काठमाडौं– नेपाली कांग्रेसले आइतबार विराटनगरमा भएको बम विस्फोटको निन्दा गरेको छ।
पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा महानगरपालिका मेयर भीम पराजुलीलाई लक्षित बम विस्फोटको भर्त्सना गरिएको छ।
पराजुलीको कार्यकक्ष बाहिर भएको बम विष्फोटबाट एक जना सख्त घाइते भएका छन् भने कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधानमा समेत क्षति पुगेको छ।
घटनामा संलग्न अपराधीहरुको तत्काल खोजी गरी कारबाही गर्नुका साथै घाइतेको उचित उपचारका लागि सरकारसँग माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।