• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
यात्रा संस्मरण

सम्झनामा सुलीचौर

64x64
अर्पण उत्कर्ष शनिबार, माघ ७, २०७९  ०९:०५
1140x725

रोल्पाको लागि लेख्छु सोचेंथेँ। तर जब रोल्पा पुगेर आएँ, रोल्पाले मेरो जीवनमा चाहिँ धेरै थोक लेखिपठाएछ। 

बेलुका ‘उवाको’ बास भयो। कहिले हस्तिनापुरको राजा कहिले चपरीमुनिको बास भनेझैँ। सुलीचौरबाट सुनछहारी नपुग्दै झमक्कै रात पर्‍यो। कवि विष्णु सन्यास, ‘आज त रातभरि हिँडेर पनि पुगी छाड्छु गाँठ्ठे’ भन्दै हातमा बोत्तल भिरेर कासन गर्दै थिए। 

पौष २६ गतेको बिहानै थवाङ हिँड्छु भनेर टिमसँग छुट्टिएर बसेँ म। दिग्गज कविहरूलाई त्यतै विदा गर्‍यौँ। काठमाडौंबाट जानुभएका कविहरू श्यामल, उत्तम लिम्बु, राजु  झल्लु,  पवन विक्रम, भावना जी र रंगकर्मी मित्र अन्जान प्रदीपको टिम, पाल्पाका कवि जनक कार्की लगायत उहाँहरूसँग छोटो विदा लिई सकेका थियौं। 

धरानकी कवि दीपा मग्राती, चितवनका सबिना जी, दाङका कवि छबिलाल कोपिला, प्युठानका कवि घनश्याम अस्तित्व, जेलबाङकै कवि विपना ,लक्ष्मी , युग सर्वनाम र दीलिप कुँवरसँग सखारै विदा लिएर बस्यौं। 

रोल्पाकै कवि एलबि जीले १२ बजे सुलीचौर झर्ने र सँगै थवाङ निस्किने भनेर बसेका थियौं हामी। तर दिउँसो ४ बज्दा पनि उहाँको १२ बजेन। समय कटाउने मेसो। सँगैका मित्र जनक घर्तीको मेजमानी खङरङ्ग आइपुग्यो– लेक पिस,टुबोर्ग,वाइन। नाइनास्ती गर्ने धरै रहेन। फिलिलि पार्यौं। उहाँ सिनेमाटोग्राफी अध्ययनपछि रोल्पाली माटो सुहाउने फिल्म मेकिङ कन्सेप्ट बटुल्दै हुनुहुँदो रहेछ। 

मीठा गफ सुन्यौं।

बल्ल बेलुका ५ बजेतिर कवि एलबिको ‘१२’ बज्यो। हामी सुलीचौर छाडेर सुनछहारीतिर लाग्यौँ। सकुन्जेल बाटो कटाउने गरी रफ्तारमा हिँडियो। मलाई थवाङ पुग्नु थियो। त्यहाँ पुग्दा रातको १० बज्छ भन्ने पूर्वानुमान थियो बाटोमा। जेलवाङको भिरबाट भर्खरी वाइनको एक बोत्तल मैले रित्याएर उवाखोला हुत्याइदिएँ। सँगैका साथी  एल बि साथी भन्दै थिए, ‘ हन, अलि अलि कम गरौं।’

Ncell 2
Ncell 2
nimb
nimb

फेरि उनैले सच्याउँथे,  ‘हुन त टिम्बुरको हो। केही हुन्न पच्छ।’

टिम्बुर सिम्बुर चाहिँ हैन, मित्र विष्णु सन्यासले सुलीचौरमै अर्का मित्र जनक घर्तीलाई स–सम्मान कोसेली हाल्न लगाएका केही बोतल वाइन रहेछ। दुई भाइले फिलिली पार्‍यौँ। 

सुनछहारी उवा जाने बाटो अक्करे भिर जस्तै थियो। पानी परेका कारण चिप्लो त्यतिकै। हिलोमा खर्लम्मै पछारी जाने। कति पटक पछारियो हिसाब रहेन। जे होस् हिसाब भुल्नेसम्मै पछारियो।

वास्तवमा रोल्पा त चिप्लो पो रहेछ! 

