चितवन– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीको घरमा पक्राउ पूर्जी टाँसिएको छ।
दैलेख जिल्लाको गुरास गाउँपालिका–२ स्थित बिसीको घरमा शुक्रबार उक्त पूर्जी टाँस गरिएको हो। चितवन जिल्ला अदालतको आदेशमा ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ पूर्जी टाँस गरेको इन्चार्ज बिसीले जानकारी दिएका हुन्।
‘२०६४ मा पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलले ललितपुरको खन्ना गार्मेन्टमा हामी सरकारमा गयौं भने तपाईंहरुलाई भेट्रान सर्टिफिकेट दिन्छौँ भनेर प्रशिक्षण दिएका थिए।’, बिसीले भने, ‘आज मेरो घर दैलेखमा ४ जना पुलिस पठाएर बादलले दिएको भेट्रान सर्टिफिकेट ७० दिनको म्याद दिएर टाँसेका छ्न्।’
उनले व्यंग्य गर्दै हाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री तथा नेकपा नेता बादललाई धन्यवाद समेत दिए।
बिसीको घरमा टाँसिएकाे पक्राउ पूर्जी:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।