• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

५२ रोपनीमा अत्याधुनिक क्यान्सर सेन्टर, जुटे युवा चिकित्सक

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १, २०७५  ०८:१९
1140x725

रामगोपाल, महोत्तरी– क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अब सर्वसुलभ रुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् ।

विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर (अस्पताल) सञ्चालनमा आएपछि नगरवासीले पहिलोपटक विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएका हुन् । नगरपालिकाका प्रमुख अशोककुमार मण्डल, उपप्रमुख सीतादेवी साह, वरिष्ठ क्यान्सर रोग एवं शल्यचिकित्सक राकेश साहले हालै सो सेवाको शुभारम्भ गरे । अस्पतालले विशेषगरी क्यान्सर रोगका लागि प्रदान गर्ने सेवा गुणस्तरीय हुने बताइएको छ ।

प्रदेश नं २ अन्तर्गत क्यान्सर रोग उपचार गर्ने यो पहिलो सेन्टर मानिन्छ । सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायताका जिल्लाका क्यान्सर रोगी उपचार गर्न चितवन अथवा धरान जानुपर्ने बाध्यता कम हुनेछ । क्यान्सर रोग विशेषज्ञद्वय डा विनय साह र डा राकेशकुमार साहको पहलमा जिल्लाको दुर्गम क्षेत्रमा क्यान्सर सेन्टर सञ्चालनको अगुवाइ गरेका हुन् ।

“सेन्टरमा आउने बिरामीले गुणस्तरीय सेवा पाउने छन्, बिरामीलाई सकेसम्म अन्यत्र पठाउने छैनौँ”, डा राकेशले भने । ट्रष्टले अहिले घर भाडामा लिइ अन्तरङ्ग साथै प्रयोगशाला, रेडियोजोलीलगायतका सेवा शुरु गरेको छ । शल्यक्रिया, किमोथेरापीजस्ता क्यान्सर रोगसित सम्बन्धित थप सेवा विस्तार गर्ने जनाइएको छ ।

५२ रोपनीमा अत्याधुनिक सेन्टर

सेन्टरलाई भौतिक पूर्वाधारयुक्त भवन बनाउन नगरपालिकाले ट्रष्टलाई चार बिगाहा (करीब ५२ रोपनी) जग्गा उपलब्ध गराएको छ । चार वर्षभित्रमा सेन्टरको आवश्यक भवन निर्माण, उपकरण जडान, प्रयोगशालासहित जनशक्ति व्यवस्थापन विनय तारा फाउण्डेशन अमेरिका र विनयतारा क्यान्सर ट्रष्ट नेपालले गर्नेछन् । रामगोपाल नगरपालिकाले अनुगमन, समन्वय गर्नेछ ।

सो काम गर्न ती निकायका बीचमा सम्झौतासमेत सम्पन्न भएको छ । “कुन किसिमका भौतिक संरचना कसरी तयार हुन्छन्, कस्तो उपकरण रहन्छन्, कति जनशक्तिले अस्पतालमा सेवा दिन्छन् लगायतका महत्वपूर्ण कार्यको निर्णय छिट्टै सार्वजनिक हुन्छ”, ट्रष्ट नेपालका अध्यक्ष डा राकेशले भने ।

“क्यान्सर रोगजस्तो अति महङ्गो उपचार सेवा यहाँका जनताले घरआँगनमै सर्वसुलभरुपमा पाउन, स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र कार्यमा जग्गाको अभाव नहोस् भनेर हामीले नगरपालिकाको जमीन अस्पताल निर्माण गर्न दियौँ । अब ट्रष्टले छिटोभन्दा छिटो पूर्वाधार खडा गर्न काम शुरु गर्नुपर्छ”, नगरप्रमुख साहले भने । साविकका चार गाउँ विकास समिति मिलेर बनेको यस नगरपालिकाको जनसङ्ख्या करीब ३० हजार छ ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य सेवा पहुँचका दृष्टिले विगतमा ती गाविस जिल्लामा धेरै पछाडि थिए । अहिले आधारभूत स्वास्थ सेवा पाउन यहाँका बासिन्दालाई कठिनाई नै छ । “उपचार गर्न नगरवासी अन्यत्र जान नपर्ने गरी योजना बनाएका छौँ, अस्पताल भवन बनाउन जमीन दिइएके छ ।  प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्यकर्मी, उपकरण र औषधिको राम्रो प्रबन्ध लागिरहेका छौँ  वर्थिङ सेन्टर स्थापना गर्दैछौँ”, उपप्रमुख सीतादेवीले भन्नुभयो । उहाँका अनुसार वर्थिङ सेन्टर बनाउन नगरपालिकाले जमीन उपलब्ध गराउने र समाजसेवी गणेशराज सिंहले भवन तथा उपकरणको व्यवस्था गरिदिनेछन् ।

