काठमाडौं – ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ आयोजना हुने भएको छ। ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’को आयोजानमा अवार्ड हुने भएको हो।
छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ–संस्था वा व्यक्तिहरुको सम्मान स्वरुप अवार्ड कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष एवम् निर्देशक सवनम मुखियाले बताइन्।
उनले भनिन् ‘आजको युगमा सबै व्यक्तिहरुलाई स्वतन्त्र ढंगले आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने संस्कार नै बनिसकेको देखिन्छ। सकारात्मक र सही सूचना दिने सामाजिक सञ्जालमा अपलोड गरेका चलचित्रहरु साह्रै मन छुने रहेको पनि पाइन्छ। यस्ता छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उहाँहरुको सिर्जनालाई सम्मान गर्दै जनमानसमाझ ल्याउनको लागि यो अवार्डको स्थापना गरिएको हो।’
अवार्डको आवेदन पनि खुल्ला गरिएको छ। अवार्डमा सहभागि हुन चाहने आवेदकले ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’को अफिसमा पुगेर आवेदन फारम भर्न सक्नेछन्। उक्त आवेदन अनलाइनबाट पनि भर्न मिल्ने व्यपस्था मिलाइएको आयोजक टिमले जनाएको छ। सामाजिक सञ्जाल निकट अवार्ड १६ विधामा प्रदान गरिनेछ।
आउदो माघ महिनामा सम्पन्न हुने अवार्ड निम्न विधामा वितरण गरिने आयोजकले जानकारी दिएको छ।
फिल्म बिधा अन्तर्गत
–उत्कृष्ट डकुमेन्ट्री
–उत्कृष्ट पिएसए
–उत्कृष्ट छोटो फिल्म
–उत्कृष्ट सिनिमेटोग्राफर
–उत्कृष्ट सम्पादक
–उत्कृष्ट महिला अभिनेत्री
–उत्कृष्ट पुरुष अभिनेता
–उत्कृष्ट निर्देशक
सोसल मिडिया
–उत्कृष्ट सोसल मिडिया भिज्वल (फेसबुक इन्स्टाग्राम टुइटर)
–उत्कृष्ट युट्यूब भिडियोहरु
–उत्कृष्ट चुनौतीपूर्ण समाचार
–उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली
–उत्कृष्ट ट्रोल
–पब्लिक चोइस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।