• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
ललिता निवास प्रकरण

छुट्ने आस बोकेर सर्वोच्च धाइरहेका मीनबहादुरहरुको मुद्दामा पन्छिँदैछन् न्यायाधीश? 

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०८०  २०:३४
1140x725

काठमाडौं- ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी आइतबार न्यायाधीशद्वय शुष्मालता माथेमा र लितप्रसाद श्रेष्ठको इजलासमा पेसीतोकिएको थियो। उक्त मुद्दाको पालो ९ नम्बरमा रहेको थियो।

बन्दीको मुद्दा भएका कारण उक्त मुद्दा सुनुवाइ हुने आससहित वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बारका अध्यक्ष सहितको कानुन व्यवसायीको जम्बो टोली तयारीका साथ ११ बजे नै इजलास पुगेको थियो। उनीहरु इजलास पुग्दै गर्दा सर्वोच्च परिसर र महान्यायाधिवक्ता कार्यालय परिसरमा भने आज पनि सुनुवाइ नहुने खासखुस सुनिन्थ्यो। सर्वोच्च परिसरमा भेटिएका केही कानुन व्यवसायीले बिहान अर्को दिन बहसको पेसी तोक्नेसम्म आदेश हुने अड्कल गरेका थिए। मुद्दाको लागि प्रतिरक्षा बहस गर्ने तयारीमा रहेको सरकारी पक्ष पनि बहस नै सुरु हुनेमा ढुक्क थिएनन्। 

आशंकाकै बीचमा आइतबार मुद्दाको सुनुवाइ पनि त्यस्तै भयो। ६ थान मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्नुपर्ने र करिब ३ बजेमात्र बहसको पालो आएपछि न्यायाधीशहरुले अर्को मिति तोकेर सुनुवाइ गर्ने विषयमा कानुन व्यवसायीसँग राय मागे। कानुन व्यवसायीले पनि इजलासको कुरा स्वीकार गरे। उनीहरुकै सहमति अनुसार इजलासले मुद्दाको अर्को सुनुवाइ साउन १ गते हुने आदेश जारी गर्‍यो। 

यसरी सुनुवाइमा अलमलत भएको यो पहिलो पटक हैन, पटकपटक इजलासमा पेसी चढ्ने तर एकपछि अर्को रुपमा सर्ने हुँदै आएको छ। सर्वोच्चमा एकपछि अर्को इजलासमा पेसी चढिरहँदा उनीहरुलाई आइतबार नै जिल्ला अदालत पेसी गरेर पाँच दिन म्याद थप गरिएको छ। चौथो पटक म्याद थप भइसक्दा पनि उनीहरुको बन्दीसम्बन्धी मुद्दा सर्वोच्चले सुनुवाइ गर्न सकेको छैन। 

असार १३ गते दर्ता भएको बन्दीको निवेदन एक पटक मात्र आदेश भएको छ। शाह र गुरुङको निवेदनमा असार १५ गते न्यायाधीश कुमार चुडालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि दोस्रो सुनुवाइको पेसी असार १९ गते तोकिएको थियो। उक्त दिन हेर्न नभ्याउने हुँदै स्थगित भयो। लगत्तै असार २१ गते अर्को पेसी तोकियो। उक्त दिन न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी तोकियो। उक्त विवादमा रेग्मीको पनि नाम जोडिएकाले उनले हेर्न नमिल्ने हुँदै स्थगित भयो। त्यसको भोलिपल्ट नै असार २२ गते मुद्दाको पेसी तोकियो। 

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको थियो। उक्त दिनमा सरकारी पक्षले यसअघि टीकाराम घिमिरेसहितले दायर गरेको रिटमा भएको अन्तरिम आदेश खारेज हुनुपर्ने भन्दै भ्याकेटको निवेदन दर्ता भएको कुरा इजलासमा पेसी भयो। यही अन्तरिमका कारण बन्दीको निवेदन लिएर शाह र गुरुङसहितका निवेदन पुगेकोले कुनलाई पहिला निकास दिने विवाद सुरु भयो। न्यायाधीशहरुले यो विषय पहिला किनारा हुनुपर्ने र भ्याकेटको निवेदनमा विपक्षलाई जानकारी नदिई कसरी सुनुवाइ गर्ने भनी कानुन व्यवसायीहरुलाई प्रश्न राख।

