• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गरिबी, गुलामी र गीताबाट प्रेरित थिए गान्धी

64x64
नेपाल लाइभ बिहीबार, साउन ३१, २०७५  ०२:५२
1140x725

गान्धीको अहिंसात्मक आन्दोलनले नै सन् १९४७ अगस्त १५ मा भारतलाई ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता दिलायो। तर गान्धीको अहिंसाको प्रयोग कुनै समय विश्वका लागि मजाकका विषय बनेको थियो। ब्रिटिश महाराज जर्ज पञ्चमले समेत अहिंसात्मक क्रान्ति भएको इतिहास नै छैन् भनेका थिए। तर पछि उनै महाराजले बकिंघम प्यालेसमा उनै गान्धीसँग वार्ता गर्नु परेको थियो।

अहिंसामा जुन शक्ति थियो, त्यसलाई गान्धीले देखेका थिए। भविष्य देख्न सक्ने दृष्टि र व्यवहार गान्धीमा निहित थियो। दुनियाँलाई के थाह कि नैतिक बल हजारौं संगीनभन्दा पनि शक्तिशाली हुन्छ भन्ने?

गान्धीले भनेका छन्– जोसँग नैतिक बल नै छैन्, उसले सत्यलाई आत्मसात् नै गर्न सक्दैन।

जब विचारमा स्वच्छता प्रकट हुन्छ अनि मात्र सत्यवादी बन्न सकिन्छ। जसलाई मानवता र मानवियताप्रति हार्दिकता प्रकट हुँदैन, त्यस्ता मानिसको विचार, बोली, व्यवहार र कर्ममा सत्य रुप प्रकट हुँदैन। जो दयावान र प्रेमी हुन्छ, उसको आत्माले सत्यसँग साक्षात्कार गर्न सक्छ।

ज्ञान, ध्यान, साधना (कर्म), विवेकसँगै संयमता र उच्च बौद्धिक चेतनाले मात्र व्यक्तिमा नैतिक बल जागृत गराउँछ। नैतिक बल आर्जनका लागि मानिसमा सरलता, लगनशील, श्रम, मानवता र अहिंसात्मक भावना हुनुपर्छ। उल्लेखित भावना गान्धीमा थियो।

गान्धीलाई वर्तमान विश्वले अहिंसाका पुजारी भनेर स्मरण गर्छ। उनको जन्म दिनलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसका रुपमा मनाउन थालेको हामीमध्ये धेरैलाई अवगत भएकै कुरा हो।
जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कोही न कोही प्रेरणाको स्रोत हुन्छ नै। अहिंसाबारे गान्धीका पहिलो प्रेरणाको स्रोत आमा पुतलीवाइ थिइन्। पुतलीवाइमा धार्मिक संस्कार र व्रत व्यवहारको गुण भरिपूर्ण थियो। अन्य बहुजन व्यक्ति पनि गान्धीका प्रेरणाका स्रोत छन्।

जैन धर्मावलम्बी श्रीम्द रायचन्द्रको जीवन दर्शनले गान्धीलाई ठूलो प्रभाव पारेको छ। गान्धीको अहिंसा र ब्रह्मचर्यको व्रतमा रायचन्द्रको मुख्य प्रभाव रहेको छ। उनी पनि वैवाहिक जिवनपछि ब्रह्मचर्यको पालना गरेका व्यक्ति थिए। जैन धर्ममा अहिंसाको सुक्ष्म चिन्तन र ठूलो महिमा छ, त्यसलाई अध्ययन गरेर नै गान्धीले साक्षात जीवनमा अहिंसाको व्रत लिएको पाइन्छ। त्यसो त गान्धीले भगवान बुद्धको जीवनीबाट समेत अहिंसाका बारेमा जानकारी लिएका थिए।

बुझेको कुरालाई व्यवहारमा उतार्नु गान्धीको गुण हो। गान्धीले वैवाहिक जीवन पश्चात ब्रह्मचर्यको व्रत लिन सकिन्छ भन्ने प्रेरणा जैन धर्मावल्मी रायचन्द्र र प्रसिद्ध रुसी साहित्यकार टोल्सटोयको जीवनीबाट लिएको पाइन्छ। गान्धी (बापु)ले चार सन्तान (रामदास, मणिलाल, हरिलाल र देवदास) को जन्म पश्चात् श्रीमती कस्तुरबाको सहमतिमा सन् १९०६ देखि ब्रह्मचर्यको व्रत लिएका थिए। यौनसँग जोडिएका केही विवादित प्रसंग पनि उनको जीवनमा आएका छन्, त्यसबारे छुट्टै चर्चा गर्नु उचित हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

