• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

ललिता निवास प्रकरण: ‘महङ्गा वकिल’का दलिलले हिरासतमुक्त होलान् आरोपी?  

64x64
नेपाल लाइभ शुक्रबार, साउन ५, २०८०  १३:५९
1140x725

काठमाडौं– सर्वोच्च अदालतको इजलास नम्बर ८। मुख्य भवनको बीच भागको एउटा कोठा। कानुन व्यवसायीहरु हातमा ठूल्ठूला ठेली र फाइल बोक्दै छिर्छन्। बेञ्च (कुर्सी)मा बस्छन्। 

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदी कोठामा प्रवेश गरेपछि सबैजना उठ्छन्। न्यायाधीश आफ्नो आसनमा बसेपछि सबैजना बस्छन्। न्यायाधीशले फाइल पल्टाउँछन्। कागजमा केही हेर्छन्, र नाम सुनाउँछन्। हातमा ठूल्‌ठूला ठेली र फाइल बोकेका कानुन व्यवसायीहरु बोल्न थाल्छन्– ‘श्रीमान्…।’ 

सोमबारदेखि हरेक दिन बिहान ११ बजेदेखि ८ नम्बर इजलासमा वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरु धाइरहेका छन्। जहाँ ललिता निवास प्रकरणको पछिल्लो अनुसन्धानका आरोपीको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ भइरहेको छ।

रिटमाथिको सुनुवाइअन्तर्गत बिहीबार नै बहस सकिएको छ। शुक्रबार सुनुवाइ सकेर सर्वोच्च अदालतले रिटका सन्दर्भमा निर्णय सुनाउनेछ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकामध्ये केही आरोपीले दायर गरेको रिटको पक्ष र विपक्षमा भएका बहसहरु केलाएर सर्वोच्चले निर्णय सुनाउनेछ। 

बहालवाला सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।   

बिहीबार वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले रिट निवेदकको पक्षबाट जवाफी बहस गरे। राष्ट्रिय सभाका पूर्व सांसद समेत रहेका अधिकारी सर्वोच्चमा बन्दीको निवेदन दर्ता भएर सुनुवाइ सुरु भएदेखि नै ध्यान दिएर बहस सुन्दै आएका छन् भने जवाफ पनि दिँदै आएका छन्। उनी वहालवाला सचिव कृष्णबहादुर राउतको पक्षमा वहस गर्दै आएका छन्। 

राउतसहितले दायर गरेको निवेदनसहित यो विवादमा सर्वोच्च अदालतमा ६ वटा निवेदनमाथि ४ दिनसम्म निरन्तर बहस भयो। १ दिन सरकारी पक्षले बहस गरे भने ३ दिन निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नाम चलेका कानुन व्यवसायीहरुले बहस गर्दै उनीहरुलाई हिरासतमुक्त गरिनुपर्ने भनेर अनेक दलिल पेस गरे। 

सोमबार बहसको सुरुवात नै वरिष्ठ अधिवक्ताले गरे। वरिष्ठ अधिवक्ता नरेन्द्र गौतमले बहसको थालनी गरेका थिए। उनीपछि पूर्व महान्यायाधिवक्ता सुशील पन्तले बहस गरे। पन्तले बहसका क्रममा सीआईबी  र त्यसले गरेको अनुसन्धानमाथि नै प्रश्न उठाए। पन्तले सीआईबीको नाममा  निर्देशनात्मक आदेश नै जारी गर्नुपर्ने माग गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

बसहका लागि उत्रिएका कानुन व्यवसायीमध्ये सबैभन्दा ‘जुनियर’ सुलभ खरेल मात्रै थिए।  उनले बहालवाला सचिव राउतको तर्फबाट सुरुवाती बहस गरे। अरु प्रतिवादीका तर्फबाट सुरुवाती बहस गर्न भने वरिष्ठ अधिवक्ताहरुकै लाइन थियो। 

वरिष्ठ अधिवक्तासहित न्याय परिषदका पूर्व सदस्य उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरु ललित बस्नेन, पंकज कर्णले पनि आरोपीका पक्षमा अनेक तर्कहरु इजलासमा गरे। 

निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता र पूर्व महान्यायाधिवक्ता समेत रहेका व्यक्तिहरु बहसमा उत्रिएपछि सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल आफैं बहसका लागि उपस्थित भए। बुधबार बहस गरेका महान्यायाधिवक्ता पोखरेलले राज्यको कुनै अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेर थुनामा राख्दैमा अभियोग नै ठहर भएजसरी बहस गर्न र तर्क गर्न जरुरी नहुने बताए।  राज्यको सुरु अनुसन्धानले केही व्यक्तिहरु शंकास्पद देखेपछि पक्राउ गरेको र अनुसन्धानले संलग्नता नदेखिएमा छोड्ने भएकाले मौलिक हक नै हनन गर्‍यो भनि आलोचना गर्न नमिल्ने जिकिर गरे। 

सरकारी पक्षबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सह न्यायाधीवक्ता लोकराज पराजुलीसहितले पनि बहस गरे।  

वरिष्ठहरुको साझा जिकिर– हदम्याद, भ्रष्टाचार मुद्दा र थुनामा विभेद किन?
ललिता निवासको जग्गा प्रकरणमा सीआईबीले गरेको पछिल्लो छानबिनका क्रममा पक्राउ परेका व्यक्तिहरुको रिहाइको दाबीसहित इजलासमा बहस गर्न उत्रिएका वरिष्ठ अधिवक्तामध्ये धेरैले एकैखाले कुराहरुमा जोड दिए। निवेदक पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले ३ वटा विषयमा एउटै धारणा राखे। 

