• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
यात्रा संस्मरण

सम्झनामा सुलीचौर

64x64
अर्पण उत्कर्ष शनिबार, माघ ७, २०७९  ०९:०५
1140x725

रोल्पाको लागि लेख्छु सोचेंथेँ। तर जब रोल्पा पुगेर आएँ, रोल्पाले मेरो जीवनमा चाहिँ धेरै थोक लेखिपठाएछ। 

बेलुका ‘उवाको’ बास भयो। कहिले हस्तिनापुरको राजा कहिले चपरीमुनिको बास भनेझैँ। सुलीचौरबाट सुनछहारी नपुग्दै झमक्कै रात पर्‍यो। कवि विष्णु सन्यास, ‘आज त रातभरि हिँडेर पनि पुगी छाड्छु गाँठ्ठे’ भन्दै हातमा बोत्तल भिरेर कासन गर्दै थिए। 

पौष २६ गतेको बिहानै थवाङ हिँड्छु भनेर टिमसँग छुट्टिएर बसेँ म। दिग्गज कविहरूलाई त्यतै विदा गर्‍यौँ। काठमाडौंबाट जानुभएका कविहरू श्यामल, उत्तम लिम्बु, राजु  झल्लु,  पवन विक्रम, भावना जी र रंगकर्मी मित्र अन्जान प्रदीपको टिम, पाल्पाका कवि जनक कार्की लगायत उहाँहरूसँग छोटो विदा लिई सकेका थियौं। 

धरानकी कवि दीपा मग्राती, चितवनका सबिना जी, दाङका कवि छबिलाल कोपिला, प्युठानका कवि घनश्याम अस्तित्व, जेलबाङकै कवि विपना ,लक्ष्मी , युग सर्वनाम र दीलिप कुँवरसँग सखारै विदा लिएर बस्यौं। 

रोल्पाकै कवि एलबि जीले १२ बजे सुलीचौर झर्ने र सँगै थवाङ निस्किने भनेर बसेका थियौं हामी। तर दिउँसो ४ बज्दा पनि उहाँको १२ बजेन। समय कटाउने मेसो। सँगैका मित्र जनक घर्तीको मेजमानी खङरङ्ग आइपुग्यो– लेक पिस,टुबोर्ग,वाइन। नाइनास्ती गर्ने धरै रहेन। फिलिलि पार्यौं। उहाँ सिनेमाटोग्राफी अध्ययनपछि रोल्पाली माटो सुहाउने फिल्म मेकिङ कन्सेप्ट बटुल्दै हुनुहुँदो रहेछ। 

मीठा गफ सुन्यौं।

बल्ल बेलुका ५ बजेतिर कवि एलबिको ‘१२’ बज्यो। हामी सुलीचौर छाडेर सुनछहारीतिर लाग्यौँ। सकुन्जेल बाटो कटाउने गरी रफ्तारमा हिँडियो। मलाई थवाङ पुग्नु थियो। त्यहाँ पुग्दा रातको १० बज्छ भन्ने पूर्वानुमान थियो बाटोमा। जेलवाङको भिरबाट भर्खरी वाइनको एक बोत्तल मैले रित्याएर उवाखोला हुत्याइदिएँ। सँगैका साथी  एल बि साथी भन्दै थिए, ‘ हन, अलि अलि कम गरौं।’

nimb
nimb
Ncell 2
Ncell 2

फेरि उनैले सच्याउँथे,  ‘हुन त टिम्बुरको हो। केही हुन्न पच्छ।’

टिम्बुर सिम्बुर चाहिँ हैन, मित्र विष्णु सन्यासले सुलीचौरमै अर्का मित्र जनक घर्तीलाई स–सम्मान कोसेली हाल्न लगाएका केही बोतल वाइन रहेछ। दुई भाइले फिलिली पार्‍यौँ। 

सुनछहारी उवा जाने बाटो अक्करे भिर जस्तै थियो। पानी परेका कारण चिप्लो त्यतिकै। हिलोमा खर्लम्मै पछारी जाने। कति पटक पछारियो हिसाब रहेन। जे होस् हिसाब भुल्नेसम्मै पछारियो।

वास्तवमा रोल्पा त चिप्लो पो रहेछ! 

