काठमाडौं– न्युजिल्यान्ड आफ्ना किशोरकिशोरीहरूले आफ्ना पूर्व प्रेमी/प्रेमिकाहरुलाई ‘थ्याङ्क यू, नेक्स्ट’ भन्ने समय आएको ठान्छ र उनीहरूले यो गर्न बनाउन लाखौं खर्च गर्ने योजना सार्वजनिक गरेको छ।
बुधबार सुरु गरिएको ‘लभ बेटर’ अभियानले किशोरकिशोरीहरूलाई प्रेमवियोग (ब्रेकअप)बाट हुने हानीलाई न्युनिरकरण गर्न सहयोगका लागि चार मिलियन अमेरिकी डलर विनियोजन गरेको छ। न्युजिल्यान्डले सामाजिक विकास मन्त्रालयले तीन वर्षका लागि उक्त बजेट विनियोजन गरेको हो।
ब्रेकअपबाट किशोर र किशोरीहरुलमा पर्ने प्रभाव न्यूनीकरण अभियान न्युजिल्याण्डका युवाहरूद्वारा सञ्चालित छ। न्युजिल्यान्डले यस विषयमा अनुसन्धान गरेको छ।
१,२०० भन्दा बढी ब्रेकअप भएकाहरूमा गरिएको सर्वेक्षणले आफूलाई प्रेमविच्छेदपछि पर्ने चोटको सामना गर्न सहयोग चाहिने बताएको उल्लेख छ। सामाजिक विकास र रोजगारीका सहायकमन्त्री प्रियंका राधाकृष्णनले एक विज्ञप्तिमा ब्रेकअपलाई साझा चुनौतीका रुपमा लिइएको बताएकी छिन्।
अभियानको लागि एउटा प्रवर्द्धनात्मक भिडियोले सार्वजनिक भएको छ, ‘ब्रेकअप्स सक’। भिडियोमा किशोर किशोरीहरूको क्लिपहरू देखाइएको छ, जहाँ उनीहरु पूर्वप्रेमी वा प्रेमिका र उनीहरूको विगतका सम्बन्धहरूबाट अगाडि बढ्नुपर्ने बारेमा कुरा गरिरहेका छन्।
अभियानको एक हिस्सा, जहाँ ‘ओन द फिल्स’ भन्ने ट्यागलाइन प्रयोग गरिएको छ। त्यहाँ प्रेम वियोगबाट गुज्रिरहेका युवाहरूका लागि समर्पित फोन, म्यासेज वा इमेल हेल्पलाइन समावेश छ, जुन १२ देखि २४ वर्षका मानिसहरूलाई सहयोग गर्न समर्पित संस्था युथलाइनद्वारा सञ्चालित छ।
‘आत्मबल बढाउन अरूलाई प्रेरित गर्ने यो एक प्रामाणिक तरिका हो,’ मन्त्री राधाकृष्णनको विज्ञप्तिमा भनिएको छ, ‘लभ बेटर अभियानले माजिक सञ्जालको सदुपयोग बढाउने र प्रेमवियोगको प्रभावलाई सम्बोधन गर्ने प्रयास गर्नेछ।’
सामाजिक विकास मन्त्रालयका अनुसार १२ सय युवाहरुमा गरिएको सर्वेक्षणमा ६८ प्रतिशतले प्रेम वियोगलाई सामान्य चोट भन्दा गहिरोगरी महशुस गरेको बताएका छन्। मन्त्री राधाकृष्णनले अभियानको लक्ष्य युवाहरूलाई वियोगका ती तीता अनुभवहरु बिर्सेर कसरी भविष्यका लागि तयार हुने भन्ने कुरामा सकारात्मक प्रभावका लागि सघाउनु रहेको बताइन्।
लभ बेटर अभियान पारिवारिक हिंसा र यौन हिंसा उन्मुलन गर्न सरकारले अघि सारेको राष्ट्रिय रणनीतिको एक हिस्सा हो। ‘न्युजिल्याण्डमा पारिवारिक र यौन हिंसाको लाजमर्दो तथ्यांक छ र हामीलाई यो चक्र तोड्नको लागि नवीन तरिका जरुरी छ,’ मन्त्री राधाकृष्णनले भनिन्।
न्याय मन्त्रालयका अनुसार न्युजिल्यान्ड प्रहरीले हरेक वर्ष पारिवारिक हिंसाका एक लाखभन्दा बढी घटनाहरूको अनुसन्धान गरिरहेको हुन्छ। सन् २०२० मा प्रहरीले यौन हिंसाका ९ हजार ७सय २३ उजुरी प्राप्त गरेको थियो। उजुरीकर्ता मध्य ५० प्रतिशत १८ वर्ष भन्दा कम उमेरका रहेको न्याय मन्त्रालय जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।