्थ्य बीमाका सेवाग्राहीलाई समेत नगरपालिका र अस्पताल व्यवस्थापनको सहयोगमा स्वास्थ्य बीमा सेवालाई पनि चुस्त बनाएको छ।

364412109_411815714635707_959667965117935866_n1691483260.jpg

नेपाल मेडिकल शिक्षण अस्पताल जस्ता ठूला अस्पतालको उपस्थितिका बाबजुद पनि अस्पतालमा मुटु रोग, स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, हाडजोर्नी लगायत विशेषज्ञ सेवा भएको र सेवा शुल्कसमेत न्यून भएकाले अन्य अस्पतालको तुलनामा यो अस्पताल सबैको रोजाइ बन्ने गरेको स्थानीय सेवाग्राहीले बताउँछन्।

खासगरी निम्न आय भएका बिरामीका लागि भने यो अस्पतालले धेरै सेवा दिएको गोकर्णेश्वर नगरपालिका बडा नम्बर ४ का बडाध्यक्ष जयराम महतले बताए। 

महतले गोकर्णेश्वर गाउँ र शहर दुवै मिसिएको क्षेत्र भएको र अधिकांश गाउँलेहरुले उपचार नपाएर दुःख पाएकाले नगर अस्पताललाई स्तरीय बनाइएको उनले बताए। नगरपालिकाले पहल लिएर बीमाको रकम नआएसम्म भुक्तानी दिने अनि चिकित्सकदेखि अन्यलाई दरबन्दीमा राखी तलब खुनाउनुका साथै आफैं सक्रिय अनुगमन पनि गर्न थालेपछि यो अस्पतालले स्तरीय सेवा दिन थालेको  उनको दाबी छ। 

नगर अस्पतालले उपलब्ध गराएका सबै किसिमका सेवाबाट आफू सन्तुष्ट भएको स्थानीय सेवाग्राही जीना पौडेलले बताइन्। ‘सेवा राम्रो छ, प्राविधिक जनशक्ति अलि कम भएको जस्तो लाग्छ। सरकारी अस्तापालमा यत्तिको सेवालाई राम्रो भन्नुपर्छ,’ उनले भनिन्। 

त्यस्तै अस्पतालले आँखा सेवा पनि सुरु गरेको छ। नेपाल दृष्टि विशेषज्ञ संघ र गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा यो सेवा प्रारम्भ भएको सूचना अधिकारी खड्काले बताए। 

राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अन्तर्गत आधारभूत स्वास्थ्य सेवामा आँखा सेवालाई संलग्न गर्ने मुल मर्मलाई कार्यान्वयन गरेको वडाध्यक्ष तथा नगर अस्पताल सञ्चालक समितिका अध्यक्ष महतले बताए। उनले निम्न आय भएका व्यक्ति बिरामी भएको खण्डमा अन्य अस्पताल जाँदा धेरै पैसा खर्च हुने बताउँदै गोकर्णेश्वर नगर अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए। 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले अस्पताललाई भौतिक पूर्वाधार सम्पन्न बनाई उच्चस्तरको सेवा प्रदान गर्न नगरपालिकाले पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रविधिमैत्री, सेवालाई चुस्त बनाउँदै लैजाने बताए। 

364186707_299367975926475_7855429323557354825_n1691483260.jpg

नगरप्रमुख रिसालले अस्पतालको लागि २५ करोडको लागतमा सुविधा सम्पन्न भवन शिल्यान्यास पनि भएको बताए। यसको लागि संघ सरकारले १८ कारोड ५० लाख विनियोजन गरिसकेको र नपुग रकम नगरपालिकाले बेहोर्ने गरी निर्माणको प्रक्रिया पनि अघि बढेको उनले बताए। 

उनले भने, ‘अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले १८ करोड ५० लाख विनियोजन गरेको र बाँकी नपुग रकम नगरपालिकाले बेहोर्छ। अस्पतालको लागि २० रोपनीभन्दा बढी क्षेत्रफलको जग्गा बन कार्यालय, नगरपालिका र अन्य संघ–संस्थाको सहयोगमा प्राप्त भएको छ। भवन निर्माण गर्न डीपीआर भई ठेक्का लागिसकेको छ।’ 

नगर प्रमुख रिसालले आफू निर्वाचित हुँदा पहिलो वाचा नै नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। उक्त प्रतिवद्धता अनुसार नै हरेक वर्ष नगरले प्राथमिकता दिएर बजेटदेखि अस्पतालको अनुगमनसम्म गर्दा अहिलेको नतिजा निस्केको उनले बताए। 

‘सबै वाचा त पूरा गर्न सकेको छैन होला। तर नगर अस्पताललाई उच्च गुणस्तरीय अस्पताल बनाउने बाटोमा पाइला चाल्ने कामको सुरुवात गराउन सफल भएको छु,’ मेयर रिसालले भने, ‘साँघुरो ठाउँमा सेवा दिइरहेको अस्पताललाई अहिले नयाँ भवन निर्माण सम्पन्न हुने अवस्थामा छ। नयाँ आधुनिक प्रविधिका परीक्षणमा मेसिनहरु खरिद गरेर आधुनिक ल्याब सञ्चालनमा ल्याइएको छ। सय बेडको सुविधासम्पन्न अस्पतालका लागि जग्गा सुनिश्चित भई ठेक्का समेत लागेको छ।’ 

गोकर्णेश्वर नगरपालिकामा १५ शय्याको नगर अस्पतालसहित ११ वटा स्वास्थ्य केन्द्र रहेका छन्। ४ वटा स्वास्थ्य चौकी, ५ वटा शहरी स्वास्थ्य केन्द्र, एउटा नागरिक आरोग्य केन्द्र लगायतले सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको मेयर रिसालले बताए।