‘कवि भन्नेहरू काठमाडौं बसेरै रोल्पा लेख्छन्। कहिले रोल्पा रातो छैन भन्छन् त कहिले तातो छैन भन्छन्। कहिले हरियो कहिले के के…!’ सन्यास पछारिएर उठ्ने बेला भन्दै थिए। म यो सुनेर एक्लै हाँसौ कि नहाँसौ भएँ । मित्र एलबि अगाडि पुगिसकेका थिए।

काठमाडौं बसेर कविले लेख्नुभयो– 

रोल्पा रातो छैन 
रोल्पा तातो छैन 

परदेश बसेर अर्को कविले थप्नुभयो– 
हैन हैन 
रोल्पा रातै छ तातै छ 

देशको एक कुनामा बसेर कसैले रोल्पा हरियो कल्पना गर्‍यो। कसैले हिउँदको चिसो महसुस गर्‍यो। सबैजनाले फरक–फरक ठाँउबाट अलग अलग अनुमान मात्र गरे। जब आफैंले रोल्पाको माटोमा पाइला राखे। अनि अनुभूत गरे, ‘ अरे रोल्पा त चिप्लो पो रहेछ!’ 

हो रोल्पाबाट भर्खरमात्रै चिप्लिएको रहेछ ‘मगरात’. जेलवाङको जनसत्ता चिप्लिँदै चिप्लिँदै तल उवा खोला झर्दै रहेछ। विष्णु सन्यासको चिप्लो रोल्पालाई त्यही माटोमै मनन गरेँ मैले पनि। 

मलाई कवि विष्णु सन्यासको रोचक विशेषता नै उहाँको सरलता लाग्यो। हरेक विषयको काव्यात्मक खोज, छुट्टै किसिमको सौन्दर्य संकथन, विषयप्रतिको भित्री दख्खल। बेलाबेला भिरको बाटो, अधेँरोमाथि जेलवाङतिर हेर्नुहुन्थ्यो। बाटोको माटोले लगाएको गुँड छ भन्नुहुन्थ्यो। जेलवाङको भीरपहरा फोर्दै बाटो खन्दै पढ्दै गरेको किस्सा मज्जाले सुनाउनुहुन्थ्यो।

उवा खोला झरेपछि सबै उड्यो  रंग उड्यो भनम्। सुलीचौरको टिम्बुरे झोल, बाटोमा फिलिली पारेको वाइनको बोत्तल सबै उड्यो। कता कता छोड्यो पत्तै भएन। जे होस् कठ्याँग्रिदो चिसो मात्र सँगै आइपुगेछ।

माथि उवा गाउँ उक्लियो। उवाकै कवि प्रेम प्रकाशले दिनुभएको सानो ठेगाना खोज्दै हिँड्यौं हामी। 

चकमन्न अँधेरो। ठेगाना पत्तो लाग्यो। बस्ने ठाउ पत्ता लागेन।

जुम्लाको कम्मल व्यापारीहरूले ठाउँ ओगटिसकेछन्। सन्यास सडक वरपरका ढोकाहरू खुल्ला छन् कि हेरेर हिँड्दै थिए। बल्ल बजार पल्लो छेउ एक जना पुवाङतिर माइती भएका दिदीले ढोका खोल्नुभयो। रोल्पालीलाई रोल्पालीले नै रोल्पाको लागि बास माग्नुभयो। 

