• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

पिसाबको रङ परिवर्तन: तपाईंलाई ठूलै स्वास्थ्य समस्या त छैन?

डा अनिल शाह आइतबार, चैत १९, २०७९  ०८:३६
1140x725

चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।  

सामान्य अवस्थामा पिसाबको रङ कस्तो हुनुपर्छ?
तपाईंको पिसाब पानी, इलेक्ट्रोलाइट्स र फोहोरको मिश्रण हो, जुन तपाईंको मिर्गौलाले तपाईंको रगतबाट फिल्टर गर्दछ। जब तपाईं स्वस्थ र हाइड्रेटेड हुनुहुन्छ, तपाईंको पिसाब रंगहीन र हल्का पराल र महको रङको बीचमा खस्नुपर्छ। जब तपाईं पर्याप्त तरल पदार्थ उपभोग गर्नुहुन्न तब तपाईंको पिसाब अधिक केन्द्रित हुन्छ र गाढा पहेंलो वा एम्बर रंग बदल्छ। तपाईंको पिसाबको रङ दिनहुँ अलिअलि फरक हुनु सामान्य कुरा हो तर यो पहेंलो रंगको एक निश्चित दायराभित्र रहनुपर्छ।

जब पिसाबको रङ परिवर्तन हुन्छ, सर्वप्रथम तपाईं नआत्तिनुहोस् र आराम गर्नुहोस्। केही खानेकुरा, एन्टिबायोटिकले अस्थायी रूपमा तपाईंको पिसाबलाई फरक रङ बनाउन सक्छ। निसन्देह, पटक पटक लगातार फरक रङ आइराखे कहिलेकाहीँ ठूलो समस्याको संकेत पनि हुन सक्छ। यदि तपाईंले वास्तवमै यस्तो केही असामान्य कुरा देख्नुभयो भने, यसलाई बेवास्ता नगर्नुहोस् र नजिकैको युरोलोजिस्ट चिकित्सकलाई देखाउनुहोस्।

त्यसोभए कुन रङ सामान्य हो र कुन असामान्य रङ हो  केही छलफल गरौं।
पारदर्शी
सफा पिसाबले स्पष्ट सन्देश दिन्छ कि तपाईले धेरै पानी पिउनुभएको छ। अब यो सत्य हो कि तपाईको शरीरलाई हाइड्रेटेड रहन र राम्रोसँग काम गर्न पानी चाहिन्छ। आधारभूत नियम भनेको तपाईको मुत्र प्रणालीलाई सामान्य सञ्चालन गर्न दिनको लागि २.५ देखि ३ लिटर सम्म तरल पदार्थ पिउने लक्ष्य राख्नुपर्छ। तर, यो कुरा व्यक्तिको दिनचर्या, कामकाज, वातावरणको तापक्रम आदि ईत्यादीले फरक पर्न सक्छ। तसर्थ तरल पदार्थ अथवा पानीको मात्रा भन्दा पनि २४ घण्टामा फेरिने जम्मा पिसाबको मात्रा बढी महत्वपूर्ण हुन्छ।  एउटा बयस्क ब्यक्तिले सामान्यतया २४ घण्टामा कम्तिमा २ देखि २.५ लिटर जति पिसाब फेर्नुपर्छ। यसले तपाईको पिसाबको रङलाई लगभग पारदर्शी राख्न मदत गर्छ।

पिउने पानीको मात्रा बढ्दै जाँदा तपाईको पिसाब पानी जस्तो देखिन थाल्छ। साथै, तपाईंलाई पटक पटक शौचालय जानुपर्ने हुन्छ। किनकि तपाईंको शरीरले ती सबै अतिरिक्त तरल पदार्थलाई बाहिर निकाल्न काम गर्दछ। कहिलेकाहीं पारदर्शी पिसाब ठूलो कुरा होइन तर यदि यो लामो समयसम्म चलिरहेको समस्या हो भने तपाईले आफ्नो नुन र इलेक्ट्रोलाइटको स्तर तपाईंको शरीरलाई चाहिने भन्दा कम गर्दै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ। यस्तो अवस्थामा तापाईले विशेषज्ञ युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उचित हुन्छ।  

गाढा पहेंलो रङ वा  फिक्का परालको जस्तो पिसाब 
फिक्का पहेंलो रङ्गको पिसाबले तपाईं स्वस्थ र हाइड्रेटेड भएको संकेत गर्छ। त्यो पहेंलो रंग, तपाईंको शरीरद्वारा उत्पादित यूरोक्रोम नामक पिग्मेन्टको कारणले हुन्छ।

एम्बर वा मह रङको पिसाब 
गाढा पिसाब भनेको तपाईको शरीरले तपाईलाई संदेश दिन खोज्छ कि तपाई अलिकति बढी पानी पिउनुहोस्। गाढा रङ हल्का निर्जलीकरणको संकेत हो। यदि तपाईं गर्मि दिनमा बाहिर पसिना बगाउनुभएको छ वा भर्खर कुनै किसिमको कसरत गरेर आउनुभएको छ भने यस्तो हुन सक्छ। पानीको मात्रा अलिक बढाउनुहोस्,  रङ सामान्य बन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सिरप वा खैरो रङको पिसाब 
यस्तो रंगले तपाईंको निर्जलीकरण स्तर अझ चिन्ताजनक स्थितिमा पुगेको भन्ने संकेत गर्दछ। तुरुन्त तरल पदार्थको सेवन बढाउनु होस्। गहिरो खैरो रंगको पिसाब रगतमा  पित्तको मात्रा सामान्य भन्दा बढ्नाले पनि हुनसक्छ, जुन कलेजो रोगको संकेत हो। खिया लागेको वा खैरो रङको पिसाब पोर्फेरिया रोग (छाला र स्नायु प्रणालीलाई असर गर्ने दुर्लभ अवस्था) को लक्षण पनि हो। यदि थप पानी खानाले तपाईंको पिसाबको रंग हल्का गर्दैन भने नजिकैको युरोलोजिस्ट डाक्टरलाई देखाउनुहोस्।

