• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

होमियोप्याथी: जीवन बचाउने नवीनतम् उपचार पद्धति

डा खगेन्द्र ओली सोमबार, चैत २७, २०७९  ०९:३६
1140x725

सन् १७५५ अप्रिल १० मा महामानव डा क्रिश्चियन फ्रेड्रिक सामुएल हैनीमेनको जन्म भयो। उनी इतिहास बनाउने महामानव थिए। उनको जन्म जर्मनीको सेक्सोनी शहरको मिसिल गाउँमा भएको थियो। उनका बुबाको नाम क्रिश्चियन गडफ्रीड हेनीमेन र आमाको नाम जोहाना क्रिश्चियाना थियो। उनी परिवारको तेस्रो सन्तान थिए। उनको जन्म एक गरीब परिवारमा भएको थियो  बुबा माटोको भाँडामा रंगका बुट्टा लगाउने काम गर्दथे। गरीबिको कारण उनले १२ वर्षको उमेरसम्म स्कूल जान पाएनन्। उनको अध्ययन गर्ने रुची अत्याधिक भएका कारण अभावका बाबजुत पनि उनलाई बुबाले स्कूल भर्ना गरिदिए। स्कूल जान थालेको ८ वर्षमा नै उनले माध्यमिक शिक्षा पुरा गरे उनलाई चिकित्सक बनेर सेवा गर्ने ठूलो इच्छा थियो। उनी असल सोचाईका व्यक्ति थिए। उनको त्यो मेहनती, मिजासिलो र जिज्ञासु स्वभावले गर्दा उनलाई आफ्नै शिक्षक मिस्टर मजिष्टर मुलरले आफ्नो सन्तान सरह माया गरी पढाईमा ठूलो सहयोग गरे। 

माध्यमिक शिक्षा पुरा भए पछि उनि चिकित्साशास्त्र अध्ययनका लागि लाइपसोग गए। आर्थिक अवस्था कमजोर भएकोले उनले आफ्नो अध्ययन पुरा गर्न विभिन्न पुस्तकहरु अंग्रेजी, फ्रेन्च, जर्मनी आदि भाषामा अनुवाद गर्नथाले। यहाँसम्म आईपुग्दा उनी १२ भाषामा राम्रो दख्खल राख्न सक्ने भएका थिए। त्यो समयमा पुस्तक एक भाषाबाट अर्को भाषामा अनुवाद गर्नु त्यति सजिलो थिएन पैसा पनि राम्रै पाइन्थ्यो। त्यही आयस्रोतको आधारमा उनले सन् १७७९ मा आलिङ्गन युनिभर्सिटीबाट मेडिकल (चिकित्साशास्त्रको सर्जरी विषयमा एमडी पास गरे र हस्पीटल विरामीका सेवामा उपचारकको रुपमा काम गर्न थाले। उनका जम्मा १२ जना सन्तान थिए। तिनिहरुको लालनपोषण गर्न सधै उनीलाई धौ धौ परिरहन्थ्यो र उनी थप घर खर्च जुटाउन चिकित्सकिय कार्यका साथै विभिन्न पुस्तकहरु अनुवाद गर्ने कार्य जारी राखे। उनी यो अवस्थासम्म आईपुग्दा थुप्रै बिरामीहरुको सफल उपचार गरेर उपलब्धीहरु प्राप्त गरेर पनि आफ्नो चिकित्सकीय पेशामा सन्तुष्ट देखिएनन्। मानिसलाई चिरफार गर्नु अंग काटेर फाल्नु, कडा औषधी दिएर शरीरका अन्य सकृय तन्तुहरुलाई समेत नष्ट गर्नु पर्ने हुँदा उनी निराश थिए र यी रोगहरुलाई सरल तरीकाबाट कसरी ठिक पार्न सकिन्छ भनेर उपायको खोजीमा उनी लाग्न थाले। 

