काठमाडौं – सञ्चारकर्मी गिरिजा अधिकारीको शब्द रचनामा रहेको ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गीतको भिडियो सार्वजनिक गरिएको हो। विकास पाण्डेको संगीत तथा पुष्पण प्रधानको स्वरमा तयार गीतमा भिमफेदी समुहको अभिनय रहेको छ।
निर्मल लामाको निर्देशनमा तयार भिडियोमा पवन सुस्लिङको छायांकन रहेको छ।
देशमा नेताहरुको झुटा आश्वासन, बेरोजगारी समस्या, श्रमका लागि परदेशिनुको पिडालाई समेटेर सरकारलाई सांगितीक र मनोरञ्जनात्मक रुपमा घच्घच्याउने प्रयास गीतले गरेको लेखक अधिकारी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।