काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटको लागि राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड जुटाउने लक्ष्य राखेको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट अनुसार वैदेशिक अनुदानबाट ४९ अर्ब ९२ करोड जुटाउने तयारी गरेको छ।
यस्तै, अपुग ४ खर्ब ५२ अर्ब ७५ करोड पूर्ती गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड जुटाइनेछ। र नपुग २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट ब्योहोर्ने सरकारको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।