Xtrem

Xtrem

‘कवि भन्नेहरू काठमाडौं बसेरै रोल्पा लेख्छन्। कहिले रोल्पा रातो छैन भन्छन् त कहिले तातो छैन भन्छन्। कहिले हरियो कहिले के के…!’ सन्यास पछारिएर उठ्ने बेला भन्दै थिए। म यो सुनेर एक्लै हाँसौ कि नहाँसौ भएँ । मित्र एलबि अगाडि पुगिसकेका थिए।

काठमाडौं बसेर कविले लेख्नुभयो– 

रोल्पा रातो छैन 
रोल्पा तातो छैन 

परदेश बसेर अर्को कविले थप्नुभयो– 
हैन हैन 
रोल्पा रातै छ तातै छ 

देशको एक कुनामा बसेर कसैले रोल्पा हरियो कल्पना गर्‍यो। कसैले हिउँदको चिसो महसुस गर्‍यो। सबैजनाले फरक–फरक ठाँउबाट अलग अलग अनुमान मात्र गरे। जब आफैंले रोल्पाको माटोमा पाइला राखे। अनि अनुभूत गरे, ‘ अरे रोल्पा त चिप्लो पो रहेछ!’ 

हो रोल्पाबाट भर्खरमात्रै चिप्लिएको रहेछ ‘मगरात’. जेलवाङको जनसत्ता चिप्लिँदै चिप्लिँदै तल उवा खोला झर्दै रहेछ। विष्णु सन्यासको चिप्लो रोल्पालाई त्यही माटोमै मनन गरेँ मैले पनि। 

मलाई कवि विष्णु सन्यासको रोचक विशेषता नै उहाँको सरलता लाग्यो। हरेक विषयको काव्यात्मक खोज, छुट्टै किसिमको सौन्दर्य संकथन, विषयप्रतिको भित्री दख्खल। बेलाबेला भिरको बाटो, अधेँरोमाथि जेलवाङतिर हेर्नुहुन्थ्यो। बाटोको माटोले लगाएको गुँड छ भन्नुहुन्थ्यो। जेलवाङको भीरपहरा फोर्दै बाटो खन्दै पढ्दै गरेको किस्सा मज्जाले सुनाउनुहुन्थ्यो।

उवा खोला झरेपछि सबै उड्यो  रंग उड्यो भनम्। सुलीचौरको टिम्बुरे झोल, बाटोमा फिलिली पारेको वाइनको बोत्तल सबै उड्यो। कता कता छोड्यो पत्तै भएन। जे होस् कठ्याँग्रिदो चिसो मात्र सँगै आइपुगेछ।

माथि उवा गाउँ उक्लियो। उवाकै कवि प्रेम प्रकाशले दिनुभएको सानो ठेगाना खोज्दै हिँड्यौं हामी। 

चकमन्न अँधेरो। ठेगाना पत्तो लाग्यो। बस्ने ठाउ पत्ता लागेन।

जुम्लाको कम्मल व्यापारीहरूले ठाउँ ओगटिसकेछन्। सन्यास सडक वरपरका ढोकाहरू खुल्ला छन् कि हेरेर हिँड्दै थिए। बल्ल बजार पल्लो छेउ एक जना पुवाङतिर माइती भएका दिदीले ढोका खोल्नुभयो। रोल्पालीलाई रोल्पालीले नै रोल्पाको लागि बास माग्नुभयो। 

