काठमाडौं– चर्चित देउडा गायक वीरेन्द्र जोहारीको नयाँ गीत सार्वजनिक भएको छ। ‘मै भुल्या तेरी मिठी बातैमा’ बोलको नयाँ देउडा गीत उनले शनिबार भिडियोसहित सार्वजनिक गरेका हुन्।
यस गीतमा जोहारीलाई गायनमा गायिका माण्डबी त्रिपाठीको साथ दिएकी छिन्। कबिराज बोहराको शब्द र जोहारीकै लय रहेको गीतको एरेन्ज बिपिन आचार्यले गरेका हुन्।
सानै उमेरदेखी गीतसंगीतमा लागेका उनले २ सय भन्दा धेरै गीत गाइसकेका छन्। ५० भन्दा धेरै भिडियोमा उनी आफैंले अभिनय गरेका छन्।
उनका धेरै जसो गीतहरुमा सुदुरपश्चिमको माया झल्कने गरेको छ।
‘मै भुल्या तेरी मिठी बात’ मा दार्चुलासहित प्रदेश ७ को प्रशिद्ध पर्वहरु गौरा, दशै जात्राहरुको प्रसंग राखिएको छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।