• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेता कसरी अछुतो?

हेमन्त मल्ल ठकुरी बिहीबार, वैशाख २८, २०८०  २०:११
1140x725

नक्कली शरणार्थी प्रकरण अहिले सबैको चासोको विषय बनेको छ। नेपाली कांग्रेसका नेता एव पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि यो प्रकरण झन रहस्यमय र नेताहरुको नेक्सस जोडिएको देखिएको छ।

विगतदेखि वर्तमानसम्म हेर्ने हो भने पनि यस्ता ठूला काण्डहरु अनन्त: पार्टीमै गएर वा शीर्ष नेतामा गएर ठोकिएको देखिन्छ। नक्कली भुटानी शरणार्थी प्रकरण पनि यस्तै भएको छ। यो प्रकरणको अनुसन्धान भने सहज छैन। यसको अनुसन्धान गम्भीर मोडमा पुगेको सहजै देख्न सकिन्छ।

अब अनुसन्धानको समय दुई साताभन्दा कम छ। हामीले हेर्ने भनेको उजुरीमा भएका पीडितको उजुरीको दाबी र तथ्यहरुको खोजी हो। भुटानी शरणार्थी प्रकरणमा अनुमानभन्दा कमै उजुरी आएका छन्। यसमा मलाई अहिले दुई, तीन वटा काम गर्दा होला जस्तो लाग्छ। दुई महिनामा यत्रो व्यापक क्षेत्र भएको विषयको अनुसन्धान टुंगिदैन। यसका लागि समय लाग्छ । किनकी यो ठूलो र शक्तिशाली व्यक्तिहरु जोडिएको अपराधको नेक्ससकै खोजी हो।

यसका लागि प्रहरीको अनुसन्धान सँगसँगै  छुट्टै विस्तृत छानबिनका लागि टोली अथवा समिति बनाएर छानबिन गर्नुपर्छ। यसमा राजनीतिकर्मीलाई राख्नु हुँदैन। यसले कुन तहको अपराध हो र अपराधको व्यापकता काहाँसम्म फैलिएको छ पत्ता नलाग्न सक्छ। राजनीतिक तहभन्दा बाहिर राखेर अनुसन्धान गरिएमा त्यसले सबै पक्षको सलग्नता र उनीहरुको सम्बन्ध खोजी हुने छ।

उच्च पदस्थत व्यक्तिहरुविरुद्ध उजुरी गर्न डराउँछन्। प्रमाण दिन, बोल्न, बयान पनि डराउँछन्। यो प्रकरणमा शीर्ष तहकै नेताहरुसम्‍मको संलग्नता देखिन्छ। यसरी शक्तिशाली व्यक्तिमाथि उजुरी गरेर प्रमाण दिदाँ आफू र आफ्नो परिवारमाथि केही हुन्छ कि भन्ने असुरक्षा महसुस नागरिकले गर्छन्।

समय छ भने अहिले के गर्दा उपयुक्त हुन्छ भने यो मुद्दामा लैजानेसँगै विस्तृत छानबिन पनि थालनी गरौं। यसका लागि सर्वोच्चको एउटा निर्देशिका छ। जसले अनुसन्धानको गोप्यता कायम गर्ने, साक्षी लगायतका अधिकारका कुरा गरिदिन्छ। त्यसले कसले के बोल्यो भन्ने कुराको थाहा हुँदैन। प्रमाणको चुहावट पनि हुँदैन। त्यस्तो अवस्थामा मान्छेहरु खुला रुपमा सहयोग गर्न आउँछन्। 

उजुरी दिनेहरु र प्रमाण दिनेहरुले पनि विश्वास गरेर उपलब्ध गराउँछन्। माथिल्लो तहका व्यक्ति सहभागी भएको अवस्थामा प्रहरीलाई सरकारको सहयोग चाहिन्छ। हामीले जे–जति ठूला गरे पनि सरकारको सहयोग बिना यस्ता प्रकृतिका अनुसन्धान गर्न प्रहरीलाई सहज हुँदैन।