एक दिन पुस्तक अनुवाद कै क्रममा कुलेन्स मेटेरियामेडीका लाई अंग्रेजीबाट जर्मनीमा अनुवाद गर्दा एक महत्वपूर्ण हरफ भेट्टाए। जहाँ लेखिएको थियो, “सिन्कोना वार्क (एक प्रकारको वनस्पति) को झोल सेवन गर्दा मलेरिया ज्वरो निको हुन्छ”, सिन्कोना वार्क तितो भएको कारणले मलेरिया ज्वरो निको हुन्छ भन्ने पुरानो मान्यता थियो। यो हरफले डा. हैनीमेनको दिमागमा ठूलो तरंग पैदा गर्‍यो। उनी अब यहीबाट अनुसन्धान शुरु गर्ने निचोडका साथ उनले सिन्कोना वार्कको झोललाई ४ मि.लि.लिटरका दरले आफै सेवन गर्न थाले यो प्रकृया केही दिन सम्म दोहोर्‍याइरहे। यसरी सेवन गर्दा उनलाई मलेरियाको जस्तो ज्वरो आयो। फेरी त्यसको न्यूनतम प्रयोगबाट त्यो ज्वरो निको भयो। 

DR_khagendra_Oli1681098596.jpg
डा खगेन्द्र ओली

यसबाट उनलाई अनुभव भयो कि यदी कुनै पनि वस्तुको सेवनले रोगको जस्तो लक्षण ल्याउँछ भने त्यस वस्तुमा भएको सुक्ष्म शक्तिले रोग निको बनाउन सक्छ। यही शुत्र अनुसार उनले त्यो सिन्कोना वार्कमा तितो पदार्थले हैन कि त्यसमा भएको मलेरियाको जस्तो ज्वरोको लक्षण निकाल्ने गुणले सिन्कोना वार्कले मलेरिया निको भएको हो भन्ने कुरा आफ्नै शरीरमा सेवन पश्चात पत्ता लगाए। त्यसलाई गहन रुपमा अध्ययन अनुसन्धान गरी जर्मनी अखबार “होप ल्यान्स जर्नल) मा सन् १७९६ मा समाननै समानको समाधान ९ज्यmयभयउबतजथ० भन्ने नाम दिएर एक लेख प्रकाशित गरे।यस दिन बाट नै होमियोप्याथिक सिद्धान्त को प्रतिपादन भयो। त्यो लेखले विश्व भरका स्वास्थ्य विज्ञहरुमा ठूलो तरंग पैदा गर्‍यो। ठूला ठूला बहस र छलफलहरु चल्न थाले। सारा संसारले उनको त्यो नयाँ सिद्धान्तलाई सहजै स्वीकार गर्ने अवस्थै भएन तर उनले आफ्नो खोजलाई निरन्तरता दिई राखे र विस्तारै एलोप्याथिक उपचार पद्दति नै छाडे र आफुले पत्ता लगाएको सरल चिकित्सा पद्धतिबाट उपचार गर्न थाले। सफलता प्राप्त हुँदै गए पछि उनको दिन दिनै शहर भरी चर्चा परिचर्चा हुँदै गयो।

सयौं बिरामीहरु उनी कहाँ उपचार गराउन आउन थाले, उनी झन झन उत्साहित हुँदै गए भने उनका थुप्रै एलोप्याथिक डाक्टर साथीहरुले उनलाई खिसीट्युरी मात्र गरेनन् कार्वाहीको लागि अदालतमा मुद्धा समेत दर्ता गराए। उनीलाई धेरै तिरबाट दुःख दिने काम भयो। तर पनि उनी कति पनि विचलित भएनन्। किनकी मानिसलाई सरल उपचार विधिबाट पुर्ण निको बनाउने उपचार विधिको खोजिमा उनी तल्लिन थिए। पवित्र भावनाबाट गरेको कार्य सधै सफल हुन्छ भनेझै उनले उपचारमा धेरै सफलता पाउँदै गए। पछि उनका सबै विरोधीहरु समेत उनको पछिलागे र थुप्रै एलोप्याथिक र अन्य चिकित्साविधाका चिकित्सकहरु ले एलेप्याथी छोडेर होमियोप्याथीमा आबद्ध भए। उनीहरु समेतले अझझन गहिरो अनुसन्धान गर्न लागे र डा हैनीमेनका अनुयायी बने। 

