काठमाडौं– गायक स्वरुपराज आर्चायको स्वर रहेको ‘धुँवा धुँवा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।
निर्माण टिमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमकाबिच भिडियो रिलिज गरेको हो। सो अवसरमा स्थानीय कलाकार तथा संगीतकर्मीहरूको उपस्थिति रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ।
गीतमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ। धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनको मिक्सिङ तथा मास्टरिङ छ। जसमा प्रान्जल न्यौपाने र स्मृती श्रेष्ठको अभिनय रहेको छ।
उत्सब दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्। प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो तरङ्ग द वेभ क्रियशनबाट बजारमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।