विराटनगर– मोरङको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर २ जना बेपत्ता भएका छन्।
खोलामा पौडी खेल्ने क्रममा मोरङ रंगेली नगरपालिका–२ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका–३, हाथीनबन्दाका मनोज कुमार मण्डलका छोरा १७ वर्षीय मिथुनकुमार मण्डललाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
उनीहरुलाई आइतबार नै खोलाले बगाए पनि सोमबार मात्र प्रहरीलाई जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बेपत्ता व्यक्तिहरुको प्रहरी चौकी झोराहाट र प्रहरी चौकी मझारेबाट खटिएको टोली तथा स्थानीय गाउँलेहरु मिलेर खोजी कार्य भईरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।