हामी पाहुना लाग्यौँ लुरुलुरु।

खाना पकाउने र खाने सुरसार भयो। झिंझो नमानी नानाले खुवाउनुभयो। सन्यास, एलबि र मेरो भागमा  सेन्थेरेम प्लस भयो। राइझुमा गाउँदै डेउडातिर ठोकिँदै, कहिले पूर्वेली त कहिले काँठे, कहिले सुदूरपश्चिमेली हुँदै रात ढल्कायौँ हामीले। 

बिहान, 

उवाखोला पारी घामले तनक्क जीउ तन्काउन्जेलसम्मै सुतेछु। एलबिले उठाउनु भयो। हामी बाटो समातेर हिँड्यौँ थवाङ।

थवाङ पुग्नुवरै एउटा गाउँ भेटियो । नाम ठ्याक्कै भुलेँ। लिस्ने लेकको बडो सुन्दर पहा हरू देखिँदा रहेछन्। हिउँ बाक्लै परेर हिमाल भएका थिए लिस्ने लेक। 

हामीले झोला बिसायौँ। क्यामेरा निकालेर लिस्नेलाई कैद गर्‍यौं। निकै रोमाञ्चक तस्बिर थिए लिस्ने लेकको।

थवाङ। 

पुवाङतिरको बाटो पूर्वतिर हुँदै थवाङ निस्किने नाका रहेछ। दक्षिणमा जलजला लेक। उत्तरमा अग्लो पहाड। पहाडकै अग्लो उचाईमा अवस्थित मगरहरूको किपटभूमि थवाङ जनयुद्धको राजधानी मानिन्थे। राज्यसँग विद्रोहको भाषा बोल्ने थवाङ सिहंदरबारको लागि पनि अर्को राजनैतिक चुनौती छँदै थियो।

बिहान ९/१० बज्दा थवाङ टेकियो। पुराना कम्युनिस्ट कमरेडहरूसँग मीठो चिनजान गर्‍यौँ। 

विष्णु सन्यासको शैक्षिक कर्मभूमि पनि थवाङ रहेछ। जलजलाको लेक छिचोलेर डोकोमा पिठो, साग, गुन्द्रुक किताब कोचेर थवाङ झरेर पढेका क्षणहरू,  राज्यसत्ताको उत्पीडन, तत्कालीन जनयुद्धको तीतो राप पुरानो स्मृतिमा टेकेर सुनाउनुहुन्थ्यो सन्यास। 

मैले देखुन्जेलका दृश्य कैद गरेँ थवाङको। छुट्टै ऊर्जा, चेतना र खबरदारी बोकिरहने थवाङ। पुराना मानवसभ्यताको छाप बोकेर पुषको चिसोमा उस्तै उभिरहेका त्यहाँका बाटो, घरका झ्याल ढोका छाना र धुरीमा फर्फराइरहेका कम्युनिष्ट झन्डा यी सबै देखिन्जेलका दृश्यहरू क्यामेराको लेन्सभित्र अल्जाएर राख्यौं। 

आदिम मगर किपटभूमि र विद्रोहको माटो थवाङ अब विस्तारै भुमन्डलिकृत पूँजीवादको चपेटामा चेपिँदै रहेछ। 

थवाङको रगतमुच्छे माटोबाट सत्तामा उक्लेका तमाम कम्युनिस्टहरूको पनि जर्जर विद्रोही थवाङमा हुँदै गरेका जसत्ताका अभ्यासहरू , युद्ध पर्यटकीय संग्रहालय, तत्कालीन जनसत्ताले सुरु गरेको जनवादी स्कुल, जनकम्युनका पुराना अभ्यासहरू देख्दा साँच्चै थवाङमा ग्रामीण वर्ग संघर्ष र जनवादको उत्कृष्ट अभ्यास देखियो। 

यत्तिखेर थवाङ पुगेको थकाइ बिसाउँदै छु। थवाङका पुराना घर झ्याल ढोका कला आकृति निर्माण शैलीहरूले मन त्यतैतिर तानिरह्यो। माटोको भित्तामा बनेका विश्वविख्यात क्रान्तिकारी नेता चे, मार्क्स, एङ्गेल्स, स्टालिन र माओको तस्बिरहरूले मन खुब तानिँदोरहेछ। 