आज होमियोप्याथी यहाँसम्म आईपुग्दा विश्वको दोस्रो ठूलो उपचार पद्दति भएको छ। संसारमा थुप्रै उपचार पद्दतिहरु छन्। त्यसमध्ये विश्व स्वास्थ्य संगठनले मान्यता दिएको यो नवीनतम्‌ र वैज्ञानिक उपचार पद्दति हो। मानिसको शारीरिक कठिनाई वा समस्या मात्र हेरेर उपचार पुरा हुँदैन। मानिसको शारीरिक, मानसिक, भावनात्मक र संवेगात्मक अवस्थालाई हेरेर उपचार गरे मात्र बिरामी पूर्ण रुपमा निको बनाउन सकिन्छ भन्ने मान्यता होमियोप्याथिक भएकोले रोगीलाई यो सरल र सहज छ। आज तिनै सरल चिकित्सा पद्धति होमियोप्याथीका आविष्कारक महात्मा डा क्रिश्चियन फ्रेड्रीक सामुएल हैनीमेनको जन्म दिन अर्थात अप्रील १० तारिक। आज विश्वमा हर्षोउल्लासका साथ उनको जन्म दिवश मनाउने गरिन्छ। यही उनको जन्म दिनलाई विश्व होमियोप्याथिक दिवस भनिन्छ।

होमियोप्याथिक चिकित्सा पद्धतिका अवसरहरु
सबै राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा होमीयोप्याथिक चिकित्सा पद्धतिलाई उपचारको राष्ट्रिय पद्धति बनाइनेछ भनि लेखिएको छ। र संविधानको धारा ३५ मा समेत स्वस्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनि लेखिएको र सबै दलका नेतृत्वले समेत आत्मसात गरिएको हुदा विलम्ब नगरि यस पद्धतिलाई अरु उपचार पद्धति बराबरको हैसियतमा विकास र विस्तार गर्नु जरुरी छ। हाम्रो सानो प्रयासबाट छोटो समयमा नै  पनि ठूलो उपलब्धी हासिल गर्न सकिन्छ।

भारतीय नागरिक नोवेल पुरस्कार विजेता रविन्द्रनाथ ठाकुरले स्वअध्ययन गरेर विरामीलाई औषधि दिने र आफू पनि समस्यामा पर्दा होमियोप्याथिक औषधि प्रयोग गर्ने गर्नुहुन्थ्यो। होमियोप्याथिक पद्धति जर्मनीबाट सुरु भयो तर भारतीय सरकारले यो पद्धतिलाई बुझेर केही समयमा फलाउने फुलाउने काम गरि यसको स्टक होल्डर भारत बन्नु पर्छ भन्नु भएको थियो। राज्य सत्ताले उहाँको यो कुरालाई मनन गरेर यसमा लगानी गर्यो। अहिले भारतमा २ सय ५० भन्दा बढी होमियोप्याथिक मेडिकल कलेजहरु छन्। र, लाखौं भारतीय नागरिकको स्वास्थ्य उपचार गर्ने पद्धति होमियोप्याथिक भएको छ। यो पद्धति धनी, गरिब, साना, ठुला सबैको प्रिय भएको छ। हजारौं विदेश नागरिकहरुसमेत होमियोप्याथिक उपचारका लागि भारत आउने गर्दछन्। यसले भारतको अर्थतन्त्रमा समेत ठूलो टेवा पुर्याएको छ। त्यसैले गर्दा नेपालमा पनि यो पद्घतिको बिकास कार्यमा राज्यसत्ताको आँखा खुल्नु जरुरी छ। 

Ncell 2
Ncell 2

चुनौतीहरु 
होमियोप्याथिकबाट ठूलो मुनाफा गर्न सकिन्न

विश्वमा अहिले व्यापारको सिद्धान्त, परिभाषा र व्याख्या बदलिएको छ। व्यापारीले आफ्नो मुनाफाका लागि जनताको मुटु, किड्नी, लिभर आदि कोमल अंगहरु विस्तारै पूर्णरुपमा नष्ट गर्ने खाद्य सामग्री, सिंगारका सामाग्री, औषधिहरुलगातका समानहरु समेत विक्री गर्ने गर्दछन्। मुनाफा संसारका सिमित मानिसहरुको हातमा गएर थुप्रिएको छ र धनी र गरिबवीचको खाडलको अन्तर दिनप्रतिदिन गुणात्मक रुपमा बढ्दो छ। मुनाफाका लागि बालबालिका र महिलाहरुलाई जोखिमपूर्ण काम गर्न बाध्य पारिएको छ भने अर्कोतर्फ सामाजिक परिसंरचना पनि आर्थिक हैसियतका आधारमा विभाजित छ।

