काठमाडौँ- महानगरीय प्रहरी वृत्त दरबामार्गले अवैध लागुऔषध १० किलोग्राम चरेससहित ६ जनालाई पक्राउ गरेको छ।
वृत्तको टोलीले शनिबार साँझ लाजिम्पाट क्षेत्रमा चरेस कारोबार गर्दै हिँडिरहेको अवस्थामा बाग्लुङका २४ वर्षीय रोजन छन्त्याल र सुजन मगर, काभ्रेका २३ वर्षीय राम मगर, काठमाडौँका २० वर्षीय विशाल मगर, कास्कीका २७ वर्षीय सञ्जय सुवेदी र रोल्पाका ३४ वर्षीय शेरबहादुर पुनमगरलाई पक्राउ गरेको हो।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले अवैधरुपमा चरेस बिक्री वितरण गर्न हिँडिरहेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा उक्त चरेश फेला पारिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।