• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काठमाडौंमा किन बढ्दैछ विदेशी शक्तिको भ्रमण? 

64x64
नवीन झा मंगलबार, फागुन २, २०७९  २०:५९
1140x725

काठमाडौं– सोमबार काठमाडौं आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा मंगलबार स्वदेश फर्किए। दुईपक्षीय सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन काठमाडौं आएका उनको भ्रमण ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’जस्तै भयो। उनले आफ्ना समकक्षी भरत पौड्यालसँग मात्र होइन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राय: दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई भेटे। 

भारतीय विदेश सचिव क्वात्रा काठमाडौं आएकै दिन अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल समेत काठमाडौं ओर्लिइन्। यी दुई विदेशी पाहुना काठमाडौं आउनुअघि आइतबार दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत बनेर सुङ मिन जोङ काठमाडौं आए। उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने मंगलबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई भेटे। 

पछिल्लो दुई दिनयता काठमाडौंमा एकसाथ तीन देशका उच्चस्तरीय विदेशी पाहुनाहरूले राजनीतिक भेटघाट गरेका छन्। यसअघि अमेरिकन उच्च अधिकारीहरूको भ्रमण पनि भए। अघिल्लो हप्ता आएका अमेरिकन अधिकारीले प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूलाई भेटेर फर्किए। 

२५ फागुनमा नेपालमा राष्ट्रपतिको निर्वाचन तय भएपछि भइरहेको विदेशी पाहुनाहरूको आवागमनले आमचासो बढेको छ। ४ मंसिरमा भएको निर्वाचनपछि बनेको प्रतिनिधि सभाको बनौट, त्यसपछि बनेको सरकार र सम्भावित राजनीतिक घटनाक्रमप्रतिको चासोका रूपमा यी भ्रमणहरूलाई लिइएको छ।

प्रदेश सभादेखि प्रतिनिधि सभासम्म कुनै पनि दलको प्रष्ट बहुमत देखिएको छैन। गठबन्धन गरेर निर्वाचनमा होमिएका कांग्रेस र माओवादी अहिले अलग छन्। चुनावपछि मूलरूपमा माओवादी–एमाले गठबन्धन बनार संघदेखि प्रदेशका सरकार बनेका छन्। तर, माओवादी र एमाले गठबन्धनको सरकार बनेको दुई महिना नपुग्दै सुदूरपश्चिम प्रदेश सरकार ढल्न पुगेको छ।

गठबन्धनवाट मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकेपछि कांग्रेसका कमलबहादुर शाह नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। केन्द्रको गठबन्धनपनि धर्मराउन थालेको छ। खासगरी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति, माओवादीले संस्थागत रूपमै गरेको निर्णयले प्रमुख सत्ता साझेदार एमाले झस्किएको छ। माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ। प्रचण्डसहित माओवादी नेताहरू पछिल्लो समय राष्ट्रिय सहमतिकै पक्षमा निरन्तर ब‌‌ोलिरहेका छन्।

प्रधानमन्त्रीमा प्रचण्डलाई सर्मथन गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार राष्ट्रपति निर्वाचनसँगै ढल्न सक्ने बताइसकेका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १० फागुनको मिति नै तोकेर वर्तमान सत्ता गठबन्धन भत्कने दाबी गरिसकेका छन्। 