इतिहास भनेका जीवित अध्याय हुन्। पुराना जनवादी किराना पसल, जनकम्युन उद्योगदेखि जनश्रमदानबाट निर्मित बाटो, चौतारीहरू चिटिक्क परेर आजै बसेका रहेछन्। थवाङको माटो छोएर गएका हत्केलाहरू चुँडे होलान् कतै गोलीका पर्राहरूले। खुड्किलामाथि परेका पाइतालाहरू छुटे होलान् लिस्नेको लेकतिर। 

थवाङको आकाशमाथि घुमेका दु:खहरू भने उस्तै रहेछन्। 

थवाङले लिएर बाँचेका धेरै कुरा मेटिइसकेछन्। केही डोबहरू रहेछन् जो गाउँमाथि संग्रहालय बनाएर संरक्षण गर्ने तरखरमा रहेछन्। वस्तुत: थवाङमा संग्राहलय बन्नु भनेको सयौं वर्षपछि पनि थवाङको असली गन्ध सुरक्षित रहनु हो। थवाङका भावी पुस्ताले पनि सजिलै विद्रोहका पदचापहरू सुँग्न सक्नु हो। 

थवाङको चिसो मौसमलाई बिट मार्दै हामी छुट्टियौँ। कवि विष्णु सन्यास र एलबि लिवाङको अर्को बाटो समातेर फर्किने भए। प्रेम प्रकाश जी थवाङै रहने र हामी रुकुमको पूर्वी गाउँ महत हुँदै मध्यपहाडी लोकमार्ग छिचोलेर बाग्लुङ निस्किन हिँडे। 

एउटा आत्मीय  विदाइसँगै हामी छुट्टियौँ।

००० 

सुनिल स्मृति साहित्य महोत्सव २०७८ पौष २३ देखि २६ गते सम्मको कार्यक्रममा रोल्पा पुगेर काभ्रे फर्केपछि लामो समय रोल्पाली माटोलाई सम्झना स्वरुप केही लेख्छु सोचेर बसेँ। तर लेखिनछु । हैन, केही त लेख्नैछ भनेर ठ्याक्कै एकवर्ष पछि एक झलक लेख्न बसेँ। 

सुनिल स्मृति साहित्य महोत्सवका पहिलो प्रचारप्रसारमध्ये एउटा सेसन निकै विवादित रह्यो। प्राज्ञ कवि श्रवन मुकारुङ र श्यामल सहितको व्यानरमा रहेको सेसन आलोचित भएछ।

कारण थियो समावेशिता। आयोजकले एउटा सेसनमा महिला कविलाई समेट्नु भएनछ। भाले कविमेला भनेर प्रगतिशील जगतमा तरंग छायो। आयोजकले फेरि अर्को मोडलको कार्यक्रम बनाउने भएपछि विवादका केही केस्रा भए। 

तपाईं नजानोस् भनेर साथीहरूले अराजक म्यासेज ठेलिरहे। 

अन्तत: घोचपेच, ठेलठाल र वैचारिक दंगाकै बीच रोल्पा पुग्यौँ हामी। र सुनायौं केही थान क्रान्तिकारी कविताका अंश। 

साहित्य जगतको एउटा मीठो बहस , धार्मिक सत्ताको पन्जा , युद्ध पर्यट देखि रोल्पाली माटो सुहाउँदो सिनेमाटोग्राफी र सहिदका सपनाहरूसम्मका गरम बहसहरूले वैचारिक हिसाबमा सुलीचौर, सुनिलस्मृति र सुनछहारीलाई नै नयाँ उचाईमा स्थापित गरेझैं लाग्यो।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०९:०५
  • #सुलीचौर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अर्पण उत्कर्ष
लेखकबाट थप
सम्झनामा सुलीचौर
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्