कञ्चनपुर- लगातारको वर्षासँगै कञ्चनपुरको स्याली नदीमा आएको बाढीले बगाउँदा शुक्लाफाटा नगरपालिका–७ शान्तिनगरमा एक महिलाको मृत्यु भएको छ।
भैँसीसँगै नदी तर्ने क्रममा शनिबार बगेर स्थानीय ४७ वर्षीया गोमती भट्टको मृत्यु भएको शुक्लाफाटा नगरपालिका–७ का वडाध्यक्ष एवं नगर प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।