• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

चिया, अदुवा र अलैँची निर्यातमा भारतकै भर, साढे ११ अर्ब भित्रियो

64x64
नेपाल लाइभ मंगलबार, जेठ १६, २०८०  २१:४७
1140x725

काठमाडौं– सरकारले यसवर्षको नीति तथा कार्यक्रममा चिया अलैँची र अदुवा निर्यात बढाउन विशेष कार्यक्रम अघि सारेको छ। यस्तो कार्यक्रम गत वर्षहरुमा पनि समेटिएको थियो। यसको फलस्वरुप चिया अलैँची र अदुवा निर्यातबाट नेपालले राम्रै आम्दानी गर्दै आएको छ।

केन्द्रीय भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्त (१० महिना) सम्ममा चिया, अलैँची र अदुवा निर्यात गर्दा ११ अर्ब ५२ करोड ९९ लाख ४६ हजार रुपैयाँ भित्रिएको छ। जसमध्ये १४७८४.५८ मेट्रिक टन चिया निर्यात हुँदा ३ अर्ब ३४ करोड ७५ लाख १४ हजार रुपैयाँ भित्रिएको छ भने ८९२१.९७ मेट्रिक टन अलैँची निर्यात हुँदा ७ अर्ब २८ करोड १६ खर्ब ७८ हजार रुपैयाँ भित्रिएको छ।

यस्तै २०१२९.७८ मेट्रिकटन अदुवा निर्यात गर्दा ९० करोड ७ लाख ५४ हजार रुपैयाँ भित्रिएको विभागले जनाएको छ। तर, चिया अलैँची र अदुवा यी तिन वटै वस्तुको सबैभन्दा ठूलो हिस्सा भारतमा निर्यात हुने गरेको छ। तसर्थ यी तिन वस्तु निर्यातमा नेपाललाई भारतकै भर रहेको पाइएको छ।

९० प्रतिशत चिया भारतमा निर्यात
चियाकफी विकास बोर्डका कार्यकारी निर्देशक भट्टराईले नेपालबाट निर्यात हुने चियामध्ये ९० प्रतिशत भन्दा बढी भारतमा निर्यात हुने गरेको बताए। 

‘नेपाली चियाको ९० प्रतिशतभन्दा बढी निर्यात भारतमा हुन्छ। तर प्रत्येक वर्ष हुने बाधा, झन्झटिलो प्रक्रिया र नेपाली चिया कमसल तथा मिसावट रहेको जस्ता आरोप लाग्ने गरेका कारण नेपाली चिया अब्बल हुँदाहुँदै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ। र यी बाध्यता हटाउन पहल गरिरहेका छौं,’ उनले भने।  

यस्तै उत्पादन प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धान नहुँदा समस्या निर्यातमा निम्तिएको र त्यस्ता समस्या समाधानको काम भइरहेको उनले बताए। नेपाली चियाको गुणस्तर राम्रो भएपछि अहिले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जानकारी दिए।

चालू आर्थिक वर्षको १० महिनासम्ममा ३ अर्ब ३४ करोड ७५ लाख १४ हजार रुपैयाँको १४७८४.५८ मेट्रिक टन चिया निर्यात भएको छ। जसमध्ये सबैभन्दा बढी २ अर्ब ९९ करोड ३६ लाख ९६ हजार रुपैयाँको १४४४९.६६ मेट्रिक टन चिया भारतमा निर्यात भएको छ। यो ८९ प्रतिशतले बढी हो।

८ करोड ८१ लाख ३८ हजार रुपैयाँको ४०.९७ मेट्रिक टन चिया जर्मनीमा, ६ करोड ४७ लाख ९१ हजार रुपैयाँको १६४.६१ मेट्रिक टन चिया रसिया, ५ करोड ७३ लाख ६९ हजार रुपैयाँको २६.१९ मेट्रिक टन चिया अमेरिका निर्यात भएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै २ करोड ७२ लाख २३ हजार रुपैयाँको १८.८८ मेट्रिक टन चिया नेदरल्याण्ड, २ करोड ६५ लाख ४९ हजार रुपैयाँको ९.८४ मेट्रिक टन चिया फ्रान्स, २ करोड १ लाख ३२ हजार रुपैयाँको १०.९० मेट्रिक टन चिया जापानमा र अन्य देशमा ८ करोड ४ लाख ३९ अजार रुपैयाँको चिया निर्यात भएको छ।

९७ प्रतिशत अलैँची भारतमै 
चालू आर्थिक वर्षको १० महिनामा ७ अर्ब २८ करोड १६ लाख ७८ हजार रुपैयाँको ८९२१.९७ मेट्रिक टन अलैँची निर्यात भएको छ। यो गत वर्षहरुमध्ये हालकै उच्च हो। जसमध्ये सबैभन्दा ठूलो हिस्सा भारतमा निर्यात भएको विभागले जनाएको छ। भारतमा मात्रै ७ अर्ब २६ करोड ८ लाख ८ हजार रुपैयाँको ८८७७.१३ मेट्रिक टन अर्थात् ९७ प्रतिशत अलैँची निर्यात भएको छ।

दोश्रो पाकिस्तानमा १ करोड ९० लाख १३ हजार रुपैयाँको ४३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ भने इटालीमा १० लाख ९ हजार रुपैयाँको ७५० केजी, अमेरिकामा २ लाख १४ हजार रुपैयाँको २४० केजी र जर्मनीमा ६ लाख ३५ हजार रुपैयाँको ९५ केजी अलैँची निर्यात भएको छ।

भारतमा मात्रै ७६ करोडको अदुवा निर्यात 
विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा ९० करोड ७ लाख ५४ हजार रुपैयाँको २०१२९.८८ मेट्रिक टन अदुवा निर्यात भएको छ। जसमध्ये सबैभन्दा ठूलो हिस्सा ७६ करोड ६६  लाख ४६ हजार रुपैयाँको १९८८५१.२७ मेट्रिक टन अदुवा भारतमा निर्यात भएको छ। यो कूल निर्यातमध्येको ८५ प्रतिशत हो।

दोश्रो जर्मनीमा १२ करोड २५ लाख ७७ हजार रुपैयाँको १९५.४९ मेट्रिक टन निर्यात भएको  तेश्रो कतारमा ७० लाख ९८ हजार रुपैयाँको १८.५० मेट्रिक टन निर्यात भएको छ। यस्तै अन्य, जापान २४ लाख ७३ हजार रुपैयाँको १.९२ मेट्रिक टन, बंगलादेशमा १९ लाख ५ हजार रुपैयाँको २८.५० मेट्रिक टन, नेदरल्याण्डमा ५३ हजार रुपैयाँको २० केजी र वेलायतमा ३ हजार रुपैयाँको ५ केजी अदुवा निर्यात भएको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
सम्बन्धित सामग्री
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा धारणा राख्दै उनले हालसम्म निर्माण ग... शुक्रबार, जेठ १, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। शुक्रबार, जेठ १, २०८३
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोज... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्