हामी पाहुना लाग्यौँ लुरुलुरु।

खाना पकाउने र खाने सुरसार भयो। झिंझो नमानी नानाले खुवाउनुभयो। सन्यास, एलबि र मेरो भागमा  सेन्थेरेम प्लस भयो। राइझुमा गाउँदै डेउडातिर ठोकिँदै, कहिले पूर्वेली त कहिले काँठे, कहिले सुदूरपश्चिमेली हुँदै रात ढल्कायौँ हामीले। 

बिहान, 

उवाखोला पारी घामले तनक्क जीउ तन्काउन्जेलसम्मै सुतेछु। एलबिले उठाउनु भयो। हामी बाटो समातेर हिँड्यौँ थवाङ।

थवाङ पुग्नुवरै एउटा गाउँ भेटियो । नाम ठ्याक्कै भुलेँ। लिस्ने लेकको बडो सुन्दर पहा हरू देखिँदा रहेछन्। हिउँ बाक्लै परेर हिमाल भएका थिए लिस्ने लेक। 

हामीले झोला बिसायौँ। क्यामेरा निकालेर लिस्नेलाई कैद गर्‍यौं। निकै रोमाञ्चक तस्बिर थिए लिस्ने लेकको।

थवाङ। 

पुवाङतिरको बाटो पूर्वतिर हुँदै थवाङ निस्किने नाका रहेछ। दक्षिणमा जलजला लेक। उत्तरमा अग्लो पहाड। पहाडकै अग्लो उचाईमा अवस्थित मगरहरूको किपटभूमि थवाङ जनयुद्धको राजधानी मानिन्थे। राज्यसँग विद्रोहको भाषा बोल्ने थवाङ सिहंदरबारको लागि पनि अर्को राजनैतिक चुनौती छँदै थियो।

बिहान ९/१० बज्दा थवाङ टेकियो। पुराना कम्युनिस्ट कमरेडहरूसँग मीठो चिनजान गर्‍यौँ। 

विष्णु सन्यासको शैक्षिक कर्मभूमि पनि थवाङ रहेछ। जलजलाको लेक छिचोलेर डोकोमा पिठो, साग, गुन्द्रुक किताब कोचेर थवाङ झरेर पढेका क्षणहरू,  राज्यसत्ताको उत्पीडन, तत्कालीन जनयुद्धको तीतो राप पुरानो स्मृतिमा टेकेर सुनाउनुहुन्थ्यो सन्यास। 

मैले देखुन्जेलका दृश्य कैद गरेँ थवाङको। छुट्टै ऊर्जा, चेतना र खबरदारी बोकिरहने थवाङ। पुराना मानवसभ्यताको छाप बोकेर पुषको चिसोमा उस्तै उभिरहेका त्यहाँका बाटो, घरका झ्याल ढोका छाना र धुरीमा फर्फराइरहेका कम्युनिष्ट झन्डा यी सबै देखिन्जेलका दृश्यहरू क्यामेराको लेन्सभित्र अल्जाएर राख्यौं। 

आदिम मगर किपटभूमि र विद्रोहको माटो थवाङ अब विस्तारै भुमन्डलिकृत पूँजीवादको चपेटामा चेपिँदै रहेछ। 

थवाङको रगतमुच्छे माटोबाट सत्तामा उक्लेका तमाम कम्युनिस्टहरूको पनि जर्जर विद्रोही थवाङमा हुँदै गरेका जसत्ताका अभ्यासहरू , युद्ध पर्यटकीय संग्रहालय, तत्कालीन जनसत्ताले सुरु गरेको जनवादी स्कुल, जनकम्युनका पुराना अभ्यासहरू देख्दा साँच्चै थवाङमा ग्रामीण वर्ग संघर्ष र जनवादको उत्कृष्ट अभ्यास देखियो। 

यत्तिखेर थवाङ पुगेको थकाइ बिसाउँदै छु। थवाङका पुराना घर झ्याल ढोका कला आकृति निर्माण शैलीहरूले मन त्यतैतिर तानिरह्यो। माटोको भित्तामा बनेका विश्वविख्यात क्रान्तिकारी नेता चे, मार्क्स, एङ्गेल्स, स्टालिन र माओको तस्बिरहरूले मन खुब तानिँदोरहेछ। 