यसले जसलाई जे गरेर पनि मुनाफा लिनु पर्ने वाध्यता भएजस्तो देखिन्छ। यी सबै कुराहरुबाट मानिस नाफा कमाउन नै उद्दत देखिन्छ। विश्वमा स्वास्थ्य उपचार धेरै महंगो भएको छ। यो सर्वसाधरणको पहुंचबाट टाढा रहने अवस्थामा छ। हामीले दिन प्रतिदिन माइकिङ गरेर उपचारलागि चन्दा उठाइरहेको देखिरहेका छौं। अर्कोतर्फ एउटा घुंडाको हड्डी फेर्नु परेमा ५ देखि ८ लाख खर्च हुने गर्दछ। त्यो पनि अस्पताल अनुसार बढी पनि लाग्न सक्छ।

ती समस्यालाई बेलैमा होमियोप्याथिक उपचार गरेमा ५ देखि ८ सय रुपैंयामा निको बनाउन सकिन्छ। त्यसैगरि आज दिनप्रतिदिन सुगर, प्रेसर, थाइराइड, किड्नी, क्यान्सरका समस्याहरु आदि रोगहरुको व्यापक बृद्धि र आजीवन औषधिको सेवन गर्नुपर्ने वाध्यता छ। ती औषधि र मेडिकल सामाग्रीहरुबाट खरबौं धनराशी व्यापारीको हातमा पुग्छ। कतिपय देशहरुले त्यसको रोयल्टीसमेत बुझ्ने गर्दछन्। यसले रोगहरु घट्दो दरमा हैन बढ्दो दरमा छन्। होमीयोप्याथिक चिकित्सा पद्धतिलाई विकास विस्तार गरेमा यो सम्पूर्ण नाफा घटेर जाने हुंदा पुंजीपति र व्यापारीहरु यो पद्धतिलाई अघि बढ्न दिदैनन्। यसलाई रोक्न चाहन्छन्। विश्वबाट लोप गराउन चाहन्छन्। 

विश्वका पुँजीपतिहरुद्वारा संचालित केही वैज्ञानिकहरुको अवरोध 
होमीयोप्याथिक पद्धतिमा मानिसको शारीरिक, आत्मिक, मानसिक र संवेगनात्मक आदि कुराहरुलाई हेरेर उपचार गरिन्छ। माया, दया, करुणा, प्रेम, सपना, कोमलता, धार्मिकता, क्रोध, विश्वास आदि भावहरुलाई नाप्ने यन्त्र अहिलेसम्म वैज्ञानिकहरु ले बनाउन सकेका छैनन् र थुप्रै वैज्ञानिकहरुले पत्ता नलाएको कुराहरु यो ब्रमाण्डमा छ। त्यसैले गर्दा कतिपय वैज्ञानिकहरु ज्ञान र चेतनाको अभावले गर्दा होमीयोप्याथिक चिकित्सा पद्धतिलाई (एीब्ऋभ्द्यइ) झुट्टा उपचार पद्धति हो भनेर यसलाई निश्तेज गर्ने रणनीतिमा छन्। यसको केही प्रभाव अहिले अष्ट्रेलियामा परेको छ। 

जलवायु परिवर्तनको प्रभाव 
विभिन्न जिव, वनस्पति र खनिज तत्व पनि होमियोप्याथिक औषधिको स्रोत वा कच्चा पदार्थ हुन्। आज जलवायु परिवर्तनको कारणले गर्दा संसारमा धेरै प्रजातीका बोट, विरुवा, जिवजन्तु, खनिज तत्वहरु नष्ट भइरहेका छन्। एउटा उदाहरणको रुपमा साङ्लालाई लिन सकिन्छ साङ्लाबाट होमियोप्याथिक औषधि ब्लाटाओरी बन्ने गर्दछ। अहिले सांलाको उत्पादनमा ह्रास आएको कारण औषधि बन्न छाड्यो। यस्ता धेरै उदाहरणहरु छन्। त्यसै कारणले जलवायु परिवर्तन पनि होमियोप्याथिक चिकित्सा पद्धतिको विकासका चुनौतीको ठूलो खाडल भएर बसेको छ। 

