नेपालगञ्ज- बाँके बैजनाथ र खजुरा गाउँपालिका भएर बग्ने ई–गाउँस्थित पेडारी नालामा गोही भेटिएको छ। उक्त गोहीले खजुरा गाउँपालिका ई–गाउँका सेते वलीको २० किलोको बाख्रा खाएको स्थानीय बासिन्दाले बताएका छन्।
गोही अन्दाजी ४० किलो तौलको भएको आँकलन गरिएको छ। बुधबार दिउँसै नालामा गोहीले बाख्रा निल्न खोजेपछि स्थानीय बासिन्दाको भिड लागेको थियो। सो नालामा यसअघि गोही नदेखिएको स्थानीयवासीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।