• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओरालो बाटोतिर सरकार

64x64
नेपाल लाइभ आइतबार, भदौ ३, २०७५  १३:३७
1140x725

अधिकांश स्थानीय तहमा आफ्नै नेतृत्व। ७ प्रदेशमध्ये ६ वटामा एकल सरकार, एउटामा संघीय सरकारमा सहभागी दलको नेतृत्व। प्रतिनिधिसभा र राष्ट्रिय सभामा एकल बहुमत। संघीय सरकारलाई तीन चौथाइ सांसदको समर्थन। कमजोर र आफैंभित्र रुमल्लिइरहेको प्रतिपक्षी।

अहिलेसम्मको कुनै पनि सरकारले पनि नपाएको अनुकूलता हो यो। चाहेको काम गर्न कुनै अवरोध छैन। केन्द्रबाट हुने काम गर्न पनि अप्ठ्यारो छैन, आफ्नै पार्टीको नेतृत्व भएकाले प्रदेश र स्थानीय तहमा काम गर्न/गराउन पनि सजिलै छ। अवरोध आए कानुन त के, संविधान नै संशोधन गर्न सक्ने शक्ति छ।

तर गठन भएको ६ महिनासम्म सरकार अलमलिइरहेको देखिन्छ। के गर्ने के नगर्ने मेसो नपाइरहेको देखिन्छ। त्यसैले पनि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले लेखेका होलान्– गर्ने त गर्ने, कसरी गर्ने?

सरकारको सुरुवाती पाइला सकारात्मक नै थिए। प्रस्टै थिए। मन्त्री चयनमा आफू अनुकूल र राम्रा भनिएका व्यक्तिहरुको बाहुल्य बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुलाई समेत चुप बनाइदिएका थिए। अघिल्ला मन्त्रिपरिषद्‌मा राम्रै काम गरेकाहरु हुन् वा बौद्धिक जगत्‌ राम्रै छवि बनाएकाहरु हुन्, मन्त्रिपरिषद् गठनले सकारात्मक सन्देश दिएका थिए।

फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीले ११ गतेको मन्त्रिपरिषद् बैठकबाट मन्त्रालयको संख्या घटाइदिए। अघिल्लो पटक आफैंले सरकारको नेतृत्व गर्दा २६ बाट ३१ बनाएका मन्त्रालयको संख्या १७ बनाए। प्रधानमन्त्रीको कार्यालयसमेत गर्दा १८ भयो। उनको कदमलाई धेरैले प्रशंसा गरे।

केही आक्रामक योजना पनि सुरु भए। सिन्डिकेट हटाउने अभियान, काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने, सुन तस्करीको अनुसन्धान गर्ने लगायतका आक्रामक कार्यशैलीलाई पनि धेरैले प्रशंसा नै गरे। धेरैले कानुनी प्रक्रियाभन्दा पनि छिटो नतिजाको चाह राखेर सरकारलाई साथ दिए।

यसबीच प्रधानमन्त्री ओलीले भारत र चीनको भ्रमण गरे। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पनि सम्भव भयो। यसले छिमेकीहरुसँग सम्बन्ध सुधार मात्रै नभई, आफूले चाहेको काम गर्नका लागि छिमेकीहरुबाट पनि अवरोध नहुने परिस्थिति सिर्जना गरे।

तर बिस्तारै सरकार अलमलिन थाल्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकार आफ्नो योजना अनुसार काम गर्नको साटो विपक्षीतिर धारेहात लगाउन थाल्यो। राजनीतिक प्रतिशोध साँध्नेतिर अग्रसर भयो। प्रधानमन्त्री कांग्रेसलाई प्रतिपक्षी दल होइन, सहयोगी भन्न थाले। मन्त्रिपरिषद्ले अघिल्ला सरकारका नियुक्ति होलसेलमै खारेज गरिदियो। मन्त्रीहरु प्रतिपक्षीका कारण काम गर्न नपाएको आरोप लगाउन थाले। कतिसम्म भने, सत्याग्रही डा गोविन्द केसीलाई समेत आरोपित गर्ने काम भयो, विपक्षीले उचालेको दोष लगाइयो।