गोकर्णेश्वर नगरपालिकामा करिब १ लाख ५० हजार जनसंख्या रहेकामा २० प्रतिशत मानिसले स्वास्थ्य बीमा गरी सेवा लिएका छन्। ‘स्वास्थ्य बीमा गर्नेहरुको आर्कषण ह्वात्तै बढेको छ।

‘नगरभित्र रहेका अन्य अस्पतालहरु नेपाल मेडिकल कलेज, अर्थोपेडिक अस्पताल र शंकरापुर अस्पतालसँग पनि सम्झौता गरेर नगरबासीका लागि ७५ प्रतिशसम्म छुट दिन सक्ने व्यवस्था गरेका छौं,’ मेयर रिसालले भने, ‘मेरो पहिलो अजेण्डा नै नगरका नागरिकको निःशुल्क उपचार हो। यो अभियान अबको दुई वर्षमा लगभग पूरा हुने दिशामा अघि बढेको छ।’ 

364185024_178528601890663_3972994248585213928_n1691483260.jpg

नगर अस्पताल १६ महिनामा निर्माण सम्पन्न हुने र स्वास्थ्य बीमा, सम्पूर्ण उपचारदेखि काठमाडौंका कुनै पनि स्थानमा आईसीयू अभाव भए गोकर्णेश्वरको नगर अस्पतालले सेवा दिने रिसालको लक्ष्य छ। अनिवार्य स्वास्थ्य बीमामार्फत सबै नागरिकको उपचार गराएपछि पैसा नभएर उपचार गर्न नपाएका कारण कुनै पनि नगरबासीले ज्यान गुमाउन नपर्ने उनको भनाइ छ। 

सफल स्वास्थ्य बीमाको मोडल बनाउँदै मेयर रिसाल 
अहिले देशभर स्वास्थ्य बीमाको मोडल असफल र विवादास्पद हुँदै गएको छ। तर गोकर्णेश्वर नगरपालिकाले भने यसलाई सफल मोडलको रुपमा तीव्र गतिमा विस्तार गरिरहेको छ। ‘देशभर स्वास्थ्य बीमा असफल हुँदै गएकोले हामीले त्यसमा केही नयाँ विकल्पहरु अपनाएका छौं। जसले यसलाई सफल बनाउँछ,’ उनले भने, ‘स्वास्थ्य बीमाको भुक्तानी हरेक तीन÷तीन महिनामा आउने भएकाले त्यसको ब्याकअपका लागि नगरबाट भुक्तानी दिने गरेका छौं। उनीहरुले बीमाको पैसा आएपछि नगरलाई फिर्ता गर्ने गर्छन्।’

यसले गर्दा नगर अस्पताललाई अहिले कुनै आर्थिक संकट नपरेको उनले बताए। नगर अस्पतालले स्वास्थ्य बीमाको करिब १ करोड पैसा पाउन बाँकी छ तर अस्पताललाई सञ्चालनमा कुनै तनाव नभएको उनले दाबी गरे। 

‘चिकित्सकदेखि कर्मचारीको तलब नगरले खुवाउँछ। नगरले पनि उपचारका आर्थिक सहयोग गर्छ, अनि बीमाको भुक्तानीका लागि नगरले सहयोग गर्छ,’ मेयर रिसालले भने, ‘यसले गर्दा बीमाको मोडल सफल हुन्छ अनि नागरिकले कुनै पनि अवस्थामा बीमाबाट उपचार पाउन वञ्चित हुँदैनन्।’  

त्यस्तै नगरले अहिले मोबाइल क्लिनिक पनि सञ्चालन ल्याउने तयारी गरेको छ। यसले घरमै पुगेर सबै सेवा दिनेछ। जसले गर्दा अस्पतालसम्म आउन नसक्नेहरुलाई घरमा सेवा हुने मेयर रिसालको दाबी छ। यो वर्षको बजेटमा पहिलो प्राथमिकता नै स्वास्थ्यलाई नगरले दिएको छ। कोभिडको अवस्था देखेर आफूलाई नगर अस्पताल स्तरीय बनाउनुपर्छ भन्ने लागेपछि यसलाई महत्व दिएर बजेट छुट्याएको उनले बताए। 

बिहान ७ बजेदेखि ओपीडी सुरु 
नगर अस्पतालले स्थानीयलाई सहज रुपमा सेवा दिन बिहान ७ बजेदेखि नै ओपीडी सेवा सञ्चालनमा ल्याएको छ। बिहानैदेखि सेवा सुरु हुन थालेपछि स्थानीयको आर्कषण बढेको छ। 

बिहानै पालो आउने अनि अन्य काममा जान भ्याउने भएकाले नगर अस्पतालको सेवा धेरै राम्रो र सकारात्मक भएको तारेभीरदेखि उपचारका लागि आएकी कविता तामाङले बताइन्। नगरपालिको विकट क्षेत्र मानिने उक्त क्षेत्रबाट आएकी उनी बिहानै उपचार सुरु हुँदा समयमै घर फर्कने समय पनि पाएको र उपचार र चेकजाँचका लागि सहज भएकाले निकै खुसी छन्। अन्य अस्पतालमा १० बजे खुल्ने अनि दिनभरि लाइन चेकजाँच गर्दा समय धेरै खर्च भएको तर नगर अस्पतालमा २ घन्टामै सबै परीक्षण गर्न सफल भएको उनले बताइन्।  

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना बिहीबारदेखि भने देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने बताइएको छ । सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्