• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मेनपावर व्यवसायीसँग दुई विकल्प : 'मर्जर'मा जाने कि धरौटी राखेर व्यवसाय गर्ने?

64x64
नेपाल लाइभ शनिबार, भदौ २, २०७५  ०३:१०
1140x725

काठमाडौं- सरकारले मेनपावर व्यवसाय सञ्चालनमा २ करोड नगद र ४ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा जुटेको छ।

श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी रकम बढाउन लागेको हो। सम्भवतः अब बस्ने मन्त्रिपरिषदको बैठकले संशोधित ऐनको टुगो लगाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रोतले जनाएको छ।

धरौटी रकम कम हुँदा ठुलो ठगी गर्ने म्यानपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन नसक्ने भन्दै धरौटी रकम बढाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ।

हाल, विधेयक समितिमा छलफलमा क्रममा रहेको ऐनको मस्यौदामा मेनपावर कम्पनीले हाल राख्दै आएको ७ लाख नगद तथा २३ लाख बैंक ग्यारेण्टीलाई बढाएर ६ करोड बनाउने प्रस्ताव गरिएको छ। यसमा २ करोड नगद तथा ४ करोड बैंक ग्यारेण्टी प्रस्ताव गरिएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

सरकारले धरौटी रकम वृद्धि गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट पारित भएर आए मर्ज गरी मेनपावर कम्पनी चलाउने कि सरकारले तोकेको धरौटी राख्ने, व्यवसायीसँग दुई विकल्प रहने छन्।

मन्त्री नै धरौटी रकम हेरफेर नगर्ने पक्षमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट मेनपावर कम्पनीको धरौटी रकम कुनै हालतमा हेरफेर नगर्ने पक्षमा उभिएका छन्। जस्तोसुकै अवस्था सिर्जना भएपनि धरौटी रकम ६ करोड भन्दा कम नगर्ने अडानमा मन्त्री विष्ट रहेका छन्।

मेनपावर व्यवसाय संघका प्रतिनिधिसँग पटक–पटक भएको छलफलमा मन्त्री विष्टले धरौटी राखेर मेनपावर व्यवसाय चलाउन तयार हुन वा सरकारले तोकेको धरौटी राख्न नसक्ने मेनपावर मर्ज गर्ने योजना बनाउन सुझाव दिदै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रायलले दिएको दुई विकल्प नमान्ने व्यवसायीलाई कानून कडा बनाएर निगरानी गर्ने भन्दै मन्त्री विष्टले कम्पनी बन्द गरिदिने संकेत गदै आएका छन्। राज्यको नियमअनुसार व्यवसाय गर्छु भनेर लाइसेन्स लिएका कम्पनीले कानुन मिचेर व्यवसाय चलाइरहेको मन्त्रीको विष्टको बुझाई छ।

राज्यले जवर्जस्ती व्यवसाय गर्नैपर्छ भनेर कसैलाई दवाव सिर्जना गर्न नसक्ने मन्त्री विष्टको दावी छ। बैदेशिक रोजगारी क्षेत्रमा देखिएका विकृति/विसंगति रोक्न मेनपावर कम्पनीको संख्या घटाउन धरौटी वृद्धिलाई मन्त्री विष्टले मुख्य आधार बनाएका छन्।

मन्त्री विष्टले वैदेशिक रोजगारी क्षेत्रका समस्या जसरी भएपनि समाधान गर्नै पर्ने अठोट गरेर काम गरिरहेको छन्।

मेनपावरसँग दुई विकल्प

श्रम मन्त्रालय धरौटी रकम नघटाउने पक्षमा उभिएपछि मेनपावर व्यवसायीसँग दुई विकल्प रहेका छन्।

सरकारले ऐनमा तोकेको रकम धरौटी राखेर व्यवसाय चलाउने कि ५ वटासम्म मेनपावर कम्पनी मर्ज गरेर व्यवसाय चलाउने भन्ने दुई विकल्प मेनपावर व्यवसायीसँग छ। 

एक आपसमा गाभिएर पब्लिक कम्पनीका रुपमा ठूला र व्यवस्थित मेनपावर कम्पनी निर्माण गरी श्रमिक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने गरी व्यवसाय चलाउनु पर्नेछ। वैदेशिक रोजगारी क्षेत्रका विकृति, विसंगतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा व्यवसायी पनि रहेको वैदेशिक रोजगार व्यवसाय संघका उपाध्यक्ष रामप्रसाद भन्तनाले बताएका छन्।

धरौटी वृद्धिसँगै कामदारबाट लिन पाउने सेवाशुल्क वृद्धिका विषयमा पनि नयाँ निर्णय सरकारले गर्नुपर्ने उनको भनाई छ। धरौटी रकम वृद्धि नै समस्याका समाधान नभएको भन्तनाको तर्क छ।