सडकमा खाल्डो परेको गुनासो गर्ने जनतालाई आफ्नो पालामा नभएको जवाफ फर्काउन थालियो। सञ्चारमाध्यममा आलोचना बढेकाले प्रतिकार गर्न कार्यकर्तालाई आग्रह गर्न थालियो।

हुँदाहुँदा मन्त्रालयको संख्या घटाउने सरकारको निर्णयमाथि नै पुनर्विचार गरियो। चैत २ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या १८ बाट २१ पुर्‍यायो, साउन १० को बैठक २२ पुर्‍यायो।

संघीय प्रणालीलाई पनि प्रभावकारी बनाउन प्रयास भएको देखिँदैन। न त बजेटमा, न कर्मचारीको व्यवस्थापनमा, न आवश्यक कानुन निर्माणमा। सरकार व्यवस्थाप्रति नै अलमलिरहेको देखिन्छ।

अर्थात्, मूल बाटोमा हिँड्नुपर्ने सरकार गल्ली छिर्‍यो र त्यतै अल्झिन थाल्यो।

प्रधानमन्त्रीका रुपमा काम गर्न ओलीलाई कुनै असहजता छैन। आफूलाई अवरोध हुने सबै अप्ठ्यारा हटाएका छन्। अघिल्लो पालामा जस्तो नाकाबन्दी पनि छैन। कुनै राजनीतिक आन्दोलन छैन। विभागीय मन्त्रीहरुलाई थाहै नभई सचिवहरुको सरुवा गरेर होस् वा प्रधानमन्त्रीको कार्यालयमा शक्ति थुपारेर होस्, उनले आफूलाई सहज बनाउँदै आएका छन्। तर त्यो क्षमता र सहजताको प्रयोग निर्वाचन आयोगका प्रमुख आयुक्त भइसकेका व्यक्तिलाई राजदूत नियुक्तितिर प्रयोग गरे।

मन्त्रीहरु योजना बनाएर काम गर्नुको साटो विमानस्थलमा कुर्सी थपेर सामाजिक सञ्जालमा ताली पाउने, यथाशक्य कार्यकर्ता नियुक्ति गर्ने बाटोतिर अलमलिए। 'कस्मेटिक काम' गरेर नै मान्छेहरुको ध्यान तान्न सकिन्छ भन्नेमा केन्द्रित भए।

उल्लेखित कुराहरुले के देखाउँछ भने सरकारलाई काम गर्न सहजता हुँदाहुँदै पनि खुद्रे कुराहरुमा अल्झिइरहेको छ। तर बदनाम भने भइसकेको अवस्था छैन। धेरै मन्त्रीहरु न त विवादमा परेका छन्, न त काम नै गरिरहेको देखिन्छ। काम नगरेकैले विवादमा नपरेको पनि हुन सक्छ। तर, बलियो सरकारलाई विवादित नबन्ने सर्तमा काम नगर्ने सुविधा छैन।

तर सरकारको ६ महिनालाई मूल्यांकन गर्दा ऊ ओरालो बाटोतिर हिँडिरहेको निष्कर्ष निकाल्न सकिन्छ। अब उसले आफूप्रति आशावादी जनतालाई सकारात्मक संकेत दिन ढिला भइसकेको छ। ६ महिनामै प्रतिरक्षात्मक भएको सरकारले पछि जनताको विश्वास जित्न झनै कठिन पर्दै जानेछ। जब 'यो सरकारले केही गर्दैन' भन्ने आम आलोचना बढ्दै जान्छ, त्यतिबेला सरकारको मनोबल पनि खस्किँदै जानेछ। त्यतिबेला न रेलप्रति आशा जाग्नेछ, न सडकका खाल्डा पुरिएला बन्ने विश्वास बाँकी रहनेछ।

प्रधानमन्त्री ओलीलाई असफल हुने छुट छैन। उनले आफ्नो कार्यशैली परिवर्तन गरेर हुन्छ कि सल्लाहकार परिवर्तन गरेर हुन्छ, यो अवसरको सदुपयोग गर्नैपर्छ। तर, प्रधानमन्त्री जसरी हिँडिरहेका छन्, त्यो सफल हुने गन्तव्यतिरको बाटो होइन। प्रधानमन्त्रीसँग उपलब्ध भएको उनकै शब्दमा जम्मा १० वटा '६ महिना' हो, बाँकी ९ वटा पनि यसैगरी नबितोस्।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्