काठमाडौं – शनिबार अस्कर कलेज अफ फिल्म स्टडिजको आयोजनामा ओपन हाउस इभेन्ट कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिई स्नातक तहको कोर्स पढाउँदै आएको कलेजले शनिबार फिल्म सम्बन्धी कलेज तथा युनिभर्सिटीका बारेमा आम मानिसलाई एक मुष्ट जानकारी दिन उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सका बारेमा समेत जानकारी प्रदान गराइएको उक्त इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणहरुको सहभागिता रहेको थिए ।
ओस्कार एकेडेमिका निर्देशक मनोजबाबु पन्तका अनुसार ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको थियो भने यससँगै क्यामरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी गराइएको थियो।
फिल्म मेकिङ र यस प्रति नयाँ विद्यार्थीहरुमा उर्जा मिल्न सकोस भन्ने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा प्रत्यक्ष अभिनयका दृष्य, कलेजका बिद्यार्थीद्धारा निमार्ण गरिएका फिल्महरु र विद्यार्थीद्धारा खिचिएका फोटोहरुको प्रदर्शनिको आयोजना समेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।