• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दरबार हाइस्कुलमा फस्टाइरहेको कौसी खेती

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, वैशाख २३, २०८०  १६:१३
1140x725

काठमाडौं– माध्यमिक तहका विद्यार्थीहरूका लागि काठमाडौँ महानगरपालिकाले छोटो अवधिको सीपमूलक तालिम सञ्चालन गरेको थियो। तालिमको परिणाम केही स्कुलमा देखिँदै गएको छ। 

दरबार हाइस्कुलमा महानगरको तालिमपश्चात् सहरी तथा कौसी तरकारी खेती फस्टाइरहेको छ। 

यो स्कुल अन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयल परिसर साग, खुर्सानी, भिण्डी लगायतका तरकारीका कारण हराभरा भएको देखिन्छ।

महानगरपालिकाले शैक्षिक सत्र १२ वैशाख, २०८०बाट माध्यमिक कक्षाका लागि तालिम सञ्चालन गरेको थियो। 

दुई विद्यालयमा महानगरपालिकाले ५/५ लाख रुपैयाँ अनुदान दिएको थियो।

संस्कृति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव अधिकारीका अनुसार विद्यालय कम्पाउण्डको खाली ठाउँमा तरकारीका विरुवा रोपिएको हो। तरिकारी खेतीका लागि विद्यार्र्थी समूह निर्माण गरिएको छ। परामर्शदाता तथा विज्ञहरूसँग सहयोग लिइएको छ। तरकारी रोप्नकै लागि २ वटा टावर निर्माण गरिएका छन्। एउटा टावरमा करिब ३५ वटा प्वाल छन्। 

हरेक प्वालमा तरकारीका विरुवा रोपिएका छन्।

विद्यालयले एक महिनामा तरकारी उत्पादन सुरु हुने लक्ष्य लिएको छ। प्रधानाध्यापक अधिकारी भन्छन्, ‘यहाँ उत्पादन भएको तरकारी छात्राबासमा प्रयोग गर्ने लक्ष्य छ। तरकारी विक्री गर्न सकियो भने यसबाट आएको रकम विद्यार्थी कल्याण कोष बनाएर संकलन गर्छौँ। यसबाट विद्यार्थीहरूको क्षमता विकासमा खर्च गर्ने छौँ।’ 

Ncell 2
Ncell 2

यसैगरी महानगरपालिकाले क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ उपलब्ध गराएको छ। सहरी तथा कौसी खेतीमा यस विद्यालयसँगै अन्य विद्यालयका विद्यार्र्थीहरूकले पनि रुचि देखाएका छन्। 

तरुणका विद्यार्थी तालिम लिदैं 

बालाजुस्थित तरुण माध्यमिक विद्यालयका ३० जना विद्यार्र्थीले गत शुक्रबारबाट तालिम लिन सुरु गरेका छन्। कक्षा ९ मा ८५ जनाभन्दा धेरै विद्यार्थी छन्। उनीहरूमध्ये रुचिका आधारमा विद्यालयले खेतीका लागि ३० जना विद्यार्र्थीहरूको समूह बनाइएको छ। 

तालिमकी प्रशिक्षक टावर ग्यालेक्सका संस्थापक प्रलिशा अधिकारीले भनिन्, ‘पहिलो दिनको कक्षामा हामीले कृषि र सहरी खेतीका विषयमा विद्यार्थीहरूको बुझाइ र रुचिका विषयमा जानकारी लियौँ।’ 

प्रशिक्षक अधिकारीका अनुसार विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित माटो, मल र बीउका प्रकार चिनाउने, उत्पादन बढ्ने वातावरण र तत्वबारे जानकारी दिने, जैविक मल बनाउन सिकाउने लगायतका सीप सिकाइने छ। प्रविधिमा आधारित खेती, माटो र मलको मिश्रण, विरुवाको हेरचाह, नर्सरी, विरुवामा थांग्रा लगाउने विषयमा सिकाइने छ। 

पुस्तकविहीन कार्यक्रमलाई प्रयोगात्मक बनाइँंदै

माध्यमिक तहमा आधारभूत ज्ञान र सीप सहितको शिक्षालाई व्यावहारिक बनाउन महानगरले पुस्तकविहीन कार्यक्रमलाई अघि बढाएको छ। 

विद्यालय तह पूरा गर्दा कम्तिमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो।

महानगरपालिकाका शिक्षा अधिकृत सीताराम कोइरालाले ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी रुपमा लागू भएको बताए। ‘अहिले शुक्रबारलाई बुक फ्रि फ्राइडे भनेका छौँ। हामीले यो कार्यक्रम सामुदायिक विद्यालयमा मात्रै लागू गरेका छौं,’ उनले भने।

कोइरालाले गत शुक्रबार अनुमगनका क्रममा उपलब्धिमूलक परिणाम प्राप्त गरेको बताए। 

कोइरालाका अनुसार महानगरभित्रका ८९ सामुदायिक विद्यालयमा ‘पुस्तकविहीन शुक्रबार’ अभियान सञ्चालन गरिएको छ। ‘हामीले स्कुललाई पनि पर्याप्त समय दिएका छौँ। अभियानअनुरुप अधिकार शिक्षकहरूलाई दिइएको छ,’ उनले भने। 

कक्षा ९ मा नमूनाका रुपमा थालिएको ९० घण्टा अवधिको तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। 

फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपत् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला तालिमका विधा छन्। 

विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास गर्नसामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थ सहभागी गराइने छ।

हरेक तालिमको १ समूहमा २० देखि ३० जनासम्म विद्यार्थी राखिने महानगरपालिकाले जनाएको छ।

विद्यालयले पठाएको प्रस्तावका आधारमा तालिम सञ्चालन गर्न महानगरले अनुदान रकम उपलब्ध गराउने जनाइएको छ।

हाल ११ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषय पठनपाठन भइरहेका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै मंगलबार, पुस २९, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्