लविङमा विफल भए व्यवसायी

श्रम मन्त्रालयको धरौटी रकम वृद्धि गर्ने विषय सार्वजनिक भएपछि व्यवसायीहरु त्यसलाई रोक्न प्रधानमन्त्री, रक्षा मन्त्रीलगायत उच्च राजनीतिक नेतृत्वसँग लविङमा जुटेका थिए।

धानमन्त्रीलाई भेट्न गएका व्यवसायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा श्रम मन्त्रीसँग छलफल गर्ने र कार्यदल बनाएर समस्याको समाधान गरिने आश्वासन दिएर फर्काएका थिए।
धरौटी रकम वृद्धिका विरुद्ध मेनपावर व्यवसायी आन्दोलनमा जाने तयारीमा जुटेका थिए। तर, आन्दोलन गर्ने निर्णय गर्न भेला भएका व्यवसायीबीच हात हालाहाल भएपछि उनीहरु आन्दोलनबाट पछि हटेका थिए।

मन्त्री विष्टले वैदेशिक रोजगार क्षेत्र सुधार्न गरेका हरेक प्रयास विफल पार्न हिडेका मेनपावर व्यवसायी सफल नभएपछि थकित भएर छलफलमा जुटेका थिए।

धरौटी बढे ६० प्रतिशत मेनपावर धरापमा

सहरमा जथाभावी मेनपावर कम्पनीहरु खुल्दा सरकारलाई नियमन गर्न समस्या भइरहेकाले कम्पनीको संख्या खुम्च्याउन धरौटी रकम वृद्धिको अवधारणा ल्याएको श्रम मन्त्रालयको भनाई छ।

श्रम मन्त्री विष्टले व्यवसायीसँगको छलफलमा सीधै मर्ज गराउन नसकेर धरौटी रकम बढाएर भएपनि गाभिन बाध्य पार्ने योजनामा रहेका छन्। अहिले करिब १ हजार ६ सय मेनपावर कम्पनी छन्। यीमध्ये ८ सय कम्पनीले मात्र वैदेशिक रोजगारीमा कामदार पठाउने गरेका छन्।

धरौटी रकमलाई ३० लाखबाट एकैपटक ६ करोड बनाउँदा हाल सक्रिय व्यवसायीलाई समेत ठुलो धक्का लाग्ने देखिन्छ।

वृद्धि गरिएको धरौटी रकम लागू गरे ६० प्रतिशत व्यवसायमा धक्का लाग्ने देखिन्छ। ६ करोड धरौटी लागू भएमा ४० प्रतिशत मात्र मेनपावर कम्पनी रहने श्रमविज्ञको भनाई छ। हाल व्यवसायका लागि राजनीति गरिरहेका रोजगार संघका धेरै नेताहरुको मेनपावर बन्द हुने अवस्था आउने स्वयम् व्यवसायीकै भनाई छ।

सरकारले धरौटी रकम बढाए ठुला मेनपावर कम्पनीलाई फाइदा हुने देखिन्छ।

मेनपावर व्यवसायीको मनपरी

ठूलो संख्यामा दर्ता भएका मेनपावर कम्पनीहरुले मनलाग्दी शुल्क असुलेको, श्रमिकलाई चर्को आर्थिक शोषण गरेको र गलत मागपत्रका आधारमा ठगी गरेको गुनासो आएकाले नियन्त्रण गर्न सरकारले धरौटी वृद्धिको तयारी गरेको हो।

वैदेशिक रोजगार क्षेत्रमा राज्यको उपस्थीति कम र व्यवसायीको ठुलो चलखेल हुने गरेको छ। जसका कारण रोजगारीमा जाने कामदारसँग मेनपावर व्यवसायीले मनपरी पैसा असुल्ने गरेका छन्। यसरी मनलाग्दी रकम असुल्ने मेनपावरलाई राज्यले कानुनी दायरामा ल्याएर कारबाही गर्न नसक्दा ठगिएका श्रमिक न्याय पाउनबाट बञ्चित हुदै आएका छन्।

ठुला र धेरै कामदार आपूर्ति गर्दैै आएका मेनपावर कम्पनीले नै रोजगारीमा जाने कामदार ठग्ने गरेको मुद्दा वैदेशिक रोजगार विभागमा परेका छन्। ठुला तथा चलेका मेनपावरले विभागका कर्मचारीलाई घुस खुवाएर मुद्दा भित्रभित्रै मिलाउने गरेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  ०३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मन्त्रालयको विद्यालय शिक्षा शाखाले सोमबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा स... मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्