धनकुटा– ११ केजी गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको सहिदभुमी गाउँपालिका बस्ने अभिषेक राईलाई प्रहरीले पक्राउ गरेको हो।
झोलामा गाँजा बोकेर बिक्रि गर्न हिडेको अवस्थामा धनकुटा नागरपालिका–४ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी उमेश लम्सालले बताए।
जिल्लामा गाँजाको कारोबारविरुद्ध सक्रियता बढाइएको डिएसपी लम्साल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।