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीदेखि सूर्य कोइराला सम्मले समान कुरामा बहसका क्रममा जोड गरेका थिए। उनीहरुले हदम्याद, भ्रष्टाचार मुद्दा र थुनामा विभेद गरिएको विषय साझा रुपमा उठाए। 

ललिता निवास प्रकरणले २ वर्षको हदम्याद नाघेको  र अहिले आएर अनुसन्धानका लागि भन्दै मानिस पक्राउ गर्नु गैर संवैधानिक र गैरकानुनी हुने उनीहरुको जिकिर थियो। उनीहरुले पक्राउ गर्ने समयमा कीर्तेको अनुसन्धानका लागि भनेर पक्राउ पूर्जी जारी भएको, तर पछि संगठित अपराधमा म्याद थप गरेकोमा पनि प्रश्न उठाए। 

२०७० सालमा मात्र संगठित अपराधको ऐन आएकाले २०६७ मा परेको उजुरीमा त्यसलाई देखाएर अनुसन्धान हुन नसक्ने उनीहरुको जिकिर छ। अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले विशेष अदालतमा यही प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेकाले अहिले पुन: अनुसन्धान गर्ने भन्दै पक्राउ गर्नु गलत नियत भएको पनी उनीहरुको साझा दाबी थियो। 

निवेदक तर्फका कानुन व्यवसायीले संयुक्त रुपमा उठाएको अर्को विषय थियो– थुनामा विभेद। एकै दिन पक्राउ परेका व्यक्तिहरुकै बीचमा पनि विभेद गरिएको उनीहरुको दाबी थियो। मालपोत कार्यालयका पूर्व कर्मचारी हुपेन्द्रमणी केसी, कलाधर देउजासहितका १७ जना र अन्यलाई फरक व्यवहार भएको उनीहरुको जिकिर थियो। 

उनीहरुलाई अदालतको अन्तरिम आदेश देखाएर पक्राउ परे लगत्तै रिहा गर्ने, तर गुरुङ, शाहसहितका आरोपीलाई भने एकपछि अर्को म्याद थप गरेर थुनामा राख्नु गलत नियत भएको उनीहरुको दाबी थियो। 

महङ्गा वकिलका दलिलले हिरासतमुक्त होलान् आरोपी? 
ललिता निवासको जग्गा व्यक्तिको कायम गर्न भएको सरकारी दस्तखत तथा कागजात कीर्ते प्रकरणमा पक्राउ पर्नेहरु धेरैजसो उच्च पदस्थ र प्रभावशाली व्यक्ति छन्। बहालवाला सचिवसहित सरकारका भूतपूर्व पदाधिकारी तथा धनाड्य व्यापारी मीनबहादुर गुरुङलाई रिहा गराउन पनि ‘महङ्गा’ वकिलहरुले नै बहस गरे। 

आरोपीको पक्षमा बहस गर्न उत्रिएका वरिष्ठ अधिवक्तासहितका कानुन व्यवसायी आफ्नो सेवा–शुल्कका हिसाबले महङ्गा वकिलको रुपमा गनिन्छन्। उनीहरुले बहस तथा पैरवी गरेबापत सेवाग्राहीबाट १ लाखदेखि १० लाख रुपैयाँ प्रतिबहसको लिने गरेको बताइन्छ। 

सर्वोच्च अदालतले पनि ललिता निवास प्रकरणको पछिल्लो अनुसन्धानमा पक्राउ परेका आरोपीहरुको बन्दीको निवेदनमा सुनुवाइ गर्न प्राथमिकता नै दिएको छ। नयाँ आर्थिक वर्षको पहिलो महिना (साउन)को पहिलो साता न्यायालयमा नियमित मुद्दाको सुनुवाइका लागि इजलास बस्दैन। न्यायाधीशहरु अघिल्लो आर्थिक वर्षमा फर्स्योट भएका मुद्दाको फैसला तथा आदेश लेखनमा केन्द्रित हुने हुँदा साउनको पहिलो साता आकस्मिक बाहेकका मुद्दा हेर्न इजलास राखिँदैन।

ललिता निवास प्रकरणका आरोपीहरुको निवेदन बन्दी प्रत्यक्षीकरणको भएकाले सर्वोच्चले पनि प्राथमिकता दिएर साउन २ गतेदेखि सुनुवाइ गरिरहेको छ। बिहीबारसम्म बहस सकिएको छ। सर्वोच्चले शुक्रबार उनीहरुको निवेदनमा निर्णय सुनाउँदैछ।  

सर्वोच्चले सुनाउने निर्णयले ललिता निवास प्रकरणको पछिल्लो अनुसन्धानको बाटोलाई पनि निर्धारण गर्नेछ। किनभने यसअघि पक्राउ परेर पनि केही आरोपीहरु सर्वोच्चले पहिले नै जारी गरेको आदेश देखाएर छुटेका छन्। 

सर्वोच्चले अहिले थुनामा रहेका आरोपीहरुको पक्षमा निर्णय सुनाए उनीहरु थुनामुक्त हुनेछन्। उनीहरुलाई पक्राउ गर्ने अनुमति सदर गरेमा भने प्रहरी अनुसन्धान सकेर मुद्दा अदालत पुगी थुनछेक आदेश नहुञ्जेलसम्मलाई उनीहरुले थुनामा बस्नुपर्नेछ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान
त्रिभुवन राजपथ र कान्ति राजमार्ग दुईतर्फी सञ्चालनमा
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
त्रिभुवन राजपथ र कान्ति राजमार्ग दुईतर्फी सञ्चालनमा शुक्रबार, असोज २, २०८३
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ शुक्रबार, असोज २, २०८३
विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौं : सिंह शुक्रबार, असोज २, २०८३
संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌– मैले देख्न चाहेको संसद् यस्तै हो शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्