गुलाबी तथा रातो रङको पिसाब 
यस्तो अवस्थामा सर्वप्रथम तपाईले अन्तिम केहि दिनभित्र सेवन गरेका खाने-कुराहरुलाई ध्यान दिएर सम्झिनुहोस्। बीट, ब्लुबेरी वा रूबार्ब चुकन्दर जस्ता खाने कुराहरुले यस्तो किसिमको पिसाब निकाल्न सक्छन। यदि तपाईंले त्यस्ता केही खानुभएको छैन भने, यद्यपि, यस्तो रङको पिसाब छ भने यो चिन्ताको विषय हुनसक्छ। गुलाबी वा रातो पिसाब निम्न अवस्थामा पनि हुन सक्छ:
मूत्रमा रगत,
मिर्गौला रोग,
मिर्गौला वा मूत्राशयको क्यान्सर,
मिर्गौलाको पत्थरी,
मूत्र प्रणालीको  संक्रमण,
प्रोस्टेटको समस्याहरू,
यदि रङ पहेंलोमा फर्किएन भने सकेसम्म चाँडो आफ्नो युरोलोजिस्ट डाक्टरलाई सम्पर्क गर्नुहोस्।

सुन्तला रङको पिसाब 
यदि तपाइँको पिसाब सुन्तला रंगको जस्तो  देखिने हो भने तपाइँ पर्याप्त पानी पिउनुहुन्न भन्ने संदेश आउछ, वा तपाईलाई कलेजो वा पित्त नलीको समस्या हुनसक्छ। वा यो कुनै किसिमको खाना, डाई वा औषधि सेवनले गर्दा हुनसक्छ। यस्तो अवस्थामा सर्वप्रथम पानि सेवनको मात्रा बढाउनुहोस् र यदि सुन्तला रंग हराउँदैन भने आफ्नो युरोलोजिस्ट डाक्टरलाई सम्पर्क गर्नुहोस्।

नीलो वा हरियो रङको पिसाब 
यो अवस्था चाहीँ पक्कै एक फरक किसिमको अवस्था छ। सायद, यो तपाईंले खानु भएको कुराको परिणाम हो (अन्तिम केहि दिनभित्र आफूले सेवन गरेका धेरै रंगीन खानेकुराहरू वा केहि विशेष किसिमको औषधि बारे सोच्नुहोस्) यद्यपि, हाइपरक्याल्सेमिया गराउन सक्ने केही दुर्लभ आनुवंशिक रोगहरुले पनि तपाईंको पिसाब नीलो वा हरियो बनाउन सक्छ। मुत्र प्रणालीमा संक्रमण गर्नसक्ने केही निश्चित प्रकारको ब्याक्टेरियाको कारण पनि यस्तो समस्या आउनसक्छ। यस्तो अवस्थामा तपाईले आफ्नो युरोलोजिस्ट डाक्टरसँग सल्लाह गरेको उचित हुन्छ।

Xtrem

Xtrem

धमिलो रङको (क्लाउडी) पिसाब
पिसाब नलीको संक्रमण र मिर्गौलाको पत्थरीले पिसाब धमिलो  हुन सक्छ। फेरि पनि निर्जलीकरण नै कारण हुन सक्छ। प्रशस्त पानी पिउनुहोस् र लक्षणहरू जारी रह्यो भने आफ्नो युरोलोजिस्ट डाक्टरलाई देखाउनुहोस्।

पिसाबमा फोम आउनु वा फिज हुनु
सामान्य भन्दा बढी मात्रामा पिसाब हुनु अथवा पटक पटक उच्च प्रेसरमा पिसाब गर्न खोज्नुले पनि पिसाबमा फोम या फिज देखिन सक्छ। यद्यपि, अत्यधिक फोम अथवा फिजले तपाईंको आहारमा अतिरिक्त प्रोटिनको मात्रा वा मिर्गौला समस्यालाई संकेत गर्न सक्छ। यदि यो लगातार हुन्छ भने तपाईं आफ्नो युरोलोजिस्ट डाक्टरसँग कन्सल्ट गर्नु होस्।

तसर्थ, तपाईले आफ्नो पिसाबको रङ  हेरेर धेरै कुरा बुझ्न सक्नुहुन्छ। आफूलाई समस्या छ जस्तो अनुभव भएको अवस्थामा  नजिकैको युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उपयोगी हुन्छ। तपाईको डाक्टरले पिसाबको केहि जाँच गरेर तपाईको अवस्था बारे थप सुझाव दिन सक्छन, जजुरी परेको अवस्थामा थप रगत अथवा मिर्गौला सम्बधी केही जाँच गर्न सक्छन। पिसाब जाँच गर्न जाँदा तपाईले त्यो पिसाबको भाँडोमा पिसाब मात्रा राख्नु भएको छैन, त्यसमा राखिएको त्यो पिसाबले तपाईको स्वास्थ्य स्थिति बारे धेरै संदेश दिन्छन्।  

(डा शाह नेपाल मेडीसिटी अस्पतालमा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन?
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्