यस्तो तरल राजनीतिक परिदृश्यमा विदेशी शक्ति राष्ट्रकाका तर्फबाट एकपछि अर्को गरेर भइरहेको भ्रमणले के संकेत गर्छ? भूराजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट नयाँ निर्वाचनपश्चात संसद्को बनौटले अस्थिरता देखेपछि शक्ति राष्ट्रहरूको चासो बढ्नु स्वाभाविक ठान्छन्। ‘हाम्रो आन्तरिक राजनीतिक समिकरणले बन्ने सरकार विदेशी शक्ति राष्ट्रहरूको काम र यहाँ रहेको चासोहरू पनि जोडिन्छ’, भट्ट भन्छन्, ‘अहिले त्यही भएर नयाँ परिस्थितिमा हाम्रोमा प्रभाव राख्न सक्ने छिमेकीदेखि अन्य शक्तिहरूको भ्रमण बढेको हुन सक्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा बढेको विदेशी भ्रमणबाट आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्, राजनीतिक विश्लेषक जैनेन्द्र जीवन । ‘यसले हाम्रो महत्त्वको सामर्थ्य पनि दर्शाउँछ। यसलाई हामीले कति आफ्नो पक्षमा फाइदाको रुपमा प्रयोग गर्न सक्छौं। त्यो हाम्रो क्षमतामाथि निर्भर पर्छ’, जीवनले नेपाल लाइभसँग भने, ‘विदेशीहरूले नेपाललाई खोजेन भन्ने चिन्ता लिनु पर्छ। यहाँ भइरहेको उच्चस्तरीय भ्रमणले हाम्रो विश्व परिवेशमा दरिलो महत्त्व छ भनेर बुझ्नुपर्छ।’  नेपालमाथि शक्ति राष्ट्रहरूलाई रहेको चासोबाट सही फाइदा लिन सकियो भने मुलुकको सबै क्षेत्रमा सकारात्मक परिर्वतन आउन सक्ने उनी बताउँछन्। ‘तर, हाम्रा नेताहरू व्यक्तिगत जोडघटाउमा लागेपछि यहाँ त्यसको फाइदा नदेखिएको हो’, उनले भने।

अर्का राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम छिमेकी र अन्य शक्ति राष्ट्रहरूका आ–आफ्ना अजेन्डाहरूको चासो नेपाल भएसँगै पछिल्लो समयमा नयाँ राष्ट्रपति चयनमाथि पनि चासो रहेको बताउँछन्। निर्वाचनपछिको नयाँ परिस्थितिमा छिमेकीहरूले यहाँ गरिरहेको आफ्नो कामका बारेमा पनि चासो राखेको देखिएको गौतमको भनाइ छ। 

‘त्यसका साथै हाम्रोमा शक्ति केन्द्रहरूले राष्ट्रपतिलाई चासो राखेको देखिन्छ’, गौतम भन्छन् ‘यसलाई लिएर पनि विदेशी शक्तिहरूमा चासो हुनु एक प्रकारले स्वाभाविकै देखिन्छ।’ 

भूराजनीतिक जानकार भट्ट केन्द्रदेखि प्रदेशसम्मको संसद्को बनौटले अस्थिरताको प्रष्ट संकेत गरेको बताउँछन्। यस्तो अवस्थामा पाँच वर्षका लागि आउन लागेको राष्ट्रपतिमाथि आन्तरिक र बाह्य चासो बढ्नु स्वाभाविक रहेको बताउँछन्, उनी। भट्टले त्यसमा पनि नेपालमा पछिल्ला राजनीतिक प्रयोगहरूमा राष्ट्रपति मुछिन थालेपछि यसले थप चासो बढेको देखिएको बताए। 

Xtrem

Xtrem

२०७४ को निर्वाचनपछि नेपालमा तत्कालीन एमाले र माओवादीबीच एकता भएर बलियो कम्युनिस्ट सरकार बनाउन उत्तरी छिमेकी चीनको सद्‌भाव देखिएको थियो। जसमाथि दक्षिणी छिमेकी भारत र पश्चिमा शक्तिहरू असन्तुष्ट देखिएका थिए। यो बीचमा प्रतिनिधि सभा विघटनदेखि कम्युनिस्ट सरकार ढल्ने मात्र होइन दुई पार्टीबीचको एकता पनि भत्कियो। 

तर, परिस्थितिले गएको ४ मंसिरको निर्वाचनपछि पुन: एमाले र माओवादी एक ठाउँमा आएर सरकार बनाएका छन्। अब २५ फागुनमा हुन लागेको राष्ट्रपति निर्वाचनमा एमालेले सत्तारुढ गठबन्धनको सर्मथनमा आफूले पाउनुपर्ने दाबी गरिरहेको छ भने कांग्रेसले आफूहरूको सिफारिसका व्यक्ति राष्ट्रपति भए मात्रै शक्ति सन्तुलन हुने बताइरहेको छ। माओवादीले सर्वस्वीकार्य व्यक्तिको कार्ड फालेर एमालेलाई काउन्टर दिने रणनीति अख्तियार गरेको। जसका कारण भूराजनीतिक चलखेल बढ्नसक्ने राजनीतिक विश्लेषकहरूको आकलन छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरेका हुन् । शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले प्रशासनलाई कानुनअनुसार चल्न नदिई आदेश पालकका रूपमा सीमित गर्न खोजेको... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्