विराटनगर– इलामको इलाम नगरपालिका–१ बागखोरस्थित मेची राजमार्गमा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा १४ जना बालबालिका घाइते भएका छन्।
राँके बजारबाट विद्यार्थी लिएर स्कुल जाँदै गरेको स्थानीय आशादिप बोर्डिङ स्कुलको मे१ख १९५५ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो।
घटनामा १४ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल इलाममा उपचाररत सबै बालबालिकाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।