यो विवादसँगै उक्त दिन पनि सुनुवाइ भएन। इजलासले घिमिरे सहितका १७ जनालाई भ्याकेटको निवेदनबारे जानकारी दिँदै सबै मुद्दा सँगै राख्ने आदेश गर्‍यो। यही बीचमा सचिव कृष्णबहादुर राउत पक्राउ परे। उनले पनि असार २७ गते बन्दीको निवेदन पेस गरे। उनको निवेदनमा सर्वोच्चको एकल इजलासले बन्दीसहित २४ घन्टाभित्र उपस्थित हुन आदेश गर्‍यो। उक्त आदेशपछि चढेको पेसीमा सबै मुद्दालाई साथै राख्ने आदेश भयो।

यो आदेशपछि आइतबार २०७९ साउन देखि २०८० असारसम्म दर्ता भएका ६ थान निवेदनलाई साथै राखी पेसी तोकियो। तर सुनुवाइ हुन नसकेपछि उनीहरु चौथो पटक थप भएको म्यादमा हिरासतमै रहनुपर्ने भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सुनुवाइबाट किन पन्छिँदैछन् न्यायाधीशहरु? 
संयुक्त इजलासले यो मुद्दामा दुई वटा कुरा टुङ्गो लगाउनु पर्नेछ। कीर्तेमा हदम्याद छ कि छैन र बन्दीबाट फौजदारी आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई रिहाइ गरेर अनुसन्धान गर्नु भन्न मिल्छ कि मिल्दैन? 
ललिता निवास प्रकरण सार्वजनिक सञ्चार माध्यमदेखि सबैको चासो र प्राथमिकतामा रहेको छ। यो कुरा सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि बुझेका छन्।

एउटा सरकारी निकायले अनुसन्धानका लागि पक्राउ गरिरहँदा अदालतबाट धरौटीमा रिहा गर्ने आदेश दिँदा आलोचनाको तारो अदालत र न्यायाधीश हुने कुरा इजलासमा सहभागी हुने न्यायाधीशहरुले पनि राम्ररी बुझेका कारण यो मुद्दा एकपछि अर्को रुपमा पन्छाउने कार्य भइरहेको पक्षका कानुन व्यवसायीको टिप्पणी छ।

यसअघि अन्तरिम आदेश देखाएका कारण केही व्यक्ति पक्राउ परे लगत्तै रिहा भएको र थप पक्राउ परेकाहरु पनि रिहाइ गर्न आदेश गर्दा हाइप्रोफाइल व्यक्तिहरु जोडिएको घोटला प्रकरणको अनुसन्धान प्रभावित हुने सीआईबीले दर्ता गरेको भ्याकेटको निवेदनमा जिकिर गरिएको छ।

उनीहरुले प्रमाण नष्ट गर्न सक्ने र अनुसन्धानमा पनि सहयोग नगर्ने भएकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सीआईबीको जिकिर छ। तर पक्षका कानुन व्यवसायीहरुले भने एउटै प्रकरणमा व्यक्तिलाई पटकपटक पक्राउ गर्ने अनि गैरकानुनी थुनामा राख्न नमिल्ने दाबी गरेका छन्। उनीहरुले दर्ता गरेको बन्दीको निवेदनमा पनि यही दाबी गरिएको छ।

Xtrem

Xtrem

यही प्रकरणमा केही व्यक्ति अदालतको आदेश देखाएर रिहा हुने तर आफूहरुलाई गैरकानुनी थुनामा राखिराख्नु गैरकानुनी हुने जिकिर उनीहरुको छ। अनुसन्धानका लागि आफूहरु सहयोग गर्ने र देशबाट अन्यत्र नभाग्ने भएकाले धरौटी वा साधारण तारेखमा रिहा हुनुपर्ने उनीहरुको जिकिर छ। 

तर, न्यायाधीशहरुले यो विवादमा सुनुवाइ गर्नेभन्दा अर्को इजलासमा पन्छाउने गरिरहेको देखिन्छ। आइतबार सुनुवाइ सुरु गर्दै हेर्दाहेर्दै राख्न सकिने भए पनि इजलासले त्यस्तो गर्न नचाहेर नै आदेश गरेको पक्षका कानुन व्यवसायीको आरोप छ। एक वरिष्ठ अधिवक्ताले न्यायाधीशहरुले सकेसम्म सुनुवाइ गर्नेभन्दा पन्छाउनेतिर गइरहेको बताए। ‘अहिले विवादित मुद्दा हेरेर आदेश गर्नेभन्दा पन्छाउने नियत सबैमा देखियो’ ती वरिष्ठ अधिवक्ताले भने, ‘कति दिन यसरी सर्ने हो।’

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ?
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ
सम्बन्धित सामग्री
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको सात स... बिहीबार, असोज १५, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १३ गते सिरहाको मिर्चैया नगरपालिका–५ बाट २५... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन शुक्रबार, असोज १६, २०८३
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ? शुक्रबार, असोज १६, २०८३
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ शुक्रबार, असोज १६, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्