शीर्ष नेताको सलग्नता छ?
यो प्रकरणमा हालसम्म शीर्ष तहमा अनुसन्धान पुगेको देखिँदैन। तर, उच्च पदस्थ व्यक्तिको संग्लनता छ भन्ने कुरा त माथिल्लो तहका नेताहरुको छटपट्टीमार्फत् पनि थाहा हुन्छ। अनुहार नै देख्न नचाहने दलका शीर्ष नेताहरु दिनमा चार पटक किन भेटिरहेका छन्? उनीहरुको नियमित भेटघाटले शंकाहरु जन्माउँछ। अनुसन्धानको सुरुवात नै शंकाबाट हुने हो।

nimb
nimb
Ncell 2
Ncell 2

माथिल्लो तहका व्यक्तिको संग्लनातालाई यसले नै पुष्टि गरेको छ। एउटा कुरा के प्रष्ट हुनुपर्छ भने गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयमा मन्त्रीले अहिले सचिव आफैले राख्न सक्छ त। मेरो बुझाईमा सक्दैन। पार्टीको नेतृत्वकर्ताले, सरकारका प्रमुखहरुले आफ्नो स्वार्थको हिसाब हेरेर सचिव राख्ने चलन कसैबाट लुकेको छैन। यो प्रकरणमा पनि पक्राउ परेका सचिवलाई कसको स्वार्थमा ल्याइयो। यो कुरा उनको बयानले नै बताउने देखिन्छ।

उनले गृहमा आउँदा कति चलखेल गरेर त्यहाँ आउनुको उनको जिम्मेवारी के थियो भनेर प्रश्न गर्ने हो भने सबै नेक्सस खुल्छ। यसरी खुल्ने नेक्सस शीर्ष नेता तहमै पुग्ने निश्चित छ। त्यसै सुरक्षा विज्ञमा राखिएको व्यक्ति पनि कसको इन्ट्रेसमा त्यहाँ आयो यसको खोजी पनि हुनैपर्छ। यसमा पनि शीर्ष नेता नै जोडिने निश्चित छ। अहिले आएर हेर्दा गृहसचिव पनि नक्कली भुटानी शरणार्थी बनाउने उद्देश्यका लागि ल्याएका हुनकि भन्ने शंका देखिन्छ। 

धेरैले प्रश्न पनि के उठाए भने, गृह मन्त्रालयले किन भुटानी शरणार्थीका लागि नयाँ छानबिन समिति बनायो। यसमा पनि विचौलियाका मानिसहरु राखेर भन्ने प्रश्न अनुत्तरित छ। यसको उत्तर खोज्ने हो भने यसको खेल पनि बुझिन्छ। यही समितिले बनाएको त्यहि फाइल भेरिफिकेसन गर्नका लागि फाइल बाहिर ल्याएको हो कि भन्ने आशंकासमेत गर्न सक्ने ठाउँ देखिन्छ। 

त्यसैले माथिल्लो तहको जुन कुरा गर्दा त्यहाँ शंका गर्ने आधार हरु प्रशस्त छन्। कुनै समय एक सेवानिवृत्त गृहसचिवज्यूहरुसँग मेरो कुरा हुँदा नेपाल सरकारका गोप्य डकुमेन्टहरु कसरी राखिन्छ भनेर सोधेको थिएँ। उनले मलाई यी डकुमेन्टहरु यस्तो सेपमा राखिने जसको दुई वटा मात्र साँचो हुने बताएका थिए। भुटानी शरणार्थी सम्बन्धी फाइल पनि पक्कै त्यही सेपमा थियो होला।

यी सेप दुईवटा चाबीले खुल्ने गर्छन्। त्यसमा सरकारका महत्वपूर्ण डकुमेन्टहरु राखिन्छ। महत्वपूर्ण निर्णयहरु हुन्छन्। त्यसमा ०४६ सालका आन्दोलन ताका बनेका समितिहरुका ड्कुमेन्टहरु पनि थिए होलान्। ०६२/०६३ का जनआन्दोलनका समितिहरुका प्रतिवेदन होलान्। सुनकाण्ड लगायतका विभिन्न काण्डहरुका समितिहरु होलान्। ती डकुमेन्टहरु त्यहाँ राखिन्छन्। त्यसको एउटा चाबी सचिवसँग हुन्छ। अर्को शायद शान्ति सुरक्षा महाशाखाको प्रमुखसँग हुन्छ। चाबीसँग पहुँच नै नभएको मान्छे गृहमन्त्रीको सुरक्षा सल्लाहकारले कसरी अध्ययन गर्न पायो।

यसमा कसको संलग्नता छ? यसमा शीर्ष तहका नेता अथवा तत्कालीन प्रधानमन्त्रीलाई जानकारी नभइ हुनै सक्दैन। यो कसरी लिक भयो। त्यसबाट पनि  शंका उत्पन्न हुन्छ यसमा शीर्ष तहकै संलग्नता छ। यो अनुसन्धान भनेको निकै पेचिलो विषय हो। यसमा एक लाखभन्दा बढी मान्छेहरु विदेशसमेत गइसकेका छन्। तीनीहरुलाई अहिले नै नक्कली भन्न सकिँदैन।

