काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीको धरौटी दुई करोड मात्र पुर्याउन माग गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेका छन्।
संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टसँग एक करोड नगद र एक करोड बैंक ग्यारेन्टी मात्र धरौटी बढाउन उचित हुने भन्दै अपिल गरेको संघले जानकारी दिएको छ।
संघका प्रतिनिधिहरुले श्रम मन्त्री विष्टलाई ज्ञापनपत्र बुझाउँदै धरौटीका विषयमा हेरफेर गर्न आग्रह गरेका छन्। २ करोड धरौटी राखेबापत सरकारले सुविधामा वार्षिक ब्याज दिनुपर्ने उनीहरुले मन्त्री विष्टसँग आग्रह गरेका पनि गरेका छन्।
व्यवसाय मारमा नपर्ने गरी धरौटी वृद्धि हुने र रकम यतिउति भन्ने विषयमा अलमल नगरी व्यवसाय चलाउन मन्त्री विष्टले संघका प्रतिनिधिलाई सुझाब दिएको श्रम मन्त्रालय स्रोत जानकारी दिएको छ
व्यवसायी त छँदै छ सरकारले धरौटीभन्दा रोजगारीमा गई विदेशमा दुःख कष्ट भोगिरहेका श्रमिकका विषयमा सोचेर काम गर्नुपर्ने भन्दै मन्त्री विष्टले यो क्षेत्रलाई सुधार्ने दायित्व आफ्नो काँधमा आएको संघका प्रतिनिधिलाई प्रष्ट पारेका थिए।
हाल वैदेशिक रोजगार ऐन २०६४ संसोधनको तयारीमा छ। श्रम मन्त्रालयले ऐन संशोधन गर्दा म्यानपावरको धरौटी नगद ३ करोड र २ करोड बैक ग्यारेन्टी राख्न व्यवस्था गर्ने लागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।