• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भैरहवा भन्सारमा पार्किङ समस्या

64x64
रासस बिहीबार, फागुन १८, २०७९  २१:५६
1140x725

बेलहिया– आयातकर्ताले आयात गरेका साना–ठूला सवारीसाधन समयमै जाँचपास प्रक्रियामा नलग्दा भैरहवा भन्सार कार्यालयको पार्किङस्थलमा समस्या सिर्जना भएको छ। 

नयाँ सवारीसाधनले यतिबेला भन्सारको एउटा यार्ड नै भरिएको भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए। ‘नयाँ सवारीसाधन आयातकर्ताले जाँचपासको प्रक्रियामा लगेका छैनन्, हामीले छिटो जाँचपास गराउन ताकेता गरेका छौं,’ उनले भने। 

बेलहियामा आइसिपीको निर्माण कार्य सुरु भएको छ। जसले गर्दा मालवाहक सवारीसाधन सडकमा राखेर जाँच गर्नुपर्ने बाध्यतासमेत सिर्जना भएको छ। एकातिर आइसिपीको निर्माण कार्यले पार्किङको समस्या गरिरहेको छ भने अर्कातिर आयातकर्ता समयमै भन्सार प्रक्रियामा सहभागी नहुँदा पार्किङमा थप समस्या भएको हो।

आयातकर्ताले भन्सार जाँचपास गराएर सवारीसाधन समयै ननिकाल्दा भन्सार परिसर नयाँ गाडीले भरिभराउ देखिएको छ। अत्यधिक मात्रामा सवारीसाधन थन्किएपछि भन्सार परिसरमा पार्किङको समस्या भएको हो। यसबाट मालवाहक गाडी आवागमन र पार्किङमा समेत समस्या भइरहेको छ।

भैरहवा भन्सारका सूचना अधिकृत उपेन्द्र लामिछानेले नयाँ गाडी थुप्रिएर पार्किङस्थलको अभाव हुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने अवस्था आएको र भन्सारले यसको व्यवस्थापनका लागि सम्बन्धित आयातकर्ता र भन्सार विभागसँग पनि छलफल अघि बढाएको बताए। 

गाडी बिक्री नभएका कारण देखाएर कम्पनी वा डिलरलाई पैसा दिनुनपर्ने, गाडी छुटाएर लैजाँदा लाग्ने राजस्वको ब्याज बच्ने जस्ता कारणले आयातकर्ताले बिक्री भइसकेपछि मात्रै गाडी भन्सार पार्किङबाट लैजाने प्रचलन छ। 

भन्सारमा पार्किङमा राखिएका सवारीसाधन छुटाएर लैजान भैरहवा भन्सार कार्यालयले यो नाकाबाट सवारीसाधन आयात गर्ने मुख्य आयातकर्ताका प्रतिनिधिसँग पटक–पटक आग्रहसमेत गरेको छ।

कम्पनीका प्रतिनिधिले भने तत्काल सवारीसाधन जाँचपास गराएर लैजान सक्ने अवस्था नरहेको प्रतिक्रिया दिने गरेका छन्। आयातकर्ताले आर्थिक समस्या देखाउने गरेको अधिकृत लामिछानेले बताए। 

Ncell 2
Ncell 2

सवारीसाधन जाँचपास गराएर काठमाडौंमा भाडाको गोदाम राख्दा लाग्ने खर्च र त्यसका लागि तिर्नुपर्ने ब्याजभन्दा भन्सारमा पार्किङ शुल्क तिरेर राख्ने लागत निकै कम हुने भएकाले उनीहरूले यसो गरेको हुनसक्ने जानकारहरू बताउँछन्। सडकमा मालवाहक गाडी रोकेर जाँचपास गर्दा धेरै समस्या भइरहेको स्थानीयवासी अर्जुन गिरीले बताए। 

आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलरभन्दा महँगा डिजल तथा पेट्रोल गाडी आयातमा प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्ध सरकारले पछि हटायो। आयातकर्ताले प्रतिबन्ध लाग्नुपूर्व पुरानै एलसीबाट भारत तथा तेस्रो मुलुकबाट आयात गरेका सवारीसाधन ल्याएर पार्किङ गरिराखेका हुन्।

भन्सार परिसरमा टाटा, इसुजु, न्यू होलेण्ड, इन्डो फार्मलगायतका कम्पनीका एक हजार दुई सय ३२ बस, कार, जिप र ट्र्याक्टर प्रज्ञापनपत्र जारी नगरी भन्सारमा रोकिएका छन्। एक सय ९३ दिन कटेका सात सय ७८ गाडी छन् भने एक वर्ष बढी भएका ८८ गाडी छन्। बाँकी भएका अधिकाशं गाडी ६० दिन कटेका छन् । त्यस्ता सवारीले दैनिक रु तीन सय ९० का दरले पार्किङ शुल्क बुझाउने गरेका छन्।

मुलुककै दोस्रो सर्वाधिक राजस्व संकलन गर्ने भन्सारका रूपमा चिनिने भैरहवा भन्सार कार्यालयले पछिल्ला महिनामा लक्ष्यअनुरूप राजस्व सङ्कलन गर्न सकेको छैन। भन्सारको राजस्वमा मुख्य योगदान नयाँ सवारीसाधन र इन्धनको छ। नयाँ सवारीसाधन जाँचपास घटेपछि त्यसको नकारात्मक असर राजस्व असुलीमा देखिएको छ।

अहिले नयाँ सवारीको प्रज्ञापनपत्र जारी गर्दा दुई सय ३५ देखि तीन सय १६ प्रतिशतसम्म भन्सार महसुल बुझाउनुपर्छ। तर व्यापारीले जाँचपास नगरी गाडी भन्सारको पार्किङमा होल्ड गर्ने र माग भएपछि मात्र प्रज्ञापनपत्र जारी गर्ने गरेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बढ्यो अमेरिकी डलरको मूल्य आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रु... शनिबार, पुस १२, २०८२
सुनचाँदीको मूल्य सामान्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । बिहीबार, पुस १०, २०८२
सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो । बुधबार, पुस ९, २०८२
ताजा समाचारसबै
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि शनिबार, पुस १२, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै शनिबार, पुस १२, २०८२
बढ्यो अमेरिकी डलरको मूल्य शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्