ती मान्छेहरु अमेरिका, युरोप, अष्टेलिया गएका छन्। त्यसमा संयुक्त राष्ट्र संघकोसमेत संग्लग्नता छ। अहिले त त्यहाँ पनि गलत भयो कि भनेर कुरा उठेको छ। ती राष्ट्रहरुले कहिँ गलत मान्छे पो गए कि भनेर छानबिन गर्‍यो भने नेपालको अवस्था के होला? शान्ति सम्झौताको जिम्मा लिएको, नेपालभरीको प्रशासनिक कामको जिम्मा लिएको, तीनवटा सुरक्षा निकाय जसको मातहतमा पर्ने मन्त्रालयमा यस्तो कार्य कसरी भयो? त्यस्तो मन्त्रालयका प्रमुखहरुबाट यस्तो बदमासी भएपछि देशभित्र त अविश्वास हुन्छ नै अन्तर्राष्ट्रिय रुपमा पनि हुन्छ। यो अब नेपालको मात्र रहने विषय नभई बाहिरका एजेन्सीसँग पनि ठोकिन जान्छ।

जस्तो नेपाल प्रहरी इन्टरपोलदेखि अन्य अन्तर्राष्ट्रिय सुरक्षा निकायसँग दैनिक रुपमा काम गर्दछ। राष्ट्रिय अनुसन्धान भनेको विदेशका इन्टेलिजेन्स एजेन्सीसँग सम्पर्कमा रहन्छ। यस्ता महत्वपूर्ण निकायलाई गभर्न गर्ने एजेन्सी हो गृहमन्त्रालय भनेको। यसले नेपालकै सुरक्षा निकायको क्रेटिबेलिटीमा ठूलो धक्का पुर्‍याउँछ। हामीलाई परिचय दिने नागरिकता जारी गर्ने मन्त्रालय पनि यही हो। शान्ति सुरक्षाको जिम्मा लिने मन्त्रालय हो। सुरक्षाको प्रत्याभूति दिने मन्त्रालय हो। 

त्यो मन्त्रालयको नेतृत्वले यस्तो बदमासी गर्दछन् भने देशभित्र मात्रै नभएर बाह्य एजेन्सीसँगको सम्बन्धसमेत प्रभावित बन्न पुग्छ र अविश्वास बढ्छ। अहिले हाम्रो पासपोर्टको रेटिङ तल पुगिरहेको अवस्था छ। भ्रष्टाचारको अवस्थाले गर्दा, कालोधनले गर्दा, हाम्रो नेताहरुको व्यवस्थापन र राज्य सञ्चालनको कमजोरीले गर्दा हाम्रो अवस्था खस्किँदै गइरहेको छ। हाम्रो सरकारी कागजको ‘भ्यालू’ पनि तल गइरहेको छ। यस्तै कामकारबाहीले गर्दा यस्तो अवस्था सिर्जना भएको हो।
 
अन्तर्राष्ट्रिय हस्तक्षेप वा दबाब छ कि छैन? 
केही दिनदेखि यो विषयमा नेपालको मात्र नभई अन्तर्राष्ट्रिय दबाबको कुरा पढ्न पाइएको छ। तर, यसमा अन्तर्राष्ट्रिय हस्तक्षेप भयो होला भन्ने मलाई लाग्दैन। विदेशीहरुले पैसा उठाएको होला भन्ने पनि मलाई लाग्दैन। अहिले आन्तरिक अनुसन्धान भइरहेको छ। यसैमा विश्वास गर्नुपर्दछ। यहाँ हरेक कुरालाई विदेशीसँग लगेर जोडिदिने चलन छ। हामीले पनि धेरै अन्तर्राष्ट्रिय निकायसँग मिलेर सयुक्त अनुसन्धान गरेका छौं।

उनीहरुको सद्भाव र सहयोग चाहिँ रहन्छ। हस्तक्षेप चाहिँ गर्दैन। मेरो अनुभवमा विदेशी निकायहरुले हामीले सहयोग मागेरमा अवश्य गर्ने छन् तर यसरी गर वा यसलाई पक्राउ गर भन्दैनन्। भुटानी शरणार्थी प्रकरणमा पनि मलाई यस्तै लाग्दछ। 
लेखक नेपाल प्रहरीका पूर्व डिआइजी हुन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ?
सम्बन्धित सामग्री
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बराम... मंगलबार, जेठ १२, २०८३
प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोब... सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्