इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिकाका एक सचिव सेवाग्राहीसँग घुस लिने क्रममा पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका वडा–१० का वडा सचिव बिदुर रेग्मी १३ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ परेका हुन्।
इटहरीको एक होटलमा रकम लिने क्रममा रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।