नेपालमा होमियोप्याथीको सम्भावना 
नेपालको भू बनावट हिमाल, पहाड, चुरे भावर र समतल तराई भएकोले गर्दा यहाँ प्रायः विश्वमा भएको सबै प्रकारको हावा पानी र मौसम पाइने भएको हुँदा यहाँ होमियोप्याथिक औषधि निर्माण गर्दा चाहिने सबै प्रकारका कच्चा पदार्थहरु सहजरुपमा कम खर्चमै प्राप्त गर्न सकिन्छ। 

सगरमाथाको देशमा उत्पादित औषधिलाई उच्च गुणस्तरीय सेवा दिन सकेमा विश्वभरमा औषधि निर्यात गर्नुका साथै विरामीहरुलाई प्रभाव पार्न सकिन्छ। 

विभिन्न रोगहरुको उपचारका नाममा विदेशिने पैसालाई स्वदेशमा नै राम्रो सेवा दिन सके रोक्ने संभावना रहन्छ। नेपाललाई होमियोप्याथिक स्वास्थ्य पर्यटनको रुपमा विकास गर्न सकिन्छ। 

आफ्नै देशको स्रोत र साधन प्रयोग गरी औषधि उत्पादन गर्न सकेमा सबै नेपालीमा स्वास्थ्यको पहुंच पुग्नेछ र विश्वको सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणााली भएको देश दक्षिण कोरिया हो। त्यस देशमा प्रचलनमा रहेका सबै चिकित्सा पद्धतिलाई राज्यले हेर्ने दृष्टिकोण र व्यवहार समान छ। राम्रो स्वास्थ्य सेवा भएको देश बनाउन सबै चिकित्सा पद्धतिले महत्पूर्ण भूमिका खेलाका छन्। त्यो कुरा नेपालका राजनीतिक दल र नेतृत्व वर्गले बुझ्न जरुरी छ। 

निष्कर्ष 
विश्वमा उपचारका धेरै पद्धितहरु छन्। सस्तो, सरल र सहज तरिकाबाट उपचार गरिने होमियोप्याथिक चिकित्सा पद्धतिलाई राज्यले अभिभावकीय भूमिका निर्वाह गरि अरु विद्याका उपचार पद्धति सरह यसलाई पनि विकास गर्नुपर्दछ। नेपालजस्तो विकासोन्मुख देशले त झन सबै नागरिकको पहुंचमा स्वास्थ्य सेवालाई बनाउनु पर्दछ। छिमेकी देश भारतमा सम्पूर्ण पूरक चिकित्सालाई आयुष मन्त्रालय अन्तर्गत छन। यस अन्तर्गत आयुर्वेद, युनानी, योगा तथा नेचुरोप्याथि, सिद्घा र होमियोप्याथि पर्दछन्। त्यसैगरि, नेपालमा पनि आयुष मन्त्रालयको अवधारणा अघि सारेर सबै पुरक चिकित्सा विधालाई विकास गर्नु जरुरी छ। यसरी मात्र सबै उपचार विधाले राष्ट्रको अपनत्व ग्रहण गरि एकै रुपमा सेवा दिन सक्दछन् र स्वथ्य समाज निर्माणमा टेवा पुर्याउनेछन्। 

त्यसैले गर्दा यसमा निति निर्माणगर्ने तहको ध्यान जानु जरुरी छ। विभिन्न कोणहरुबाट हेर्दा होमियोप्याथिको भविष्य सुनिश्चितताका लागि कमजोर आर्थिक अवस्था भएका श्रमजिवी, बुद्धिजीवी, नागरिक समाज होमियोप्याथिक उपचारमा विश्वास गर्ने जनता, उपभोक्ता चिकित्सकहरु आदिले विश्वव्यापी सेमिनार गोष्ठी अन्तरक्रिया गरि संगठनात्मक रुपमा लाग्न जरुरी छ। यसले मात्र विश्वमा होमियोप्याथि पद्धतिको भविष्य सुनिश्चित गर्नेछ र सबै वर्गको उपचारको एक अभिन्न अंग बन्नेछ। यसले मात्र रोग, शोक र भोकमुक्त स्वस्थ विश्वको परिकल्पना गर्न सकिन्छ।  विश्व होमियोप्याथिक दिवसले यही प्रेरणा प्रदान गरोस्।  हार्दिक शुभकामना छ। जय होमियोप्याथी। जय हेनिमेन। 

(डा ओली इटहरी ४ स्थित इन्खा एकिकृत अस्पताल प्रालिका अध्यक्ष हुन्।)      

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्