काठमाडौं- नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिना थपिने भएको छ। आजदेखि सकिन लागेको कार्यकाललाई मंसिर २ गतेसम्म पुर्याइएको छ।
नेविसंघ पदाधिकारीहरुले संघको निर्देशक समितिलाई तीन महिनाभित्र १२औं महाधिवेशन कार्ययोजना प्रतिबद्धता जनाएपछि समयावधि बढाइएको हो। निर्देशक समितिले औपचारिक रुपमा आज नेविसंघलाई पत्र दिने बताइएको छ।
संघीय संरचना अनुसार नेविसंघले विधान बनाउन सकेको छैन। निर्देशक समितिले विधान संसोधन सुझाएको छ। संशोधित विधानअनुरुप महाधिवेशन गर्नका लागि समितिले निर्देशन पनि दिएको छ।
माउ पार्टी नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, नवीन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल लगायतका नेताहरु संलग्न बैठकमा नेविसंघका दुवै समूहले संयुक्त रुपमा कार्ययोजना पेस गरेका थिए।
नेविसंघ विधानमा महाधिवेशन हुन नसकेको अवस्थामा बढीमा तीन महिना कार्यकाल थप्न सकिने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।