सुर्खेत - पहिरोले रुकुम पश्चिमका सात वडाका विभिन्न गाउँ उच्च जोखिममा परेका छन् । स्थानीयगिँजागाड खोलामा आएको बाढीका कारण सात वटा वडा उच्च जोखिममा परेका हुन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १०, ११ र १२ वडाका मुख्य बस्ती उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोट नगरपालिका कार्यालय तथा राडी बजारसमेत जोखिममा परेको छ ।
लगातारको वर्षापछि आएको बाढीले नगरपालिका कार्यालय वरपरका घरमा क्षति पु¥याएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए।
खोलामा आएको बाढीले कुनै पनि बेला कार्यालयमा क्षति हुनसक्ने भएकाले कार्यालयमा रहेको महत्वपूर्ण कागजात, विद्युतीय सामग्री अन्यत्रै सारिएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।