• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सरकारले बढायो रासायनिक मलको मूल्य

64x64
नेपाल लाइभ सोमबार, फागुन २९, २०७९  १७:४८
1140x725

काठमाडौं– सरकारले रासायनिक मलको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको रासायनिक मलको मूल्य समायोजन गर्दा नेपालमा पनि मूल्य बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले रासायनिक मलको मूल्य समायोजन गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले समग्र मलमा ११.७८ प्रतिशत विन्दुले अनुदान घटेको बताए।  ‘सरकारले यसअघि सबै खालका रासायनिक मलमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको थियो। अहिले घटाएर ५९.०४ प्रतिशत कायम गरेको हो,’ उनले भने।

सरकारले अनुदान घटाएसँगै युरिया मलको मूल्य ७८.५७ प्रतिशतले बढ्ने भएको छ। युरिया मलको मूल्य बढेसँगै कृषकको लागत र उपभोक्ता मूल्य बढ्ने देखिएको छ। यसअघि युरिया मलमा कृषकहरुलाई ८०.११ प्रतिशत अनुदान दिँदै आएको थियो।

अबदेखि भने सरकारले युरिया मलमा ६४.४९ प्रतिशत मात्रै अनुदान दिने भएको छ। जसमा युरिया मल खरिदमा सरकारले १५.६४ प्रतिशत विन्दुले अनुदान घटाएको छ। घटाएको अनुदानले अबदेखि कृषकलाई थप भार पर्ने भएको छ। यसअघि प्रतिकेजी १४ रुपैयाँ पर्ने युरिया मल अबदेखि कृषकले २५ रुपैयाँमा किन्नुपर्नेछ।

यस्तै, डीएपी मलमा ५९.०४ प्रतिशत अनुदान दिएकोमा ६.६७ प्रतिशतले घटाएको छ। जसमा अबदेखि डीएपी मलमा ५२.३८ प्रतिशत मात्रै अनुदान पाउनेछन्। उक्त अनुदानको कटौती गरेपछि अहिले प्रतिकेजी डीएपी मलको मूल्य ५० रुपैयाँ पुगेको छ। यसअघि डीएपी मलको मूल्य प्रतिकेजी ४३ रुपैयाँ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

साथै, पोटासमा १२.१३ प्रतिशतले अनुदान घटाएको छ। मन्त्रालयका प्रवक्ता सञ्जेलले यसअघि पोटासमा दिँदै आएको ५८.२ प्रतिशत अनुदान घटाएर ४६.०९ प्रतिशतमा झारेको बताए। यसअघि ३१ रुपैयाँमा बिक्री गर्दै आएको पोटसको मूल्य यससँगै प्रतिकेजी ४० रुपैयाँ पुगेको छ।

नेपालमा रासायनिक मलको व्यावहारिक आवश्यकता ५ लाख २० हजार मेट्रिक टन अनुमान गरिएको छ। लागत सहभागितामा कृषकहरुलाई रासायनिक मलमा अनुदान स्वरुप चालु आर्थिक वर्ष २०७९–८० मा १५ अर्ब ६ लाख बजेट विनियोजन गरिएको थियो। 

उक्त बजेटले नपुग भएपछि अर्थ मन्त्रालयबाट १६ अर्ब थप स्रोत सुनिश्चितता भएको थियो। साथै, अर्थ मन्त्रालयले फागुन ८ गते मात्रै ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति प्रदान गरि कुल ३८ अर्ब ५० करोड ६ लाख रुपैयाँ बजेट कायम भएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चालु आर्थिक वर्षमा विनियोजित र सुरु स्रोत सुनिश्चितता भएको गरी उपलब्ध ३१ अर्ब बजेटबाट हालसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट जीटुजी विधिबाट भारत सरकारबाट खरिद गरिएको छ। त्यसमा ३० हजार मेट्रिक टनसहित जम्मा ३ लाख ३१ हजार ५०० मेट्रिक टन रासायनिक मलको खरिद व्यवस्था भइ हालसम्म करिब २ लाख ३७ हजार ५०० मेट्रिक टन आयात भइसकेको छ। बाँकी ९४ हजार मेट्रिक टन आयातको क्रममा रहेको छ भने आगामी मुख्य सिजनको धानबालीका लागि करिब ९० हजार मेट्रिक टन मल नपुग हुने देखिएको मन्त्रालयले जनाएको छ।

अन्तर्राष्ट्रियस्तरमा रासायनिक मलको मूल्यमा वृद्धि हुनुका साथै विनिमय दरमा भएको वृद्धिका कारण सरकारले अनुदानमा उपलब्ध गराउने मलको लागत मूल्य अत्याधिक बढ्न गएपछि मूल्य समायोजन गरिएको जनाएको छ।

मलको निरन्तर बढ्दो खरिद लागत र न्यून बिक्री मूल्यले गर्दा अनुदान रकममा सरकारले धेरै नै बजेट खर्चिन पर्ने अवस्था आएको मन्त्रालयले जनाएको छ। 
सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान दर ८० प्रतिशतसम्म रहँदै आएको थियो। आयातविन्दुमा युरिया १४ रुपैयाँ प्रतिकेजी, डीएपी प्रतिकेजी ४३ रुपैयाँ र पोटास प्रतिकेजी ३१ रुपैयाँ तोकेको छ। अबदेखि पछिल््लो खरिद मूल्यको आधारमा युरियामा करिब ८० प्रतिशत, डीएपीमा करिब ६० प्रतिशत र पोटासमा करिब ५९ प्रतिशत अनुदान रहँदै आएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्