गान्धीलाई सुख आफ्नै हृदयमा छ, अन्त खोजेर गरेर प्राप्त हुँदैन भन्ने कुराको प्रथमतः ज्ञान र जानकारी दिने व्यक्ति रायचन्द्र नै थिए। गान्धीको ब्रह्मचर्य पालना र अहिंसाको सारथी बन्नमा रायचन्द्र, टोल्सटोय र जोन रस्किनको ठूलो प्रभाव छ। टोल्सटोयको 'स्वर्ग तिमीमै छ' र रस्किनको 'अन्टु दिस लास्ट (Unto This Last)' लाई गान्धीले अनुवाद नै गरेका छन्। यी पुस्तक अध्ययनले जीवनमा ठूलो परिवर्तन नै ल्याएको गान्धीले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन्।

रायचन्द्रको वेदान्त जैन दर्शनको टिप्पणीले गान्धीलाई सत्पुरुष बन्नमा ठूलो प्रभाव पार्‍यो। धर्म, शिक्षा, नैतिकता र समाज संरचनाका बारेमा ज्ञान दिने गुरु टोल्सटोय थिए। उनीसँग गान्धीको प्रत्यक्ष भेट भन्दा पनि पत्र व्यवहार निरन्तर भइरहन्थ्यो। उनको 'वार एण्ड पिस' कृति पढेपछि गान्धीलाई झनै ठूलो प्रभाव पर्‍यो।

गान्धीको जीवनका प्रभाव पारेका रस्किन स्वयम ब्रिटिश नागरिक थिए। गान्धीमा रक्सिनको 'माइ इङ्ल्याण्ड' को प्रभाव देखिन्छ। गान्धीले सन् १९०९ मा 'हिन्द स्वराज' लेखेका छन्। दुवै कृति आ–आफ्ना देशको सन्दर्भ र प्रसंगका बारेमा लेखिएको भ एपनि विषयवस्तुका बारेमा आलोचना र नकारात्मक टिप्पणी गरिएका छन्।

रस्किन आफ्नो युगका अर्थशास्त्री, समाजशास्त्री र कलाकार समेत थिए। त्यसका अतिरिक्त नेता पनि। त्यसो त गान्धी पनि समाज सुधारक, राजनीतिक आन्दोलनका सारथी र दार्शनिकका रुपमा परिचित छन्। 

शासक र शासित देशका नागरिक भए पनि गान्धी र रस्किन मा 'सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय' आर्दश विचारले प्रभावित गरेको पाइन्छ।

गान्धीको अहिंसात्मक आन्दोलनमा अमेरिकी प्रसिद्ध साहित्यकार हेनरी डेविड थारोको पनि प्रेरणा पाइन्छ। थारोले अमेरिकामा सन् १८५० देखि १८५४ सम्म चलाएको रजौटाहरु विरुद्धको आन्दोलन सविनय अवज्ञाको सिद्धान्तमा आधारित थियो। थारो पनि राजैटाहरुको शासन विरुद्ध अहिंसात्मक आन्दोलन गर्दा अमेरिकामा जेल गएको इतिहास छ। 

गान्धीले जीवनमा अन्य धेरै विभिन्न व्यक्तिबाट प्रत्यक्ष र अप्रत्यक्ष प्रेरणा लिएका छन्। तर सबै भन्दा ठूलो प्रेरणा समग्र भारतको गरिबी, गुलामी र गीताबाट लिएका छन्।

गान्धीले एकसरो धोती लगाउने प्रेरणाबाट लिएको रोचक प्रसंग छ। सन् १९२२ मा गान्धी एउटा कार्यक्रममा भाग लिन तमिलनाडुको मदुराइ पुग्दा त्यहाँका गरिब किसान महिलाहरु आधासरो कपडा मात्र लगाएर पानी बोक्दै गरेको दृश्य देखे। भोलिपल्ट कार्यक्रममा प्रमुख वक्ताको हैसियतमा भाग लिँदा एउटा धोतीको पहिरनमा मात्र उपस्थित भएका थिए। त्यस क्रममा उनले भनेका थिए– देश गरिबीबाट आक्रान्त छ भने मैले कसरी टाइसुट लगाउन सक्छु?

त्यसपछि गान्धीले शरीरमा झकिझकाउ पहिरन लगाएनन्। बरु आफूले लगाउने धोती पनि आफैं चर्खा चलाएर बुनेको खादीबाट लगाएर जीवन निर्वाह गरे। आइपर्ने समस्या र घटनाबाट उनले कैयौं प्रेरणा लिएको पाइन्छ। 

गान्धीको आन्दोलनको प्रभावबाट नेपाल समेत अछुतो रहेन। वि.स. १९९७ सालको चार सहिद काण्डमा शाहदत प्राप्त गर्ने शुक्रराज शास्त्री गान्धीका अनुयायी थिए।

त्यसो त नेपालको प्रजातन्त्रका शिखर पुरुष तथा विचारक बिपी कोइराला पनि गान्धीका अनुयायी हुन् भन्न सकिने ऐतिहासिक तथ्य र आधार छन्। कोइराला सहित अन्य धेरै व्यक्ति नेपालमा गान्धीका अनुयायी रहे। कांग्रेस संस्थापक नेता तथा स्व. रामहरी जोशी त्यस्तै अर्का पात्र हुन्। उनी नेपालमा गान्धीवादका अभियन्ता भनेर चिनिन्छन्। 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्