इतिहास भनेका जीवित अध्याय हुन्। पुराना जनवादी किराना पसल, जनकम्युन उद्योगदेखि जनश्रमदानबाट निर्मित बाटो, चौतारीहरू चिटिक्क परेर आजै बसेका रहेछन्। थवाङको माटो छोएर गएका हत्केलाहरू चुँडे होलान् कतै गोलीका पर्राहरूले। खुड्किलामाथि परेका पाइतालाहरू छुटे होलान् लिस्नेको लेकतिर। 

थवाङको आकाशमाथि घुमेका दु:खहरू भने उस्तै रहेछन्। 

थवाङले लिएर बाँचेका धेरै कुरा मेटिइसकेछन्। केही डोबहरू रहेछन् जो गाउँमाथि संग्रहालय बनाएर संरक्षण गर्ने तरखरमा रहेछन्। वस्तुत: थवाङमा संग्राहलय बन्नु भनेको सयौं वर्षपछि पनि थवाङको असली गन्ध सुरक्षित रहनु हो। थवाङका भावी पुस्ताले पनि सजिलै विद्रोहका पदचापहरू सुँग्न सक्नु हो। 

थवाङको चिसो मौसमलाई बिट मार्दै हामी छुट्टियौँ। कवि विष्णु सन्यास र एलबि लिवाङको अर्को बाटो समातेर फर्किने भए। प्रेम प्रकाश जी थवाङै रहने र हामी रुकुमको पूर्वी गाउँ महत हुँदै मध्यपहाडी लोकमार्ग छिचोलेर बाग्लुङ निस्किन हिँडे। 

एउटा आत्मीय  विदाइसँगै हामी छुट्टियौँ।

००० 

सुनिल स्मृति साहित्य महोत्सव २०७८ पौष २३ देखि २६ गते सम्मको कार्यक्रममा रोल्पा पुगेर काभ्रे फर्केपछि लामो समय रोल्पाली माटोलाई सम्झना स्वरुप केही लेख्छु सोचेर बसेँ। तर लेखिनछु । हैन, केही त लेख्नैछ भनेर ठ्याक्कै एकवर्ष पछि एक झलक लेख्न बसेँ। 

सुनिल स्मृति साहित्य महोत्सवका पहिलो प्रचारप्रसारमध्ये एउटा सेसन निकै विवादित रह्यो। प्राज्ञ कवि श्रवन मुकारुङ र श्यामल सहितको व्यानरमा रहेको सेसन आलोचित भएछ।

कारण थियो समावेशिता। आयोजकले एउटा सेसनमा महिला कविलाई समेट्नु भएनछ। भाले कविमेला भनेर प्रगतिशील जगतमा तरंग छायो। आयोजकले फेरि अर्को मोडलको कार्यक्रम बनाउने भएपछि विवादका केही केस्रा भए। 

तपाईं नजानोस् भनेर साथीहरूले अराजक म्यासेज ठेलिरहे। 

अन्तत: घोचपेच, ठेलठाल र वैचारिक दंगाकै बीच रोल्पा पुग्यौँ हामी। र सुनायौं केही थान क्रान्तिकारी कविताका अंश। 

साहित्य जगतको एउटा मीठो बहस , धार्मिक सत्ताको पन्जा , युद्ध पर्यट देखि रोल्पाली माटो सुहाउँदो सिनेमाटोग्राफी र सहिदका सपनाहरूसम्मका गरम बहसहरूले वैचारिक हिसाबमा सुलीचौर, सुनिलस्मृति र सुनछहारीलाई नै नयाँ उचाईमा स्थापित गरेझैं लाग्यो।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०९:०५
  • #सुलीचौर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अर्पण उत्कर्ष
लेखकबाट थप
सम्झनामा सुलीचौर
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्