सहसौला स्वास्थ्य चौकीमा कार्यरत वरिष्ठ स्वास्थ्य कार्यकर्ता (अहेव) धनबहादुर अधिकारीका अनुसार उपप्रमुख सीतादेवी हरेक दिन नगरपालिकाअन्तर्गतका स्वास्थ्य सेवाका अवस्था, समस्या बारेमा जानकारी लिएर अप्ठ्यारो आए समाधान गरिदिनुहुन्छ । “एक वर्षको अवधिमा झाडापखालाका कारण बालबालिकाको मृत्यु भएको छैन”, उहाँले भन्नुभयो । स्थायी घर रुकुम भएका अहेब अधिकारीका अनुसार गर्भवती, बालस्वास्थ्य, मातृस्वास्थ्य तथा पोषणका क्षेत्रमा धेरै सुधारको आवश्यकता छ ।

समाज सेवा पैसाले होइन, मनले गर्ने हो

“समाज सेवा पैसाले होइन, मनले गर्ने हो ।” अस्पताल स्थापना गर्न जुटेका उत्साहित डा विनय र डा राकेशले एकै स्वरमा भने । अस्पताल निर्माण गर्न आफ्नो केही आम्दानी दान दिने घोषणासमेत गरेका दुवै यहाँका स्थानीयवासी हुन् । सेन्टर निर्माण गर्न स्थानीयस्तरमा मुठीदान, सरकारीस्तरमा सहयोग र अन्तर्राष्ट्रिय आह्वान गर्ने योजना भएको उनीहरुले बताए ।

'क्यान्सर रोगले उमेर, धनी र गरीब भन्दैन । जुनसुकै बेला जोकोहीलाई हुन सक्छ । विनयतारा क्यान्सर सेन्टर उत्कृष्ट क्यान्सर उपचार गर्ने सेन्टर बनाउँछौँ । हामीले देखेको सपना यही हो'  उनीहरुले भने ।

विनयतारा फाउण्डेशन अमेरिकाका अध्यक्षका रुपमा डा विनयले नेतृत्व गरेका छन् । फाउण्डेशनले नेपालमा पहिलो पटक निजामती अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्न आर्थिक एवं प्राविधिक सहयोग जुटाएको थियो । केन्द्रमा कार्यरत चिकित्सक, नर्सलाई अमेरिकाको इलिनोइस विश्वविद्यालयमा नै तालिमका अवसरसमेत प्रदान गरेको थियो । ट्रष्ट नेपालका अध्यक्ष डा राकेश साह ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा वरिष्ठ क्यान्सर रोग तथा शल्यचिकित्सकका रुपमा समेत कार्यरत छन् । चिकित्सकद्वयले अमेरिकी जनताले क्यान्सर रोगका लागि पाउनेसरहको सेवा सेन्टरलाई पुर्‍याउने लक्ष्य छ ।

विशेषज्ञ धेरै तर क्यान्सर बढ्दो

तराई–मधेशमा क्यान्सर रोगका कारण कतिले अकालमा ज्यान गुमाउँछन्, आधिकारिक तथ्याङ्क कुनै निकायसित छैन । विशेष गरी सूर्ती, गुट्खा, धूमपान, मदिरापान आदि कारणले हुने विविध प्रकारका क्यान्सर तराई /मधेशमा बढी हुने बताइन्छ । महिलाको पाठेघर, स्तनमा हुने क्यान्सर रोगीको मात्रा यही क्षेत्रमा बढी हुने अनुमान छ ।  नेपाल चिकित्सक सङ्घका अनुसार नेपालमा रहेका क्यान्सर रोग विशेषज्ञमध्ये करीब ५० प्रतिशत प्रदेश नं २ अन्तर्गतका जिल्लाका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मन्त्रालयको विद्यालय शिक्षा शाखाले सोमबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा स... मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्