• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

रासायनिक मलमा अनुदान कटौती गरेकोमा सांसदहरुको आपत्ति

64x64
नेपाल लाइभ आइतबार, चैत ५, २०७९  १६:५४
1140x725

काठमाडौं– सरकारले रासायनिक मलमा दिँदै गरेको अनुदान कटौती गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सरकारको उक्त निर्णयको आपत्ति जनाएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जिम्मेवारीमा रहेको कृषि मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै गरेको अनुदानमा कटौती गरेको थियो। उक्त अनुदान कटौती गर्ने निर्णय स्वंय कृषिमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डले गरेका हुन्। 

त्यसअघि रासायनिक मलमा समग्रमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको सरकारले त्यसमा कटौती गर्दै समग्रमा ५९.०४ प्रतिशतमा कायम राखेको छ। सरकारले उक्त अनुदानलाई  ५० प्रतिशतसम्म झार्ने लक्ष्य रहेको बताएको छ। त्यसले मूल्य थप आकासिन जान्छ। सोहि विषयलाई लिएर सांसदहरुले आपत्ति जनाएका हुन्। 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले मलमा दिँदै गरको अनुदान कटौती गरेर किसानमाथि ज्यादती गरेको आरोप लगाएका छन्। ‘यो सरकार कसको हो? कसका लागि काम गरिरहेको छ? नेपालका किसानलाई १ बोरा मल समेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड भाँचिने गरी मलमा मूल्यवद्धि गरेको छ। मलमा दिँदै गरेको अनुदान कटौती गरेको छ,’ बर्तौलाले प्रश्न गर्दै भने, ‘कहिलेसम्म सरकारबाटै किसानले यसप्रकारमा ज्यादतीपूर्ण अन्याय सहनु पर्ने हो?’

यस्तै, जसपाका सांसद राजकिशोर यादवले सरकारले किसानप्रति कस्तो नीति अख्तियार गर्न खोजेको हो? भनेर प्रश्न गरेका छन्। ‘सरकारले मलमा दिँदै आएको अनुदान कटौती भएको छ र मलको मूल्य बढाएको छ। त्यसैले यो सरकारले किसानप्रति कस्तो नीति अख्तियार गर्न खोजेको हो? भन्ने कुरा चाहेको छु,’ सांसद यादवले भने।

Ncell 2
Ncell 2

यस्तै, कांग्रेसका सांसद रामहरि खतिवडाले मलमा दिँदै आएको अनुदानमा वृद्धि गर्नुपर्नेमा घटाएर ठिक नगरेको बताएका छन्। 

‘भर्खरै सरकारले अनुदान कटौती र मूल्य बढाएको छ। किसानले मल समयमा पाउने र सरकारले अनुदान बढाउने काम गरोस्,’ खतिवडाले भने। 

त्यस्तै, कांग्रेस सांसद रामकृष्ण यादवले मलमा र दूधमा बढाएको मूल्य घटाउन माग गरेका छन्। ‘मल र दूधमा मूल्यवृद्धि भएको छ। उक्त वृद्धि भएको मूल्य घटाइयोस् म सरकारसँग माग गर्छु,’ यादवले भने।

यस्तै, एमाले सांसद लिलानाथ श्रेष्ठले वर्तमान सरकार किसानलाई मलमा दिँदै गरेको अनुदान कटौती गरेर गैर जिम्मेवार बनेको आरोप लगाएका छन्। ‘कृषिप्रधान देशमा किसानलाई जुन रकम विनियोजन भएको थियो, त्यो कटौती भएको छ। त्यसमा पनि मलमा किसानले थेग्नै नसक्नेगरी मूल्य बढाइएको छ। दूधको मुल्यमा पनि उस्तै बढाइएको छ,’ श्रेष्ठले भने,‘मलाई लाग्छ यो सरकार जिम्मेवार होइन, गैरजिम्मेवार सरकार हो।’ 

मलमा अनुदान कटौती गरेपछि किसानले युरियालाई २५ रुपैयाँ प्रतिकेजी, डिएपीलाई ५० रुपैयाँ प्रतिकेजी र पोटासलाई ४० रुपैयाँ प्रतिकेजी तिर्नु पर्ने हुन्छ। त्यसअघि किसानले युरियालाई १४ रुपैयाँ प्रतिकेजी, डिएपीलाई ४३ रुपैयाँ प्रतिकेजी र पोटासलाई ३१ रुपैयाँ प्रतिकेजी तिर्दै आएका थिए।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग
सम्बन्धित सामग्री
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् ।... मंगलबार, माघ १३, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको ह... आइतबार, माघ ११, २०८२
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत मंगलबार, माघ १३, २०८२
पुराना सहकर्मीहरुलाई एकतामा आउन प्रचण्डको आह्वान, नयाँ दल विचारभन्दा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको टिप्पणी मंगलबार, माघ १३, २०८२
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध मंगलबार, माघ १३, २०८२
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मंगलबार, माघ १३, २०८२
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्